ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने

५ कार्तिक २०७७, बुधबार
५ कार्तिक २०७७, बुधबार

लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो ।

लुविविको गत असोज २६ गते काठमाडौँमा सम्पन्न १२ औँ सभाले आङ्गिक क्याम्पस थप गर्ने प्रस्ताव पारित गरेको थियो । यसैगरी दोस्रो चरणमा देवदहसहित क्रमशः बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र वाग्मती प्रदेशको काठमाडौँसहित केही हिमाली जिल्लामा आङ्गिक क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको लुविविका रजिष्ट्रार डा तिलकराम आचार्यले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बुटवलमा सञ्चालन हुने आङ्गिक क्याम्पसमा यसै वर्षदेखि अध्ययनअध्यापन सञ्चालन गर्ने तयारी रहेको र पहिलो वर्ष स्नातक तहमा कानून र ट्राभल एण्ड टुरिज्म विषयको अध्यापन हुने डा आचार्यले जानकारी दिए ।

विश्वविद्यालय सभाले काठमाडौंमा नेपालको मौलिक कलामा आधारित बुद्धग्रन्थ बज्रयान अध्ययन केन्द्र सञ्चालन गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभाले विश्वविद्यालयको सद्भावना दूतमा गायिका आनी छोयिङ डोल्मालाई मनोनयन गरेको छ । यस्तै सभाले विश्वविद्यालयले हरेक वर्ष एक बौद्ध विद्धान्लाई प्रदान गर्ने गरी पाँच हजार डलर राशिसहितको अन्तरराष्ट्रिय प्रज्ञारत्न अवार्ड स्थापना गर्नेसमेत प्रस्ताव पारित गरेको डा आचार्यले जानकारी दिए ।

सभा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीका प्रमुख आतिथ्यतामा भएको थियो । लुविवि २०६१ सालमा बौद्धदर्शन, साहित्य, शिक्षा र संस्कृतिका साथै अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्था सञ्चालन गर्ने मूल उद्देश्यका साथ स्थापना भएको हो ।

विश्वविद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि १५ वर्षको अवधि छोटो भए पनि यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ । उहाँले विश्वविद्यालयका प्रशासनिक भवनसहित अहिलेसम्म छात्रावास र कर्मचारी आवासगृह निर्माण गरिएको तथा विश्वविद्यालयका लागि रुपन्देहीको देवदहमा करीब एक सय बिघा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको जानकारी दिए।

डा आचार्यले कोभिड महामारीका अवस्थामा पनि विश्वविद्यालयले आफ्ना वार्षिक शैक्षिक कार्यक्रमलाई प्रभावित हुन नदिन नियमित रुपमा शैक्षिक पात्रोअनुसार नै शिक्षण सिकाइ सञ्चालन गरेको र परीक्षा पनि सञ्चालन गरेर नमूना प्रस्तुत गरेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission