ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कोरोना संक्रमित हुँदापनि योग सिकाउँदै

५ कार्तिक २०७७, बुधबार
५ कार्तिक २०७७, बुधबार

लुम्विनी आयुर्वेदिक औषाद्यालय बुटवलका विष्णुहरि आचार्य (योगिराज) आफु संक्रमित हुँदा पनि योग सिकाउनमै केन्द्रित रहे । कोरोना संक्रमणपछि बुटवलको एन्फा टेक्निकलमा रहेको आइसोलेसना उनी रहेका थिए । त्यसबखत उनले त्यहाँ रहेका संक्रमितलाई योग सिकाए ।

महामारीका कारण मुलुक लकडाउन भएपछि समाजमा डर त्रास बढेको अवस्थामा उनले संभावित संक्रमितहरु रहेका क्वारेन्टाइनहरुमा योग शिक्षाका साथै योग सिकाउँदै आएका छन् । क्वारेन्टाइनमा दिन विताइरहेकाहरुको मनोवल उच्च राख्न उनले खेलेको भुमिकाले उनको चर्चा बढ्दै गएको छ ।

संक्रमितहरु रहेको आइसोलेसन केन्द्रहरुमा संक्रमितहरुलाई दिन विताउन गाह्रो हुने अवस्थामा योगिराजको योगशिक्षाले उनीहरुको दैनिकि बदलिदियो । दैनिक योगिराजको योगले उनीहरुले कोरोना जित्न बल पुगेको महशुश भयो जसको फलस्वरुप उनी ती संक्रमितहरुको मनमा वस्न सफल भए ।

उनको चर्चा बढीरहेकै अवस्थामा कोरोनाबाट टाढा हुन योगिराज पनि सकेनन । कोरोना विरुद्धको लडाइमा अग्रपक्तिमा खटिरहेकै अवस्थामा उनी आफै कोरोना संक्रमित भए । कोरोना संक्रमित भएपछि उनले आफ्नै निवासमा होम आइसोलेसन वस्ने निधो गरेनन, जसको एउटा कारण थियो योगप्रतिको उनको लगाव ।

उनी जहा योग सिकाउदै आएका थिए , त्यही जाने निधो गरे । बुटवल देवीनगर स्थीत एन्फा आइसोलेसन केन्द्रमा उनी गए । संक्रमित हुनुपूर्व त्यही केन्द्रमा सयौं संक्रमितलाई योग शिक्षा दिएका उनी आफै संक्रमित भएपछि यहा रहेका संक्रमितहरुसग २४ घण्टा विताउन थाले । उनले आफूले प्रदान गर्दै आएको योग शिक्षामा कम गरेनन । झन बढीसमय दिएर दैनिकी विताए । कोरोना पोजेटिभ भएर आइसोलेसन बस्दा उनले मनोबललाइ बलियो र दह्रो बनाउने कला सिकाउने देखि खानपान आहार विहार सम्वन्धी शिक्षा दिने काम जारी राखे ।

आफूसंक्रमित हुनु अगाडी योग ध्यान द्वारा कम्पाउन्ड बाहिरबाट संक्रमितहरुलाई मनोपरामर्श दिदै आएका उनी संक्रमित भएपछि कम्पाउन्ड भित्रै रहेर उनिहरुको मनोबल बढाइरहे ।

सरकारको निर्देसिका मापदण्डका आयुर्वेद औषधिका साथै स्थानिय ठाउमा पाइने रोग प्रतिरोधक जडिबुटी जसले एन्टिभाइरलको काम पनि गर्दछ्न त्यस्ता औसधि जन्य जडिबुटिको यथोचित प्रयोगको जानकारीका साथै योग प्रणायाम र ध्यान रा उनिहरुको मनोबल वृद्धि गर्नुे उनको नियमित अभियान जारी छ । योग प्रणायाम र ध्यान द्वारा मनमा आएका बेखुसीका लहरहरुलाइ हटाउन सकिन्छ । उनी भन्छ्न कोरोनाले आम नागरिकको मन छिया छिया पारेको छ मनोबलका साथै आत्मबल कमजोर बनाएको छ । यस्तो अवस्थामा योगको माध्यमबाट मनोबललाइ बलियो र दह्रो बनाउन सकिन्छ, त्यस किसिमको कलासिकाउन लागि पर्दै आएको छु । नचाउँछौ हसाउँछौ आहार बिहार र बिहान देखि बेलुकासम्म फ्रेस हुने बातावरण बनाउदै उनिहरुको मनोबल बृद्धी गर्दै रोग संघ लड्ने शक्ति वृद्धि गर्ने आँट बढाइदिन्छौ ।

योग शिक्षाले मानिसको दैनिकीमा सकरात्मक प्रभाव पार्ने र शरिर स्वस्थ्य राख्न मद्दत मिल्ने उल्लेख गर्दै आचार्य भन्छन,–आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनमा बसेकाहरुलाई योग शिक्षाले तनाव मुक्त बनाउनेदेखि सहज रुपमा दिन विताउन मद्दत मिल्छ । आचार्यले योगलाई शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइने बताउँछन ।

मानिसलार्ई निरोगी, स्वस्थ्य राख्न योगको महत्व बढी हुने बताउँदै भन्छन,– अहिलेको महामारीमा जोसुकैले पनि योग अभ्यास गर्दा राम्रो हुने भएकाले आइसोलेसनमा योग अभ्यास प्रभावकारी भएकोे छ । योग प्रशिक्षकका क्रममा नाचगानसहित विभिन्न योग आसन तथा ध्यान विधिबारे सिकाइएको छ । आइसोलेसनमा योग सिकाउँदा सिकाउँदै कोरोना जित्न सफल भएका योगिराज मंगलवार आइसोलेसनबाट फर्किएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?