ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

मलमास, दशैं र तिहार

१ कार्तिक २०७७, शनिबार
१ कार्तिक २०७७, शनिबार

एउटै महिनामा दशैं र तिहार पर्यो भने दिदी भाइ वा दाजु बहिनीबीच या दशैँ हुन्छ वा तिहार हुन्छ रे । टिका लगाइयो वा लगाइदिइयो भने दाजु भाइले दिदी बहिनीलाई दक्षिणा दिनुपर्छ । दक्षिणा दिने पैसा खल्तीमा नहुन पनि सक्छ । सबैको कमाइ कहाँ हुन्छ र ? त्यसैले दाजु भाइ, दिदी, वहिनीकाबीचमा पर्व मनाउन दशैं कि तिहारको विकल्प बनाइयो । अर्थनीतिको परिभाषामा सायद यो तरिका ठीकै पनि होला । अहिलेको जमानामा मानिस अर्थको हिसावमा चल्नुपर्छ । अँस्ति मोवाइलमा पैसा तुरिएछ । फोन गर्नुपर्ने ठाउँमा जान पाएन । ब्यालन्स नभएकोे सुचना दियो । त्यसैबेला उत्तरकुमार पराजुलीको फोन आयो । कुरा गर्ने क्रममा उनीसँग मोवाइलमा ब्यालेन्स नभएको दुखेसो पोखेँ । हजार रुपैयाँ मोवाइलमा पठाइदिएछन् । अहिले त्यसैको भरमा हाइ हेल्लो गर्दै आएको छु ।

मलाई यत्ति कुरा थाहा छ कि एकपटक मलमास पर्दा दशैं र तिहार एउटै महिनामा परेको थियो यो बर्षकोजस्तै । दिदी भेना, भाञ्जा भाञ्जी दशैंमा बा, आमासँग टिका थाप्न आउनु भयो । पालो आएपछि मैले दिदीसंग निधार थापेँ । बाबाले रोक्नु भयो । उहाँले भन्नु भयोः दशैं र तिहार एउटै महिनामा परेको छ, दशैं मनाउने कि तिहार ? दिदी हच्कनु भयो । तिहारलाई महत्व दिनुभयो । आखिरी त्यो बर्ष दिदीको हातबाट दशैंको टिका थाप्न पाइएन । आँखा बाहुलाले छोपेर आँगनको कुनामा घुँक्क घुँक्क गरियो । यो मेरो बाल्यकालको सम्झना हो । यो कुरा किन पनि सम्झने स्थिति आयो भने यो बर्षको मलमास असौज ३० गते सकियो । दशैं र तिहार एउटै महिना कार्तिकमा पर्ने भयो । तर, दुइओटै पर्व मान्नका लागि लकडाउनको हिटलरी कानुनले रोक्ने भयो ।

केही दिनअघि दिदीले फोन गर्नुभएको थियोः लकडाउन खुल्यो भने सिध्धै तेरोमा आउँछु । भालुबांग आएपछि फोन गर्छु । खाना पकाउनु भन्दै आफ्नो स्वास्थ्य समस्या वा गुनासो बताउनु भयो । मैले हवस् दिदी भनेँ । लकडाउन त प्रधान, उपप्रधान, गृह र स्वास्थ्य मन्त्रीको पाइण्टको फास्नरजस्तो भएको छ । जतिबेला आवश्यक पर्छ खुल्छ, कतिबेला बन्द हुन्छ थाहा हुन्न । उनीहरुको हातमा भर परेको छ । दुर्जन भाषामा भन्नुपर्दा उनीहरुलाई दिसा पिसावले च्याँप्दा खुल्छ । कर, राजश्व उठाउनु पर्दा खुलेजस्तो हुन्छ । बाँकी समय बन्द हुन्छ । स्वच्छन्द स्वभावका मन्त्रीहरुको निगाहमा चलेको देशमा कतिबेला के हुन्छ, के हुँदैन कहाँ थाहा हुन्छ र ?

देश, जनताको मातहतमा मन्त्रीहरु हुनुपर्नेमा मन्त्रीहरुको निगाहमा देश, जनता चलेको अहिलेको अवस्था हो । आफ्नो निर्वाचन क्षेत्रको राजधानी बेचेर मन्त्री खाने नेताहरु यो मुलुकले पाएको छ । त्यसमा पनि ठ्याक्कै मन्त्रीले चलाएको देश कहाँ हो र यो ? हेर्दै लाज लाग्ने किसिमले मन्त्रीका असरल्ल संख्याका सल्लाहकार, पर्सनल असिष्टेण्टले शासन चलाएका छन् । फरियाले त चलाएका थिए अहिले त उनीहरुका सुन (गोल्ड, सिल्भर, रिभर,) भरियाले चलाउन थालेका छन् । बिचौलियाको विग्विगी त भनिसाध्य छैन । यतिमात्र हैन, नेतालाई सहुलियतमा भाडामा घर उपलब्ध गराएपछि रासायनिक मल ल्याउन नसकेर कालो सुचीमा परे पनि अन्यत्र ठेक्का पाउनेहरुले देश चलाएका छन् । जग्गा दलालले चन्दा दिएर मन्त्रीहरुलाई खेलाइ खेलाइ आफ्नो अनुकूलतामा देश चलाएका छन् । डन र बिचौलियाहरु त सत्ता सिण्डिकेटका हर्ताकर्ता नै भइहाले ।

लकडाउनको अघोषित कफ्र्यू यतिबेला सत्ताका आसेपासेहरुलाई चाँदी कटाइ भएको छ । लकडाउन अहिले देशको अघोषित कानुन हो भन्दा अन्यथा नहोला । हातमा अधिकारको लगाम समाएकाहरुले जसरी मन लाग्छ त्यसरी जनतालाई कजाउँछन् । सरकारको रबैया हेर्दा राणाकाल दोस्रो डिभिजनमा थियो । राजाकाल प्रथम डिभिजनमा थियो । वर्तमान सरकारले त डिस्टिंशन नै ल्याएको छ । परिवारवाद, फरियावाद र आफन्तवादलाई भित्राएर गुण्डाराज चलाएको त जगजाहेर नै भइसक्यो ।

दिदीले भालुबांगमा आएपछि फोन गर्छु भनेपछि मनमा अर्कै कुरा खेल्यो । भालुबांग त प्रदेश पाँच वा लुम्बिनी प्रदेशको राजधानी भइसक्यो । भालुबांगले अब प्युठानकी दिदीलाई उतै स्वास्थ्य सेवा दिनुपर्ने हो । तर, दिदीलाई भालुबांगप्रति फिटिक्क विश्वास लाग्दैन । मैले भनेः बुटवल राजधानी रहेन दिदी । भालुबांगबाट बुटवलको सेवा लिन सकिन्छ । नयाँ होनहार राजधानी भइसक्यो । बुटवल राजधानी हो भनेर आउन थालेको हो भने दिदी भ्रममा हुनुहुन्छ । बुटवल त उधिनढुंगा भयो, भालुबांग आरन नै बनिसक्यो । मैले यसोभन्दा दिदी बुढी हाँसो हाँस्नुभयो । बुढेसकालको हाँसोभित्र साह्रै दह्रो मर्म हुन्छ ।

बुढा भएका दिदी भेना स्वास्थ्य समस्या पर्यो भने बुटवल आउनुहुन्छ । दिदी भेना मात्र हैन, अरु पनि आउनु हुन्छ । तर, ०७६ चैत ११ गते विहान ६ बजेदेखि उपचार गर्न वा अन्य कारणले कोही पनि भेट सम्पर्कमा आउनु भएको छैन । लकडाउन त यस्तो कडा कानुन बन्यो कि जो नेपालको मुल कानुन मानिने सम्बिधान भन्दा पनि माथि उक्लियो । अस्पतालमा भर्ना भयो कि कोरोना पोजेटिभ घोषणा गरिन्छ । सडक दुर्घटनामा परेको मानिसलाई उपचारार्थ ल्याउँदा पनि कोरोना पोजेटिभ देखाइन्छ । आत्महत्या गरेको मानिसको पोष्टमार्टम गर्दा कोरोना पोजेटिभ भेटिन्छ । कोरोना पोजेटिभ देखाउने भब्य प्रतियोगिता अहिले मुलुकमा चलेको छ । कोरोना पोजेटिभ भन्नका लागि उच्च ज्ञानप्राप्त चिकित्सक नै पनि चाहिँदैन । अहेब, अनमी, अस्पतालका पियन, सुरक्षाकर्मी, पुलिसले घोषणा गरिदिए पनि हुन्छ । परिवारका सदस्यले कोरोनाले छुनुपर्ने वातावरणबाट मुक्त हुनुहुन्थ्यो भने पनि जबरन कोरोना पोजेटिभको ट्याग लगाइदिए हुन्छ । कागजमा हलुका लक्षणचाहिँ देखाउनु पर्छ । आफ्नो रोगको पोजेटिभ र नेगेटिभ रिपोर्टलाई जबरजस्ती आफै किन्नु पर्छ । विश्व स्वाथ्य संगठनमा रिपोर्टिंग गर्नका लागि त डा. जागेश्वर गौतम जिन्दवाद ।

लकडाउनले हिँड्न दिएन र मात्र हो । नत्र योबीचमा हाम्रो भेटघाट एकचोटी त पक्कै हुन्थ्यो । राजधानी भालुबांगमा लगिएपछि पनि दिदी, भेना बुटवलमै किन आउन हुरुक्क हुनुहुन्छ यो मैले बुझ्न बाँकी छ । दिदीको बसाइ प्युठान हो । भालुबांग पुग्न चाहे बराबरी किलोमिटर होला । दिदी राप्तीको, म लुम्बिनीको । राजधानी छाडेर त्यहि बाटोहुँदै बुटवलमा किन ? बुटवल त अब पुरानो बटौली भइसक्यो । जहाँ टिनका छाना र अटालीमा बाँदरहरु उछलकूद गर्छन् । पर्यटकहरु तिनै बाँदरहरु हेर्न आउँछन् । योभन्दा बढी के अस्तित्व छ र अब बुटवलको ?

लकडाउन खुलेको हो कि नखुलेको हो मैले भेउ पाउन सकेको छैन । दिदीले झन् भेउ पाउने कुरै भएन । ठूलाबडा, सुकिलामुकिला, चिल्ला कारमा सवार गर्नेलाई लकडाउन लागेकै छैन । तिनीहरुमध्ये यदि कसैले मलाई कोरोना पोजेटिभ देखिएको भन्यो भने त्यसभित्र गम्भीर रहश्य लुकेको हुन्छ । जस्तो अभिनेता अमिताभ बच्चन । आफ्नो लगानीको संस्था फष्टाउनका लागि पनि कोरोना लागेको नाटक गर्नुपर्दो रहेछ । बढीभन्दा बढी हल्ला गर्नुपर्दो रहेछ । हल्ला बढी गरेर घरपाला रक्सीमा अन्य रसायन मिसाएर सेनिटाइजरको ब्यापार गर्नुपर्ने रहेछ । पाँचको माक्सलाई पछाडि सुन्ना थपेर पचासमा ब्यापार गर्नुपर्दो रहेछ । पीसीआर टेष्टको नाममा महंगो शुल्क अशुल्न सजिलो हुँदो रहेछ । मेडिकल कोब्रा विल गेट्सले हू (डब्लुएचओ) मार्फत दिने डलर बेग्लै छ ।

यस्तो सजिलोसँग जनताबाट रकम अशुल्न पाएपछि कोरोना प्रपोगाण्डा किन नगर्ने ? मलमासले एउटै महिनामा दशैं तिहार परेर तिहार मनाउने कि दशै मनाउने भनेजस्तो अहिले लकडाउनले त त्यति पनि विकल्पको अनुमति दिने भएन । त्यसैले सम्बिधानको भुमिकामै कोरोना र लकडाउन उल्लेख गर्नुपर्ने पो देखियो त । खोई यो कुरा लेख्नका लागि अध्यादेश ल्याउनु पर्ने होला । संसद बोलाउनु पर्ने होला । त्यसो गर्न पनि लकडाउनले कहाँ दिने भयो र ? त्यसैले दिदीलाई मैले भन्न चाहन्छु–
यो पाली त यस्तै भोे दिदी
कोरोनाले खाइसक्यो है गिदी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?