© २०२३
खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने ।
जति जति शरीरमा विकार जम्मा हुँदै जान्छ, शरीर रोगी र जीर्ण हुन्छ । अतः बेलाबखत शरीरको शुद्धिकरण जरुरी छ । यसका लागि खानपान र जीवनशैलीमा सामान्य परिवर्तन गरे पुग्छ ।
उपवास
शरीर शुद्धिकरणको सबैभन्दा सरल र प्रभावकारी विधी हो, उपवास । बेलाबखत एक दिनको लागि सम्पूर्ण छाक छाड्न सकिन्छ । संभव भएसम्म हप्तामा एक पटक उपवास बस्न उचित हुने बताइन्छ ।
यद्यपि शारीरिक श्रम गर्ने वा कुनैपनि किसिमको शारीरिक समस्या भएकाहरु र औषधि सेवन गरिरहेकाहरुले आफ्नो स्थितीलाई हेरेर मात्र उपवास बस्नु उचित हुन्छ ।
व्यायाम
शारीरिक व्यायाम शरीर शुद्धिकरणको प्रभावकारी विधी हो । हरेक दिन तीस मिनेट पूर्णताका साथ व्यायाम गर्दा पनि शरीरमा विकार जम्मा हुन पाउँदैन ।
दिनमा एक पटक पसिना निकाल्नु उचित हुन्छ, चाहे शारीरिक श्रम गरेर होस वा व्यायामबाट ।
त्यस्तै योगका कतिपय आसन र विधी छन्, जसले शरीरमा भएको विकार बाहिर निकाल्छ । Source:health