© २०२३
कपिलवस्तुको यशोधरा गाउपालिका रामनगराकी कक्षा ७ मा पढने मनिषा यादब जहाँ भएपनि २ नबज्दै रेडियो नजिक पुग्छिन् । गाउकै कक्षा ८ मा पढने शारदा यादब पनि हतारिदै रेडियो भए ठाउँ पुग्छिन् । उनीहरु दुबै जना रेडियो राखिएको ठाँउ गाउकै कक्षा ८ मा पढने सोनी यादबको घरमा पुग्छन् । तीनै जना रेडियो सुन्दै पढछन् । उनीहरु जस्तै यशोधरा गाउपालिकाका अधिकान्स बालबालिका रेडियोबाट पठनपाठन गरिरहेका छन् ।
कोरोरा भाईरस संक्रमणको जोखिमकाकारण गत चैत्र १० गतेबाटै पठनपाठन ठप्प छ । विद्यार्थीहरु बिद्यालय जान पाएका छैनन् । पढाई हुन सकेको छैन् । लामो समयदेखि पढन नपाएका बिद्यार्थीहरुलाई पढाईको वातावरणमा घुलमिल गराउन रेडियो शिक्षा कार्यक्रम थालिएको हो । रेडियोबाट पढन पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन् । उनीहरु खुसी भएका छन् । घरमै पढन थालेका छन् ।
यशोधरा गाँउपालिकाको अनिरुद्ध मावि बैदौली, बासुदेब जनता मावि, रंगपुर र जगन्नाथ आधारभूत मावि कोपवाका विद्यार्थी रेडियोबाट पठनपाठन गरिरहेका छन् । त्यस्तै कपिलवस्तु नगरपालिका ५, गोटिहवा स्थित कोटीग्राम मावि र मायादेवी गाउपलिका ५, बलुहवाको नेपाल राष्ट्रिय माविका विद्यार्थी पठनपाठ्न गरिरहेका छन् । कक्षा ९ र १० का विद्यार्थी विहान ७ देखि ९ बजेसम्म रेडियोबाट पढनछन् । कक्षा ४ देखि ८ सम्मका विद्यार्थी दिउसो २ देखि ४ बजेसम्म पढने गर्छन् । पढनकालागि एउटा माविमा एक संस्थाले ५५ वटा रेडियो वितरण गरेकोछ । यशोधरा गाँउपालिकाले थप २५ वटा रेडियो वितरण गरेकोछ । ४ देखि ६ जना विद्यार्थीको समुह बनाई पढनकालागि रेडियो प्रदान गरिएकोछ । ठूला कक्षामा पढने विद्यार्थीलाई नेतृत्वमा राखेर रेडियो दिईएकोछ । उनीहरु खुसी हुदै घर, चौतारोमा बसेर पढने गरेका छन् ।
‘रेडियो पढाईबाट नया खाले अनुभव भएकोछ,’ अनिरुद्ध पब्लिक मावि बैदौलीमा कक्षा ९ मा अध्ययनरत रतनबाला चौधरीले भनिन्, ‘पढाईलाई निरन्तरता दिएको छु ।’ शिक्षकले कक्षा कोठमा पढाए जस्तो नभएपनि राम्रो पढ्ने वातावरण बनेको छ । अनावश्यक खेल्ने घुम्न छुटेको छ । विषयबस्तु अनुसार नै पढाई हुन्छ । त्यसैले पढ्न ईच्छा लाग्छ उनले भनिन् ।
९ र १० कक्षाका विद्यार्थीलाई दैनिक अंग्रेजी, विज्ञान र गणित पढाईन्छ । साना कक्षाकालाई ५ विषय पढाईन्छ । उनीहरुलाई बार अनुसार दैनिक एक विषय पढाईन्छ । पढेन नपढेको यशोधराका शिक्षकहरु अनुगमन गर्न घरघर पुग्छन् ।
ठुला कक्षालाई असार १ गते र साना कक्षालाई असार १७ गते गतेबाट रेडियो कक्षा संचालन गरिएकोछ । त्यस यताबाटै उनीहरु पढिरहेका छन् । ठूला कक्षाको रेडियो पाठ्य सामग्री यशोधरा गाउपालिकाको अनिरुद्ध पब्लिक माविका शिक्षक तयार गर्छन् । उक्त सामग्री रेडियो कपिलवस्तुबाट प्रशारण हुन्छ । त्यस्तै साना कक्षाको पाठ्य सामग्री शिवराज नगरपालिकाका शिक्षकहरुले चन्द्रौटामा रहेको रेडियो शिवराजले संयोजन गरेर उत्पादन गर्छ । शिवराज सहित रेडियो कपिलवस्तु र विजयनगरले प्रशारण गर्छ । लामो समय पढन विद्यार्थीहरु पढन पाएनन् अनिरुद्ध पब्लिक मावि बैदौलीका प्रअ रामसेवक यादबले भने रेडियोबाट कक्षा संचालन गर्दा निककै खुसी छन् । उनीहरुमा सृजनात्मक क्षमता बढेको छ । यस्ले उत्साहित र लगनशिल बनाएकोछ । यस्ले थोरै भएपनि पढ्नेबानीको विकास गरेको उनले बताए । ‘पाठ्यपुस्तक पढ्नुकासाथै बीच बीचमा कोरोना संक्रमणबाट बच्ने लगायतका स्वास्थ्य संदेश पनि सुन्न पाउछौं,’ कक्षा ६ मा पढने विद्यार्थी अमिसा चौधरीले भनिन्, ‘यस्ले घरपरिवारलाई पनि फाईदा पुगेकोछ ।’
त्यस्तै वाणगंगा र बुद्धभूमि नगरपालिकाका सामुदायिक विद्यालयले पनि रेडियोबाट पढाई सुरु गरेका छन् । रेडियोबाट पढाई हुदा बिद्यार्थीहरुको पढने बानीमा निरन्तरता भएको र नयाँ प्रविधिबाट पढन पाउदा उत्सुक बनेको शिक्षकहरु बताउछन् । रेडियोबाट पढाउने कार्यक्रमलाई अन्य स्थानीय तहमा कसरी संचालन गर्न सकिन्छ भनेर सरोकारवाला बीच छलफल चलाईएको कालिका स्वावलम्बन सामाजिक संस्थाका कार्यकारी निर्देशक अर्जुन थापाले बताए । उनीहरुबाटै सुझाव लिएर बैकल्पिक शिक्षाको माध्यमबाट पढाउन थालिने उनले बताए ।