ट्रेंडिंग:

>> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार

सीमा स्तम्भ कहाँ छन् ?

नदीमा परेकै कारण स्तम्भ बनाउन कठिन हुने गरेको छ । त्यसमा पनि सीमावर्ती तराईका जिल्लाहरुमा हरेक वर्ष बाढीका कारण सीमा स्तम्भहरु थप जोखिममा पर्ने गरेका छन् । अध्यक्ष थापाको पहलमा वडा नम्बर–५, मा चार वटा सीमा स्तम्भ नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको उपस्थिति र निगरानीमा २०७५ मंसिर देखि जेठसम्म नेपाल र भारतर्फ २–२ वटा सीमा स्तम्भ निर्माण गरिएका थिए ।
१ असार २०८०, शुक्रबार
१ असार २०८०, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु), १ असार ।

छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको कपिलवस्तु जिल्ला पनि एक महत्वपूर्ण हो । जिल्लाकै विकट मानिने क्षेत्र हो, विजयनगर गाउँपालिका । जहाँ वर्षौदेखि नेपाल– भारत सिमाना जोड्ने दशगजा क्षेत्रमा सिमा स्तम्भ ढलेका छन् त कतिपय स्तम्भ खेलाको भेलले बगेका छन् ।

खोलाको भेल लगायतको समस्याले सिमा स्तम्भ भत्किने र हराउने गर्दा समेत सिमाविद तथा सरोकारवाला निकायले खासै चासो नदिँदा कतै सिमाना मिचिने हो कि ? स्थानीयको सवाल छ । यसलाई कसले नियमन गर्ने ? पछिल्लो समय स्थानीयको चिन्ता र चासोको बिषय समेत बनेको छ ।

बर्षयाममा नदीको बहाव परिवर्तन भए सँगै सिमाना समेत परिवर्तन हुने समस्या छ । सीमा विवादका घटना बेलाबेला देखिने गरेपनि दुबै देशका उच्च अधिकारी समस्याको दिगो समाधानका लागि अग्रसर हुनुपर्ने देखिन्छ ।

नेपाल –भारत दशगजा क्षेत्रमा सिमा स्तम्भको अनुगमन गरिएको छ । गाउँपालिकाभित्र रहेका सिमा स्तम्भहरुको मंगलबार एक टोलीले अनुगमन गरेको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयाँल, सशस्त्र प्रहरी बल डालपुर बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक झक्कु शर्मा र भारतीय सिमा सुरक्षा बलका सुरक्षाकर्मीको संयुक्त टोलीले सिमा स्तम्भाको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमन टोलीका अनुसार गाउँपालिकासँग नेपाल–भारत सिमानाका २८ किलोमिटर जोडिएको छ । पालिकाभित्र पर्ने दशगजा क्षेत्रमा सिमा स्तम्भहरु हराउने गरेका छन् । अर्रा नदीमा आउने बाढीका कारण सिमा स्तम्भ हराउने गरेका छन् । पालिकाको वडा नम्बर–१ मा नेपाल–भारत सिमा नाकामा पर्ने दशगजा क्षेत्रको स्थलगत अनुगमन गरेको हो । उक्त अनुगमन टोलीले सिमा सुरक्षा र दिगो समाधानका लागि सराहनीय कदम चालेको छ ।

तराईका अधिकांश जिल्लामा आउने बाढीका कारण सीमा स्तम्भहरु भत्किने र हराउने गरेका छन् । ती सिमा स्तम्भको खोजी कार्य गरि सम्बन्धित निकायसँग पहल गरिने छ ।

गाउँपालिका अध्यक्ष थापाले भत्किएका र हराएका सिमा स्तम्भको लोकेशन यकिन गरी दशगजामा सिमा स्तम्भ ठड्याउन पहल गरिने जिकिर गरे । भारतीय सुरक्षा बल सकारात्मक रहेको समेत उनले बताए ।

नेपाल–भारत दशगजा क्षेत्रमा हराएका र भत्केका सिमा स्तम्भ ठड्याउन र मर्मत सम्भार गर्न भारतीय सिमा सुरक्षा बलसँग सहमति भएको उनले जनाए । सीमाको सुरक्षा, सिमा स्तम्भको सुरक्षा तथा संरक्षण प्रभावकारी रुपमा सिमाको समस्या समाधान गर्ने थापाको भनाइ छ ।

यस्तै जिपिएस मार्फत हराएका सिमा स्तम्भ पत्ता लगाउने महत्वपूर्ण काम भएको बताउँदै धार परिवर्तनको काम अघि सार्ने अध्यक्ष थापाले बताए । नदी कटानले पनि वीरनगर, असनहरा, नयाँबस्ती गाउँहरु जोखिममा रहेको बताउँदै अर्रा नदीको धारसमेत परिवर्तन गरिने उनले जनाए । अध्यक्ष थापाले भने; “नदीले नेपालतर्फ ५ सय मिटर बढी जग्गा कटान गरेको छ । जीर्ण अवस्थामा रहेका, भत्किएका वा हराएका सीमा स्तम्भ पुनः निर्माण गरिने छ ।”

सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले नदी कटानले सीमा स्तम्भहरु हराउने गरेको बताए । कटानका संभावित क्षेत्र स्थलगत अनुगमन गरिएको समेत उनले बताए ।

अर्रा नदीमा आउने बाढीले नजिकका गाउँबस्ती जोखिममा रहेको बताउँदै समाधानको प्रयास गरिने समेत उनले बताए । भारत र नेपाल पक्षले दशगजा क्षेत्रभित्र पर्ने–नपर्ने यकिन गरि नेपालतर्फ नदी कटान भए नदीको धार परिवर्तन गरिने अनुगमन टोलीको सहमति भएको केसीको दावी छ ।

दशगजामा रहेका सिमा स्तम्भ (सिमा स्तम्भको लोकेशन पत्ता लगाउने सिस्टम) जिपिएस गुगल म्यापबाट हराएका सिमा स्तम्भ पत्ता लगाउने कार्य भएको बताए । नदीले नेपालतर्फ कटान गरेको धार परिवर्तन गर्न मिल्ने बताउँदै अब धार परिवर्तनको काम हुने उनले जनाए ।

नदीमा परेकै कारण स्तम्भ बनाउन कठिन हुने गरेको छ । त्यसमा पनि सीमावर्ती तराईका जिल्लाहरुमा हरेक वर्ष बाढीका कारण सीमा स्तम्भहरु थप जोखिममा पर्ने गरेका छन् । अध्यक्ष थापाको पहलमा वडा नम्बर–५, मा चार वटा सीमा स्तम्भ नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको उपस्थिति र निगरानीमा २०७५ मंसिर देखि जेठसम्म नेपाल र भारतर्फ २–२ वटा सीमा स्तम्भ निर्माण गरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?