ट्रेंडिंग:

>> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार

नारायणी नदीको धार नै परिवर्तन हुने गरी जथाभावी उत्खनन्

प्रहरी प्रशासन र स्थानीय तह मौन
२९ जेष्ठ २०८०, सोमबार
२९ जेष्ठ २०८०, सोमबार

सुनवल, २९ जेठ

पश्चिम नवलपरासीको नारायणी नदीमा नदीजन्य पदार्थको चरम दोहन भएको छ । प्रहरी प्रशासन र स्थानीय सरकारको मिलिमतोमा नारायणी नदीको दोहन भईरहेको स्थानीयले बताएका छन् ।

नारायणी नदी अन्तर्गतको सुस्ता गाउँपालिकाको वडा नं. ३,४ र ५ को विभिन्न स्थानबाट अहिले धमाधम मेसिन प्रयोग गरेर ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरिदै आएको छ । भारतीय पक्षले गण्डक मर्मत सम्भारको नाममा नदी दोहन गर्दै आएकोमा अहिले हुलाकी सडक विस्तारको ठेक्का पाएको बज्रगुरु महालक्ष्मी जेभि पनि दोहनकर्ताको रुपमा थपिएको छ । गण्डक मर्मत सम्भारको काम गर्दै आएको एमएस यादव एण्ड सनले लामो समयदेखि नारायणी दोहन गर्दै आएको छ भने हुलाकीको कामलाई तीव्रता दिने भन्दै बज्रगुरु महालक्ष्मीले पनि दैनिक सयौँ ट्याक्टर नदीजन्य पदार्थ निकाल्दै आएको छ ।

सुस्ता गाउँपालिकाले वडा नम्बर ५ को तटीय क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन आइइइ गरेर नदीजन्य पदार्थ उत्खनन्को लागि अनुमति दिएको भएपनि अहिले मनलाग्दी अन्य वडा अन्तर्गत पर्ने क्षेत्रबाट पनि दोहन भईरहेको छ । सुस्ता ३ का वडाअध्यक्ष हरिलाल दुषाधले वडा नम्बर ५ को मात्रै आइइइ भएकाले आफ्नो क्षेत्रबाट नदीजन्य पदार्थ निकालिएको बारे पटक पटक प्रशासन र गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको बताए । ‘हामीले यो रोक्नुपर्छ भनेर पटक पटक गाउँपालिकामा पनि भन्यौ, गाउँपालिकालाई भन्दा प्रशासनमा खबर गर्नु भन्छन् प्रशासनमा भन्दा पालिकामा भन्छन् हामीलाई नै भुमरीमा खेलाईरहेका छन्’ वडा अध्यक्ष दुषाधले गुनासो गरे ।

जेसिबि, एक्साभेटर मेसिन प्रयोग गरेर दैनिक सयाँै ट्याक्टर नदीजन्य पदार्थ उत्खनन् हुँदा नारायणी नदीको धार परिवर्तन हुने जोखिम बढेको छ भने पालिकाको राजश्व संकलनमा पनि असर परेको छ । गाउँपालिकाले वडा नम्बर ३ बाट आइइइ गरेको स्थानबाट नदीजन्य पदार्थ ल्याएको भन्दै राजश्व काटेर वैध बनाउने गरिएको छ । गाउँपालिकाले प्रतिट्याक्टर १९ सय रुपैयाँ राजश्व काटेर नदीजन्य पदार्थ उत्खनन् गर्न दिदै आएको छ तर उत्खनन् गरेर ढुवानीमा प्रयोग गरिएको अधिकांश ट्याक्टरले आइइइ गरिएको क्षेत्र भन्दा बाहिरबाट उत्खनन् गर्दै आएका छन् ।

गाउँपालिकाले हाल सम्म अन्य स्थानबाट जथाभावी उत्खनन् गरेर ल्याइएको नदीजन्य पदार्थलाई आइइइ गरिएको स्थानबाट ल्याएको भन्दै राजश्व काटेर वैध बनाउने प्रपन्च गरिदै आएको छ । हाल सम्म हुलाकी सडकको ठेकेदारले साढे चार लाख बढी र गण्डक मर्मत गरिरहेको ठेकेदारले ११ लाख ६० हजार रुपैयाँ राजश्व बुझाएका छन् तर नारायणीबाट राजश्व बुझाएको तुलनामा कयौँ गुणा बढी नदीजन्य पदार्थ निकासी भएको स्थानीयको दाबी छ ।

यसअघि स्थानीयले एक दुई ट्याक्टर घरायसी कामको लागि निकाल्दा समेत नछाड्ने प्रहरी प्रशासन अहिले भने मौन बसेका छन् । आँखै अगाडि दोहन भएको जानकारी हँुदा समेत प्रहरीले वास्ता गर्दैन ।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायाण उपाध्यायले आफुले पटक पटक दोहन रोक्न कोशिस गरेपनि नसकेको बताए । अध्यक्ष उपाध्यायले आइइइ गरेको क्षेत्र भन्दा बाहिरबाट पनि चोरी तस्करी भईरहेको थाहा भएपनि सबै निकायमा जानकारी गराउँदा समेत रोक्न नसकिएको बताए ।

वडा नं. ५ पक्लिहवाबाट मात्रै निकाल्नुपर्नेमा त्यसो नभइ अन्य स्थानबाट पनि निकालिएको अध्यक्ष उपाध्यायले बताए । यस विषयमा प्रहरी प्रशासन, प्रदेश सरकारदेखि संघीय सरकार सम्मलाई जानकारी गराउँदा समेत रोक्न नसकिएको उनले बताए ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले भने यस विषयमा जानकारी नभएको बताए । “सुस्ताका अध्यक्षसंग पनि बेलाबेलामा भेटघाट भएकै हो तर खै त्यस किसिमको जानकारी भएन”–अर्यालले भने । भारतले गण्डक मर्मत सम्भारका लागि काम गरेको जानकारी छ तर अहिले हुलाकी सडकका लागि ठेकेदारले नदीजन्य पदार्थ उत्खनन्को विषयमा जानकारी नभएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । प्रमुख जिल्ला अधिकारी अर्यालले यदि जथाभावी उत्खनन् भएको भए तत्कालै रोक्न आफुले प्रहरीलाई निर्देशन दिएको बताए ।

तर स्थानीय भने मान्न तयार छैनन् । “नारायणीभरी मेसिनले सयौँ ट्याक्टर र ट्रिपर मार्फत दोहन हुदाँ थाहा नहुने भन्ने कुरै हुँदैन”–सुस्ताका हरपृत सिहले भने ।
नारायणी नदीका कारण वर्षायाममा सुस्ता र प्रतापुरका २२ गाउँ डुबानको जोखिममा पर्ने गरेका छन् । नारायणीमा भएको जथाभावी दोहनले ठुलो विपत्ती निम्त्याउन सक्ने जोखिम देखिएको छ । भारतले आफ्नो क्षेत्रतर्फ नदीजन्य पदार्थ ननिकाल्ने तर नेपाल तर्फको भागबाट जथाभावी दोहन हँुदा नदीले धार नै परिवर्तन गर्न सक्ने जोखिम बढेको छ । नदी दोहनको समाचार संकलन गर्न जाने पत्रकारलाई समेत दुव्र्यवहार गर्ने गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?