ट्रेंडिंग:

>> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ)

एलआइसीले प्रदान गर्यो ४१ लाख ५४ हजार बिमा दाबीको भुक्तानी

१७ आश्विन २०७७, शनिबार
१७ आश्विन २०७७, शनिबार

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल बुटवल शाखाले कोरोना कहरका बीच पनि जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित सीता राइसमिल नजीकै यही भदौ १० गते स्कुटी दुर्घटनामा ज्यान गुमाएका शंकर कार्कीको परिवारलाई बिमा दावी हस्तान्तरण गरिएको हो । शनिबार एक कार्यक्रमका बीच एलआइसी नेपालका बुटवल शाखा प्रवन्धक सूर्यबहादुर जिसी, एजेन्सी म्यानेजर यमबहादुर राना र उनका अभिकर्ता केशवकुमार श्रेष्ठले बीमा दावीबापत ४१ लाख ५४ हजार रुपियाँको चेक कार्कीकी पत्नी कृष्णकला कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

मृतक कार्कीले २० लाख रुपियाँको जीवन तरंग बीमा गरी पहिलो किस्ताबापत एकलाख एकहजार रुपियाँ बुझाएका थिए । रकम हस्तान्तरण गर्दै एलआइसी नेपालका बुटवल शाखा प्रमुख सूर्यबहादुर जिसीले कोरोना कहरको यस्तो अवस्थामा पनि आफुहरुले बीमा दावी गरेको एकसातामै रकम हस्तान्तरण गरेको बताए । आफुहरुले प्रदान गरेको उक्त रकम मृतकको परिवारको घाउमा मलमको काम गर्ने उनले बताएका थिए ।

एजेन्सी म्यानेजर यमबहादुर रानामगरले आवश्यक कागजात पूरा गरेको एक हप्ताभित्र एलआइसी नेपाल लि.ले सहज ढंगले मृत्यु दावी रकम हस्तान्तरण गरेकोमा कम्पनीको विश्वसनीयताबारे आफ्नो धारणा राखेका थिए । स्वर्गीय कार्कीले एजेन्सी म्यानेजर यमबहादुरका अभिकर्ता केशवकुमार श्रेष्ठमार्फत जीवन बिमा गरेका थिए ।

उनको बुटवलबाट शंकरनगरतर्फ आउने क्रममा लु २६ प १४५५ नम्बरको स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बीमा रकम बुझेपछि कार्कीकी पत्नी कृष्णकलाले संकटको बेला बीमा बापत पाएको रकमले ठूलो राहत पुगेको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?