© २०२३
उद्योगीहरूको छाता संगठन रूपन्देही उधोग संघको टोलीले बाढीबाट प्रभावित उद्योगको अवलोकन गरेको छ । गएको शक्रबार राती परेको अबिरल बर्षाका कारण देबदहको भलुहीमा रहेको मयूर स्टिल उधोग र आवास स्टिलमा उद्यगमा ठुलो क्षेती पुगेको थियो ।
बाढीबाट प्रभावित उद्योगको अवलोकन गदै रूपन्देही उद्योग संघका काबा अध्यक्ष माधब पौडेलले अबिरल बर्षादसँगै आएको बाढीले मयूर स्टिल उद्योग र आवास स्टिल उद्योगमा ठुलो क्षती पुगेको बताए । ठुला ठुला मेसिनहरू पानीमा डुबेका कारण काम नगर्ने अवस्थामा पुगेको र बजार पठाउन लागिएका तैयारी सामानहरू ड्यामेज भएको पाइएको बताए । यसरी बाढीबाट ठुलो क्षती पुगेको छ । क्षतीभएका उद्योगलाई सञ्चालनमा ल्याउन स्थानिय सरकार प्रदेश सरकार केन्द्रीय सरकारलाई ध्यान आकर्षित गराउने भन्दै यस्ता उद्योगहरूलाई सहयोग गनुजरूरी रहेको बताए ।
धेरै उद्योगी ब्यावसायी बाढीबाट प्रभावित भएको भन्दै सरकारले समयमा यस्ता उधोग सन्चालन गन सहयोग गनुपर्ने बताए । टोलीमा संघका निवर्तमान अध्यक्ष गणेश अधिकारी उपाध्यक्ष कृष्ण पराजुली महासचिव जिबकान्त काफ्ले सचिब हिरामणी भटट्राई माया खनाल कायालय प्रमुख यादब भण्डारी लगायतको टोलीले प्रभावित उधोगको अवलोकन तथा निरीक्षण गरेका थिए ।
उद्योगका सन्चालक यज्ञश्वर थैबले उद्योगका महत्वपूर्ण उपकरण मेसिन बिग्रीएको बताए । साथै उनले तैयारी सामान पुर्णरूपमा खराब भएको र कच्चा पदार्थ सबै पानीले नस्ट गरीदिएको बताए ।