© २०२३
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीन तथा प्रधामन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । विगत ४ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस भएपछि हिजो उनको पिसिआर परिक्षण गरिएको थियो ।
स्वास्थ्यमा समस्या नदेखिएको हुँदा उनी होम आइसोलेसनमा रहेकी छन् ।
आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई सतक रहन र केही लक्षण देखिएमा परीक्षण गर्न समेत डा. शाहले अनुरोध गरेकी छिन् ।