ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

प्रदेशका नमूना विद्यालयमा स्टाफ नर्स र खेलकुद प्रशिक्षक

५ आश्विन २०७७, सोमबार
५ आश्विन २०७७, सोमबार

प्रदेश ५ सरकारले नमूनाको रुपमा विकास गर्न लागेको विद्यालयहरुमा स्टाफ नर्स र खेलकुद प्रशिक्षक राख्न शुरु गरिएको छ । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६÷७७ देखि नमूना विद्यालयको कार्यक्रम अगाडी बढाएको छ ।

स्थानीय सरकारको २० प्रतिशत लागत सहभागीता रहनेगरी प्रदेश सरकारले १२ वटा नमूना विद्यालयको कार्यक्रम अघि सारेको छ भने नयाँ आर्थिक बर्षमा थप १२ वटा विद्यालयको लागि बजेट विनियोजन गरिसकेको छ ।

प्रदेश सरकारले एक जिल्लामा एक वटाका दरले विकास गर्न लागिको प्रदेश नमूना विद्यालयमा विद्यार्थीको स्वास्थ्य रेखदेश र परिक्षण गर्नका लागि स्टाफ नर्सको व्यवस्था गरेको हो । प्रदेशको नमूना विद्यालयको रुपमा छनौटमा परेको बुटवलको नवीन औद्योगिक कद्दर बहादुर रीता माविले सार्वजनिक सूचना गरी परिक्षामार्फत स्टाफ नर्स र खेलकूद प्रशिक्षक राखिसकेकाके छ । विद्यार्थीहरुको स्वास्थ्य रेखदेख एवं परीक्षण गर्न र विभिन्न खेलहरु प्रशिक्षण गराउनको लागि स्टाफ नर्स र खेलकूद प्रशिक्षक व्यवस्था गरिउको विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले जानकारी दिए । उनले प्रदेश र स्थानीय सरकारबाट आएको बजेट ९ कोठे भवन निर्माण, ग्राउण्डमा टायल राख्ने, कम्प्यूटर ल्याबमा थप ३० वटा कम्प्यूटर थप्ने काम र सिसि क्यामेरा जडानका काम भएको बताए ।

रोल्पाको परिवर्तन गाउँपालिकाको राङ्सीमा रहेको जनसेवा माविका प्रधानाधयपक भिमप्रसाद पुनले नमूना विद्यालयको कार्यक्रमले चारकोठे छात्राबास निर्माण गरेको बताए । मुख्यगरी पहाडी जिल्ला भएका कारण कक्षा १०, ११ र १२ का विद्यार्थीलाइ डेरा खोजेर बस्ने बाध्यताको अन्त्य गर्नका लागि छात्राबास बनाइएको उनको भनाई छ । उनका अनुसार उक्त बजेटबाट विज्ञान प्रयोगशाला, शौचालय, फुलबारी निर्माण र विद्यालयको वेभसाइट समेत बनाइएको छ । उनले ग्रामीण क्षेत्रको विद्यालयका लागि प्रदेश सरकारको नमूना विद्यालय कार्यक्रमले सहयोग पुगेको बताए ।

सामाजिक विकास डिभिजन कार्यालय, प्यूठानका प्रमुख विष्णु भुसालले प्रदेशको नमूना विद्यालय कार्यक्रमले विद्यालयहरुले आफुलाई परिवर्तन गर्ने जोड गरेको देखिएको बताए । बजेट र कार्यक्रम अभावका कारण माथि उठन नसकेका विद्यालयका लागि निकै सहयोग पुगेको छ भुसालले भने, विद्यालयको वातावरण सुधार, भौतिक पूर्वाधार विकास र शैक्षिक क्रियाकलापलाई सहयोग पुग्ने गरी काम शुरु भएको छ । उनले नमूना विद्यालयहरुले स्टाफ नर्स र खेलकूद शिक्षक राख्ने तयारी गरेको जानकारी दिए ।

प्रदेश ५ का शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक टिका अर्यालले आर्थिक बर्ष २०७६÷७७ मा एक जिल्लामा एक वटा पर्ने गरी १२ वटा नमूना विद्यालय छनौट गरिएको जानकारी दिए । प्रत्येक पालिकामा एक विद्यालयलाई नमूनाको रुपमा विकास गर्ने नीति प्रदेश सरकारले लिएको त्यस अनुसार कार्यक्रम शुरु गरेको उनको भनाइ छ । प्रदेश सरकारले आर्थिक बर्ष २०७७÷७८ मा पनि थप १२ वटा नमूना विद्यालयको कार्यक्रम रहेको अर्यालले बताए ।

नमूना विद्यालय छनौटका लागि प्रदेश सरकारले सार्वजनिक सूचना जारी गरी प्रस्ताव आब्हान गर्ने र मापदण्ड अनुसार विद्यालयले पेश गरेको प्रस्तावनाको अध्ययन गरी छनौट गर्ने गरेको उनले बताए । उनले प्रदेश सरकारले नमूना विद्यालय विकास एवं संचालन निर्देशिका २०७६ बनाई त्यस अनुसार काम अगाडी बढाएको जानकारी दिए । निर्देशक अर्यालका अनुसार छनौटमा परेका विद्यालयलाई प्रदेश सरकारले ७५ लाख रुपियाँ उपलब्ध गराउने गरेको छ भने त्यसको २० प्रतिशत अर्थात १५ लाख रुपियाँ स्थानीय सरकारले उपलब्ध गराउनुपर्नेछ ।

ति छनौटमा परेका विद्यालयले नमूना विद्यालय विकास एवं संचालन निर्देशिका २०७६ मा उल्लेख भएका ३० वटा सूचकमा रहेर विद्यालय सुधारका कामहरु गर्नुपर्ने हुन्छ । दोश्रो बर्षमा भने ति विद्यालयहरुले प्रदेश सरकारबाट थप २५ लाख रुपियाँ पाउने व्यवस्था गरिएको छ । गत आर्थिक बर्षमा ७५ लाख रुपियाँ पाएका प्रदेशका १२ नमूना विद्यालयहरुले आर्थिक बर्ष २०७७÷७८ मा २५ लाख रकम पाउनेछन् । त्यसैगरी यस आर्थिक बर्षमा प्रदेश ५ मा १२ वटा थप नमूना विद्यालयका लागि विद्यालयहरु छनौट गरिनेछ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश ५ का सबै स्थानीय तहमा एक एक वटा नमुना विद्यालय बनाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission