© २०२३
गुल्मीको रिडी माध्यमिक विद्यालयले विद्यालयमा पठन पाठन शुरु हुने अवस्था नदेखेपछि शिक्षक कर्मचारीलाई कम्यूटर तालिम शुरु गरेको छ । विद्यालयमा रहेका दुई जना शिक्षकहरुले कम्प्यूटर सीप प्रदान गर्नका लागि सहजीकरण गरिरहेको विद्यालयका प्रधानाध्यापक रोहित भण्डारीले जानकारी दिए ।
तालिमपछि शिक्षकहरुले अनलाइन कक्षा संचालन गर्न र प्रोजेक्टरबाट कक्षा संचालन गर्नका लागि सहयोग पुग्ने अपेक्षा विद्यालयले लिएको छ ।
प्रधानाध्यापक भण्डारीका अनुसार विद्यालयका रहेका शिक्षक कर्मचारीलाई दुई समुह बनाएर तालिम शुरु गरिएको छ । विद्यालयका कम्प्यूटर शिक्षक नदिप गाहा र नोखराज घिमीरले सहजीकरण गरिरहेका छन् । कम्प्यूटर तालिम चार दिनदेखि शुरु भएको र दक्ष नहुदासम्म चलिरहने भण्डारीले बताए । अहिले विद्यालयकै कम्प्यूटर शिक्षकले सहजीकरण गरिरहनुभएको छ प्रधानाध्यापक भण्डारीले भने, आधारभूत कुरा सिकाएपछि आवश्यक परे कम्प्यूटर प्रशिक्षक ल्याएर केही दिन थप सहजीकरण गछौं ।
आफ्नै स्रोत साधन र जनशक्तिको प्रयोग गरी तालिम संचालनबाट उपलब्धि हुने संकेत देखिएको प्रधानाध्यापक भण्डारीले बताए । विद्यालयमा १८ वटा कम्प्यूटर र ३ वटा ल्यापटपका साथै प्रोजेक्टर छन् । विद्यालयका २६ जनाले २ समुहमा दुरी कायम गरेर कम्प्यूटरको तालिम लिइरहेका छन् ।