ट्रेंडिंग:

>> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

प्रदेश ५ मा प्लाज्मा बैंकको अभियान सुरु

१५ भाद्र २०७७, सोमबार
१५ भाद्र २०७७, सोमबार

कोरोना भाईरस संक्रमितको उपचार गर्ने उद्देश्यका साथ प्रदेश ५ मा प्लाज्मा बैक अभियान शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्यमा सोमबारदेखि औपचारिक रुपमा कपिलवस्तु अस्पताल तौलिहवामा अभियानको उद्घाटन गरेको हो ।

संक्रमण मुक्त अस्पतालका कर्मचारी र स्थानिय समाजसेवीहरुले प्लाज्मा थेरापीको लागि रक्तदान गरेको प्रदेश ५ का नेपाल स्वस्थ्य अनुसंधान परिषदका संयोजक डा. प्रशान्त आचार्यले बताए । ‘यसलाई हामीले अभियानका रुपमा अघि बढाएर कोभिड उपचार सहज बनाउने छौं ।’– उनले भने । संकलन भएको रगत बुटवल कोरोना विशेष अस्पतालको आइसियुमा रहेका बिरामीको उपचारमा प्रयोग हुने उनले बताए । कार्यक्रममा १७ पिन्ट रगत संकलन भएको छ ।

कोरोना पोजिटिभ भै आईसोलेसनमा बसेपछि निको भएर नेगेटिभ भएका अथवा कोरोनामा जित हासिल गरेका स्वस्थ व्यक्तिहरुको शरीरको रगतमा हुने प्लाज्माबाट अहिले कोरोना भै उपचारमा रहनुभएका बिरामीको उपचार गर्न सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ । जसलाई प्लाज्मा थेरापि भनिन्छ । यो अभियानबाट प्लाज्मा अभाव नहुने उनले बताए । रगतबाट प्लाज्मा तयार गरी ब्लड बैंकमा स्टोर गरेर एक वर्षसम्म प्रयोग गर्न मिल्ने लुम्बिनी प्रदेसिक अस्पतालका फिजिसियन तथा कोरोना फोकलपर्सन डा.सुदर्शन थापाले बताए ।

धेरै कोरोनाका बिरामीहरु यो विधिबाट निको भएको उदाहरण रहेको उनले बताए । कोरोना भएर निको भैसकेको अर्थात पिसिआर नेगेटिभ आएको १४ र १५ दिनपछि प्लाज्मा डोनेसन गर्न मिल्ने उनले बताए । कपिलवस्तु अस्पतालका मेसु डा किशोर बन्जाडेले आफुहरु महामारीको सामना गर्दै गर्दा पोजिटिभ भएको बताए । समाजमा कोरोना पोजिटिभहरु प्रतिको दृष्टिकोण परिवर्तन हुनुपर्ने सुझाव दिन्छन । रगत अभाव भएको कारण उचित समयमा प्लाज्मा थेरापी सुरु गर्न गाह्रो भैरहेको अवस्थामा गरिएको काम निक्कै उदाहरणीय भएको उनले बताए । बिरामीमा राम्रो सुधार आउने हुनाले यस्तो अभियानको बारेमा जनचेतना फैलाउने आवश्यक रहेको उनी बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?