ट्रेंडिंग:

>> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

आईसियु चलाउने जनशक्ति नहुँदा मुख्यमन्त्रीको गृहजिल्लाबाट उपचार गर्न बुटवल

११ भाद्र २०७७, बिहीबार
११ भाद्र २०७७, बिहीबार

केहीदिन अघि घोराहीको कर्णाली विकाश बैङ्कका एक कर्मचारीलाई ज्वरो आयो । उनी स्वास्थ्य जाँच गराउनको लागी प्राईभेट अस्पतालमा गए । उनको लक्षण कोरोनासंग मिल्दोजुल्दो भएपछि उनलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान भनियो । उनले त्यसै गरे । प्रतिष्ठानमा उनको पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखियो । लक्षण देखिएका संक्रमितलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने भएकोले उनलाई बुटवल पठाईयो । अहिले पनि उनको बुटवलमै उपचार भैरहेको छ । जिल्लामा रहेका अस्पतालमा आईसीयु भएपनि जनशक्ति नहुँदा उनलाई बुटवल पठाउनु परेको हो ।

कोरोना सक्रमणको लक्षण नदेखिएकाहरुको जिल्लामा रहेको कोरोना विशेष अस्पताल, घोराही उपमहानगरपालिकाले बनाएको आईशोलेशन सेन्टर, देउखुरीका ४ पालिकाले बनाएको आईशोलेसन सेन्टर र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेर उपचार भएपनि लक्षण देखिएका संक्रमितको उपचार दाङमा हुनसकेको छैन । लक्षण देखिएका संक्रमितको उपचारको लागि आवश्यक पर्ने भेन्टिलेटर र आईसियु वार्ड जिल्लाका अस्पतालमा भएपनि चलाउने जनशक्ति नहुँदा बुटवल पठाउने गरिएको छ । दाङको वेलझुण्डीमा प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना विशेष अस्पतालमा र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ८ वटा भेन्टिलेटर र १५ वटा आईसियू बेड छन् । यी दुई अस्पतालमा भेन्टिलेटर र आईसियु वेडहरु भएपनि आवश्यक जनशक्ति र प्रयाप्त बजेट नहुँदा प्रयोगमा आउन नसकेको अस्पतालहरुले जनाएका छन् ।

कोरोना विषेश अस्पताल बेलझुण्डीमा ५ वटा भेन्टिलेटर र ५ वटा आइसियु बेडहरु छन् । यी वेडहरु सञ्चालन गर्न न्यूनतम ३० जना डाक्टर सहित स्वास्थ्यकर्मीहरुको आवश्यक्ता पर्ने कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए । उपकरण भएपनि जनशक्ति नहुँदा जटिल प्रकृतिका बिरामीलाई रिफर गर्नुपरीरहेको डा सर्वेश शर्माले बताए । “पिसिआर रिपोर्ट पोजेटिभ देखिएपनि लक्षण नदेखिएका संक्रमितहरुलाई मात्रै बेलझुण्डीको कोरोना विशेष अस्पतालमा राख्ने गरिएको छ भने, गम्भीर अवस्थाका बिरामीहरुलाई बुटवल रिफर गरिएको छ” सदस्य सचिव शर्माले भने । लक्षण सहितका विरामी धेरै नदेखिएकोले पनि जनशक्ति नथपिएको उनले बताए । उपकरणहरु तयारी अवस्थामा रहेकोले सकृय संक्रमितको संख्या बढ्दै गएमा जनशक्ति थपहुने डाक्टर शर्माले जानकारी दिए । “उपकरण र जनशक्ति तयारी अवस्थामा रहेकोले सकृय संक्रमितको संख्या बढेमा यहीवाट उपचार हुन्छ” डाक्टर शर्माले भने ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि तीन वटा भेन्टिलेटर र १० वटा आईसियु बेड राखिएको भएपनि प्रयोगमा भने आउन सकेको छैन । जनशक्ति नहुँदा सेवा दिन नसकेको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिए । कोरोनाको कहरकै विचमा भेन्टिलेटर र आईसियुका उपकरणहरु ल्याएर मुख्यमन्त्री शंकर पोख्रेलवाट उद्घाटन गराएको भएपनि प्रतिष्ठानसंग प्रयाप्त बजेट नहुदा जनशक्ति राख्न नसकिएको उनले बताए । “कर्मचारी राख्दा तलव दिनुपर्छ, सरकारले बजेट दिए पछि न हामिले तयारी गर्ने हो” प्याकुरेलले भने । उपकरणको जोहो गरेपनि त्यसलाई चलाउने जनशक्ति राख्नको लागी सरकारसंग बजेटको माग भैरहेको उनले बताए । “सरकारले बजेट दिएमा हामी तुरुन्तै जनशक्ति भर्ना गर्छौ” उनले भने । बुधवार मात्रै स्वास्थ्य मन्त्रालयमा जनशक्ति उपलब्ध गराईदिनको लागी पत्राचार गरेको उनले जानकारी दिए ।

उपकरण हुँदाहुँदै पनि कतै जनशक्ति त कतै बजेटको अभावमा आईसियु र भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन् । जिल्लामा भएका यी दुई अस्पताललाई व्यवस्थित मात्रै गर्न सके कोरोनाको कहरको समयमा संक्रमितले छिटै उपचार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission