© २०२३
बुटवल,११ जेठ । रुपन्देही पुल तथा स्नुकर संघले सरक्षक र सल्लाहकारहरु चयन गरेको छ ।
सुजन पुन नेतृत्वको नयां कार्यसमितिको वैठकले संरक्षकमा सोभित दर्लामी र जय प्रकाश भट्टराईलाई चयन गरेको छ । यस्तै वरिष्ठ सल्लाहकारमा संजयरत्न बज्राचार्य, बरिष्ठ खेलाडी तथा सल्लाहकारमा रेगन श्रेष्ठ तथा सल्लाहकारहरुमा हरि क्षेत्री,गजेन्द्रमान श्रेष्ठ,प्रमोद थापा,बबिन थापा,सुरज माकाजु,दुर्गा थापा,लक्ष्मण भारी मल्ल,राजु गुरुङ,तारा रेशमी, हेम पुन, शिव राना, शिशिर गुरुङ र बिरेन शाक्यलाई चयन गरेको छ । यस्तै प्रेस सल्लाहकारमा टोपराज शर्मा (टि.आर.) र दिपक न्यौपानेलाई चयन गरिएको संघका अध्यक्ष पुनले जानकारी दिए । संघले निकट भविष्यमै राष्ट्रिय स्तरको स्नुकर प्रतियोगिता गर्ने र रुपन्देही जिल्लालाई स्नुकर खेलको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन भूमिका खेल्ने जनाएको छ ।