ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

बैकल्पिक सिकाइ सहजीकरणमा सात प्रदेशका फरक अभ्यास

१ भाद्र २०७७, सोमबार
१ भाद्र २०७७, सोमबार

कोभिड–१९ को महामारी र लकडाउनका बेला पनि विद्यार्थीको सिकाईलाई निरन्तरता दिन सरकारले ल्याएको बैकल्पिक शिक्षा प्रभावकारी नभएको गुनासो आइरहेको छ । शैक्षिक सत्रको चार महिना विद्यालय खुल्न सकेनन् । शैक्षिक सत्र खेर जान नदिन सामुदायिक विद्यालयहरु पाठ्यक्रमलाई घटाएर छोटो समयमा पठनपाठन पूरा गर्ने गरी नयाँ पाठ्यक्रमको तयारीमा लागेका छन् ।

शिक्षा पत्रकार समूहले आज (१ भदौ)को शिक्षाबार भर्चुअल सम्बाद ‘सामुदायिक विद्यालयहरूमा वैकल्पिक शिक्षणको अवस्था र योजना ः सातै प्रदेशको अनुभव’ सुनाउदै प्रधानाध्यापकहरुले सो जानकारी गराएका हुन् । कोरोना महामारीको प्रभाव कहिलेसम्म रहने टुङ्गो नलाग्दा समेत सरकारले बैकल्पिक शिक्षाबाहेक अरु उपायबारे निर्णय नलिएपछि शिक्षक, विद्यार्थी र अभिभावक अन्योलमा छन् ।

सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यार्थीको अध्ययन निरन्तरता दिन भर्चुअल कक्षादेखि टेलिभिजन, रेडियो तथा एफएममार्फत कार्यक्रम गर्ने र टोल टोलमा पुगेर भौतिक दुरी कायम गर्दै अध्यापन गर्दै आएको बताएका छन् ।

प्रदेश ५ दाङ श्री मावि मौरीघाटकी प्रधानध्यापक सीता रिजाल राप्ती गाउँपालिकाले संस्थागत÷सामुदायिक सबै अभिभावकलाई बोलाएर विषयगत विज्ञ शिक्षकबाट कार्यक्रम बनाएर टिभी ÷रेडियोबाट प्रसारण गर्दैआएको बताइन् । तर, प्रत्यक्ष जस्तो प्रभावकारी नभएको अभिभावकको गुनासोपछि समूह बनाएर साउनभर समुदायमा गएर पढाइएको थियो । त्यहाँ पनि कोरोना संक्रमित बढेपछि सिकाई बन्द छ ।

प्रदेश १ झापाको २ हजार ५ सय विद्यार्थी रहेको महेन्द्रा धुलावारी माविका प्रधानध्यापक महेन्द्र विलासी लूईटेलले बैकल्पिक शिक्षाका लागि सबैको पहुँच नभएकाले नगरपालिकालाई अनुरोध गरेर विद्यार्थीलाई टोलटोलमा रेडियो वितरण गरेको बताए । भर्चुअल सम्बादमा उनले भने, ‘ प्रत्यक्ष विद्यालयमा बोलाउन नसक्ने भएकाले वरिपरिका ७ वटा टोलमा भएका आमा समूहलाई प्रतिनिधिको रुपमा विद्यालय बोलाई रेडियो सुन्ने बालबालिकाको बारे बुझ्यौ । अहिले घरमा रेडियोभन्दा मोबाईल मात्र प्रयोग गर्ने गरेको विद्यालयको पहलमा प्रत्येक वडामा २९ ओटा रेडियो वितरण ग¥यौं ।’ रेडियो वितरण गरेपछि रेडियोमार्फत दैनिक १ घण्टा कार्यक्रम प्रसारण र ईन्टरनेट सुविधा भएका ६ देखि १० कक्षाका विद्यार्थीलाई गणित, अंग्रेजी, विज्ञान, ऐच्छिक गणित जस्ता मुख्य विषय पढाउदै आएको लुईटेलले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढीका पञ्चोदय मावीका प्रअ हरिशकुमार ओझाले विद्यालयमा क्वारेन्टाईन समेत राखिएकाले अझै ३५ प्रतिशतभन्दा बढि विद्यार्थी पाठ्यपुस्तक लिन समेत नआएको बताए । विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी बझाङ, दार्जुला लगायतका पहाडी भेगका भएको र उनीहरु गाउँ गएकाले पुस्तक लिन नआएको र अनलाइन कक्षा पनि सबैका लागि सम्भव नभएको उल्लेख गर्दैै उनले भने, ‘शिक्षा महाशाखामा अनुरोध गरेर भिडियो, अडियो माध्यमबाट भए पनि गणित विषय पढाईरहेका छौ । तर धेरैको पहुँच छैन ।’

कर्णाली प्रदेश दैलेख जनता प्रधानध्यापक पार्वती पोखरेलले विद्यार्थीलाई गत वर्षको विवरणका आधारमा भर्ना गरेको र फोन गर्दै पाठ्यपुस्तक वितरण गरेको बताउनुभयो । उहाँका अनुसार, सरकारले असार १ देखि टिभि, रेडियोबाट बैकल्पिक शिक्षा दिने भनेपछि सबैलाई यसैअनुसार गर्न खबर गरेको तर ईन्टरनेटको पहुँच नभएकाले अनलाईन कार्यक्रम गर्न भने भएन । ‘सरकारको नीतिले भर्ना गर्ने नगर्ने समेत बोलेको छैन’ उनले भनिन् ।

त्यस्तै, बाग्मती प्रदेश मकवानपुरको अमर माविका प्रधानध्यापक मालती उप्रेती ३० प्रतिशत विद्यार्थीको मात्र अनलाईनको पहुँच भएको बताइन् । आफ्नो विद्यालयमा सुकुम्बासी वर्गका बालबालिका बढि भएकाले उनीहरुका लागि बैकल्पिक सिकाई लागू गर्न नसकेको उल्लेख गर्दै भनिन्, ‘अनलाईन कक्षामा एउटा कक्षाका ७०–८० मध्ये १०–१२ जना मात्र सहभागी हुने स्थिती छ ।’ मकवानपुरको उक्त विद्यालयले समूह बनाएर समुदायमा पायक पर्ने अस्थायी सिकाई केन्द्रमार्फत पठनपाठन गर्दै आएकोमा कोरोना संक्रमित बढेपछि दुई सातादेखि बन्द छ ।

यसैगरी, गण्डकी प्रदेश पोखरा कालिका माविकी निर्मला मानन्धरले अनलाईन कक्षा प्रभावकारी नभएपछि सेल्फ लर्निङ पुस्तक सबै कक्षाका विद्यार्थीलाई वितरण गरेको बताइन् । भौतिक दुरी कायम गरेर विद्यार्थीलाई हप्तामा १ पटक पालैपालो बोलाउने र होमवर्क दिने गरेको तथा अभिभावकलाई समेत गाइड गर्न अनुरोध गरेको उनले जनाइन् ।

काठमाडौँ निलबाराही मावि का प्रधानध्यापक जानुका पौडेलले कोभिडका कारण विद्यार्थीहरुलाई खानबस्न समस्या भएर तीन महिनाका लागि राहातसमेत दिएको बताइन् । असारदेखि स्थानीय एफएमबाट कक्षा सञ्चालन र नेपाल टेलिभिजनबाट संचालित भर्चुअल कक्षाको उपयोग गर्न विद्यालयले अनुरोध गरेको थियो । विद्यालयले बैकल्पिक शिक्षाबारे सर्भेक्षण पनि गरेकोमा भर्चुअल सिकाई ३५ प्रतिशतको मात्र पहुँचमा रहेको पाइएको उनले बताइन् ।

शिक्षा पत्रकार समूहले हरेक सोमवारलाई शिक्षाबारका रुपमा समसामयिक शैक्षिक मुद्दामा भर्चुअल सम्बाद गर्दैआएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?