© २०२३
माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउने सातामा प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रामराज खकुरेलले यस्तो जानकारी दिएका हुन् ।
शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘एसइइको आन्तरिक मूल्याङ्कनः अनुभव र नतिजा’ विषयक शिक्षा संवादमा उनले ७७ वटै जिल्लाबाट नतिजाको आइपुगेको र त्यसको रुजु गर्ने काम गरिहेको जानकारी दिए । उनले भने, रुजु हुदैछ एक हप्तामा नतिजा प्रकाशनमा ल्याउँछौं । राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्याङ्कन गरेर शिक्षा विकास तथा समन्वय इकाइ मार्फत नतिजा पठाउने माध्यमिक विद्यालयको संख्या देशभर १० हजार ४१९ वटा रहेको जनाएको छ ।
कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले विद्यालयले गरेको मूल्याकंनलाई नगरपालिकाले सहयोग गरेको भएपनि मूल्याकंनमा स्थानीय तहलाई सहभागीता नगरएकोमा दुःख व्यक्त गरे । शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले केही विद्यालयले मूल्याकंनको क्रममा त्रटी गरेको पाइएको भएपनि रुपन्देहीबाट समग्र रुपमा विद्यालयहरुले आन्तरिक मूल्याकंनको काम प्रशसनिय रुपमा सम्पन्न गरेको बताए ।
जयन्ती मावि, दैलेखकी प्रधानाध्यापक सरिता गुरुङले विद्यार्थी मूल्याकंनको कार्यविधी अनुसार विद्यालयमा तीन सदस्यीय समिति बनाई काम गरेको जानकारी दिइन । उनले आफ्नो विद्यालयमा मूल्याकंनको काममा समस्या नदेखिएको भएपनि अन्य विद्यालयहरुले समस्याको अनुभव सुनाएको बताइन । विद्यार्थीको टर्मिनल परीक्षा अनुसार आफुहरुले मूल्याकंन गरको उनको भनाइ छ । नेपाल विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले अहिलेको मूल्याकंन प्रणालीले नयाँ अनुभव दिएको बताए । विद्यालयले गरेको मूल्याकंनलाई विश्वसनियता दिने किसिमले कुरा गर्नुपर्ने उनले सुझाव दिए । पालिकाहरुलाई समेत मूल्याकंनको प्रमाणीकरणमा सहभागीता बनाउन सकेको भए अझै राम्रो हुने उनको भनाइ छ ।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षाकर्मी, पत्रकारहरुको सहभागीता रहेको थियो । कोभिड १९ सँगै शिक्षा पत्रकार समुहले सोमबारलाइ शिक्षा बारको रुपमा कार्यक्रम गर्ने गरेको छ । यो शिक्षा पत्रकार समुहले गरेको २० औं शिक्षा संम्वाद हो ।