ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

सहजीकरण गर्न शिक्षक टोलमा पुग्दा ‘अभिभावक खुसी’

७ श्रावण २०७७, बुधबार
७ श्रावण २०७७, बुधबार

कोरोना महामारीका कारण महीनौदेखि घरमै थुनिएका विद्यार्थीलाई सक्रिय बनाउन रुपन्देहीको शुद्धोधन गाउँपालिको भगलापुर माविले घुम्ती कक्षा पढाइ कार्यक्रम गरिरहेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका २०७७ जारी भएपछि विद्यालयले गत असार महिनाबाट यस्तो कक्षा संचालनमा ल्याएको जनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका करीव ७ सय विद्यार्थीले घुम्ती कक्षाबाट लाभ लिई रहेको विद्यालयको दाबी छ ।

कोभीड १९ को संक्रमणका कारण विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि टोलटोलमा पुगेर विद्यार्थीलाई पठनपाठनमा सक्रिय बनाउन थालिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भूसालले जानकारी दिए । उनका अनुसार टोलका विद्यार्थीलाई टोलमै जम्मा गरेर सामुदायिक भवन र चौतारामा भौतिक दूरी कायम गरेर पढाइने गरिएको छ । विद्यार्थीको चाप बढी हुन नदिन विद्यालयले दुई चरणमा पठनपाठनलाई सहजीकरण गरेको उनले बताए ।
विद्यार्थीलाई विद्यालयमा पठनपाठन गराउँदा कोरोना संक्रमणको खतरा छ, त्यसैले एउटा टोलका विद्यार्थीलाई जम्मा गरी भौतिक दूरी कायम गरेर टोलमै पढाउन थालिएको हो, ’प्रधानाध्यापक भुसालले भने, ’शिक्षकहरु मास्क लगाएर र सेनिटाइजर तथा शिक्षण सामग्री सहित पुग्दा बालबालिहरुले आआफ्नो बस्ने व्यवस्थासहित टोल टोलमा जम्मा हुने गरेका छन् ।

विद्यार्थीका लागि विषयगत शिक्षकहरुको समूह बनाई बिहान ११ देखि अपरान्ह १ बजे र अपरान्ह १ बजे देखि अपरान्ह ४ बजेसम्म घूम्ती कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएको छ । वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको सहयोग र समन्वयमा टोल पढाइ कार्यक्रम सञ्चालन गर्न सम्भव भएको विद्यालयले जनाएको छ ।

रेडियो र टेलिभिजनका माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउन सक्ने अवस्था नभएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोती बहादुर थापाले जानकारी दिए । उनले टोल पढाइ कार्यक्रम सञ्चालन गर्न धेरै चुनौती रहे पनि बालबालिकालाई पठनपाठनमा सक्रिय बनाइराख्न विद्यालयले प्रयास गरिरहेको बताए ।

वैकल्पिक सिकाई सहजीकरणको सयोजन गरिरहेका शिक्षक कृष्णप्रसाद ज्ञवालीले पठन पाठनको सहजीकरण आफुहरु लागिरहेको बताए । उनले टोल टोलमा आफुहरु पुग्दा बालबालिका मात्रै नभइ अभिभावक समेत खुसी भएको बताए । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघसँगको संयुक्त बैठकबाट घुम्ती कक्षा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission