© २०२३
प्रदेश ५ सरकारले ‘समृद्ध प्रदेश खुसी जनता’ को नारा अगाडी सारेको भएपनि प्रदेशका जनता भने खुसी देखिएका छैनन् । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको हो ।
प्रतिवेदनमा नेपालमा पुरुषहरुको तुलनामा महिलाहरु कम खुशी रहेको देखिएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा केन्द्रीय तथ्याङ्क विभागद्वारा आ.व. २०७५/७६ मा संचालन गरिएको नेपाल बहुसूचक सर्वेक्षणले उक्त कुरा देखाएको हो । केन्द्रिय तथ्यांक विभागद्वारा असारको अन्तिम साता सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार १५–४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत महिलाहरुले सर्भेक्षणमा ज्यादै खुशी वा केही हदसम्म खुशी देखाएको छ । खुशी हुने सोही उमेर समूहका पुरुषहरु संख्या भने ६४.७ प्रतिशत् रहेको रहेको छ ।
युवा उमेर समुहका महिलाहरुमा खुशी रहेकाहरुको अनुपात केहि बढी देखिएपनि पुरुषहरुको तुलनामा त्यो अनुपात कम भएको देखिएको छ । ६८.० प्रतिशत १५–२४ वर्ष उमेर समूहका युवतीहरु तथा सोही उमेर समूहका युवाहरु (६९.६ प्रतिशत) ले ज्यादै खुशी वा केही हदसम्म खुशी रहेको कुरा अध्ययनमा व्यक्त गरेको देखिएको छ ।
केन्द्रिय तथ्यांक विभागको सर्वेक्षण अनुसार सबैभन्दा खुशियाली महसुस गरेका महिलाहरुको अनुपात बाग्मती प्रदेशमा सबैभन्दा धेरै र सुदुर पश्चिम प्रदेशमा सबैभन्दा कम रहेको छ । बाग्मती प्रदेशका ७२ प्रतिशत १५ देखि ४९ वर्ष उमेर समुहका महिलाहरु खुशी रहेकोमा सुदुर पश्चिम प्रदेशका ४०.४ प्रतिशत मात्र सोहि उमेर समुहका महिलाहरु खुशी रहेको देखिन्छ ।
वयस्क र युवा दुवै उमेर समुहमा सुदुर पश्चिम प्रदेशका खुशी दर कम भएपनि दुवै समुहमा त्यहाका खुशी रहेका पुरुषको संख्या राष्ट्रिय औशत भन्दा माथि देखिएको छ । खुशी भएको महशुस गर्ने १५–४९ उमेर समुहका पुरुषहरुको संख्या राष्ट्रिय रुपमा ६४.७ प्रतिशत रहेकोमा सुदुरपश्चिम प्रदेशमा यस्ता पुरुषहरुको संख्या ६९ प्रतिशत रहेको छ । सुदुर पश्चिममा खुशी हुने पुरुषको अनुपात नेपालमा बाग्मती प्रदेश पछि दोश्रो स्थानमा रहेको छ । पाँचवटा प्रदेशमा महिला भन्दा पुरुष खुशी दर बढी रहेकोमा प्रदेश २ र कर्णाली प्रदेशमा भने खुशी रहेका महिलाको अनुपात पुरुषहरुको भन्दा बढी रहेको पाईएको छ ।
महिला पुरुष र सबै उमेर समुहमा प्रदेश ५ मा खुसि महशुस गर्ने नागरिकहरुको अनुपात राष्ट्रिय औशत भन्दा कम देखिएको छ । प्रदेश ५का १५ देखि ४९ उमेर समुहका ५४.३ प्रतिशत महिला र ६२.१ प्रतिशत पुरुषहरु खुशी रहेका छन् भने १५ देखि २४ वर्ष उमेर समुहमा खुशी रहेका महिला र पुरुषहरुको अनुपात क्रमश ६१.३ प्रतिशत र ६९.१ प्रतिशत रहेको सर्भेक्षणले देखाएको छ । प्रदेश ५ मा लैंगिक हिंसा अत्यधिक रहेको र धेरै आर्थिक असमानताको कारणले खुशी महसुस गर्ने नागरिकहरुको अनुपात कम रहेको प्रदेश सभा सदस्य दिपा बिक खड्का बताउछिन. उनि भन्छिन “ ब्यक्त खुशी हुन पारिवारिक माहौलले मुख्य भुमिकाखेल्छ. परिवारिक् लैंगिक हिंसा र विभेदको दर प्रदेशका धेरी जिल्लाहरुमा उच्च रहेकोले महिलाको मात्र नभएर पुरुषको खुशीमा समेत नकारात्मक असर परिरहेको छ ।“
नेपाल सरकारले नेपालीको जीवनस्तर सुधार भैरहेको बताइरहेपनि नागरिकहरु भने वर्तमान समय भन्दा भविस्यमा जीवनको गुणस्तर राम्रो हुने कुरामा आशाबादी नरहेको सर्भेक्षणले देखाएको छ. राष्ट्रिय रुपमा हेर्दा १५ देखि ४९ वर्षका ४८.५ प्रतिशत नागरिकले मात्र भविस्वमा जीवनको गुणस्तर वर्तमानको भन्दा राम्रो हुनसक्ने अपेक्षा व्यक्त गरेका छन् । यस्तो अपेक्षा गर्नेहरुमा यो समुहका ४५.४ प्रतिशत महिला र ५२.५ प्रतिशत पुरुषहरु रहेका छन् । नयाँ पुस्ता भने वयस्क पुस्ताभन्दा भविस्वप्रती बढी आशाबादी देखिएको छ । १५–२४ वर्ष उमेर समूहका ५०.१ प्रतिशत युवतीहरु तथा सोही उमेर समूहका ५६.४ प्रतिशत युवाहरुले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गरेको प्रतिवेदनमा उल्लेख छ ।
देशमा गणतन्त्र स्थापना भएपछि आर्थिक सामाजिक क्षेत्रमा ठुलै परिवर्तन आउनेछ भन्ने आशा गरिएको भएपनि अहिले जनताले गरेको त्याग अनुसार उपलब्धि नभएकोले यस खुशी दर कम भएको आर्थिक विश्लेक प्रा.डा. बाबुराम ज्ञावाली बताउछन । उनका अनुसार नागरिकको शैक्षिक, स्वास्थ्य आर्थिक र पारिवारिक सुविधामा क्रमिक सुधार आएपनि मानिसले खुशी महसुस गर्न नसक्नुमा देशको राजनैतिक आर्थिक प्रणाली जिम्मेवार रहेको छ । उनि भन्छन“ वर्तमानमा खुशी हुने दर कम देखिएपनि भविस्यप्रति आशाबादी रहेका युवाहरुको संख्या बढी देखिनु सकारात्मक संकेत हो । युवाहरुको यो उत्साहलाई राज्य संचालकहरुले वुझेर कार्यक्रम संचालन गर्न सकेमा आउदो पुस्ताले अहिले भन्दा धेरै खुशी महसुस गर्न पाउनेछन ।”
नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरु उपलब्ध गराउने प्रमुख उद्देश्यलेपालमा तेश्रोपटक यस्तो सर्वेक्षण गरिईको भएपनि सन्तुष्टि सम्बन्धि विवारनाहरु पहिलोपटक संकलन गरिएको हो सर्वेक्षणमा तथ्याङ्क संकलनको लागि नेपालभर ५१२ क्लष्टर (गणना क्षेत्र) हरुमध्ये शहरी क्षेत्रबाट २९० क्लष्टर र ग्रामीण क्षेत्रबाट २२२ क्लष्टर तथ्यांकीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २५ वटा परिवारहरु छानिएका थिए। यसरी छानिएका जम्मा १२,८०० परिवारहरुबाट पारिवारिक विवरण संकलन गरिएको थियो ।
सर्वेक्षणको लागि छनौट गरिएका परिवारबाट शिक्षा, पारिवारिक विशेषता, सामाजिक सुरक्षा कार्यक्रम, परिवारमा प्रयोग भएको इन्धन, खानेपानी र सरसफाइ, हातधुने व्यवस्था तथा पानीको गुणस्तर परीक्षण सम्बन्धी विवरण संकलन गरिएको थियो. यी आधारहरुमा केन्द्रिय तथ्यांक विभागले समग्र सन्तुष्टि सूचकांक समेत तयार गरेको छ । १५ देखि ४९ वर्ष समुहका समग्र सन्तुष्टि सूचकांक ६.५ रहेकोमा सो समुहका महिला र पुरुषको सूचकांक क्रमश ६.६ र ६.३ रहेको छ ।
खुशी महसुस गर्ने महीलाहरुको अनुपात पुरुषको तुलनामा कम भएपनि सेवा सुविधाको आधारमा निकालिएको सूचकांक अनुसार महिलाहरुको सन्तुष्टि दर बढी हुनुले महिलाको व्यक्तिगत र पारिवारिक अवस्थामा सुधार आएको संकेत देखिएको छ । खासगरी महिला शिक्षा र स्वास्थ्य सुविधामा वृद्धि, सुचनामा पहुँच, प्रजनन दरमा कमि, खानेपानी र सरसफाइमा पहुँच जस्ता कारणले विगतमा भन्दा अहिले महिलाहरुले बढी सुविधा पाएकाले उनीहरुको समग्र सन्तुष्टि दर पुरुषको भन्दा बढी देखिएपनि देशका एक तिहाई भन्दा बढी मानिस प्राप्त सख सुविधा र जीवनशैलीप्रति असन्तुष्ट रहेको देखिनुले नेपाली समाजमा मनोसामाजिक समस्याहरु बढ्न सक्ने सामाजिक अभियन्ताहरुको चिन्ता छ.।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी