ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

‘नेपाली मातृभाषी नभएका बालबालिकाको पठनप्रवाह चुनौतीपूर्ण’

३० असार २०७७, मंगलवार
३० असार २०७७, मंगलवार

शब्द पढ्ने र बोध गर्ने बालबालिकाको पठन क्षमता बढाउन प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजिआरपी)लाई परियोजनाभन्दा सरकारकै राष्ट्रिय कार्यक्रमको नियन्त्रण रहनेगरी सञ्चालन गर्न विज्ञहरुले सुझाब दिएका छन् । यसलाई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी)भित्र समावेश गर्यो भने मात्र सिकाइ उपलब्धिले गति लिने उनीहरुको धारणा छ । 

शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘प्रारम्भिक कक्षा पढाइः लगानी र उपलब्धि’ विषयक भर्चुअल संवाद कार्यक्रम शिक्षाबारमा शिक्षाविद् डा. विष्णु कार्कीले भने, ‘परियोजनालाई लामो अवधिमा नलगी राष्ट्रिय प्रणालीमा लैजानु पर्थ्यो । एकपछि अर्काे प्रोजेक्ट आइदियो ।’ उनले भने, प्रोजेक्ट सानो स्केलमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम आइदिएको भए उपलब्धि पनि अहिलेको भन्दा बढी आउँने थियो । ‘प्रोजेक्टले नियन्त्रणमुखी वातावरण बनाउँछ । यसले उपलब्धिमा असर पार्छ,’ डा. कार्कीको भनाइ छ, ‘शुरुमै प्रोजेक्ट कार्यान्वयन थालिएकाले राष्ट्रिय कार्यक्रमले एउटा र इजिआरपी प्रोजेक्टले अर्काे इन्ट्रेस्ट बोकेर गएको देखियो ।’ डा. कार्कीले मातृभाषामा भन्दा पनि नेपालीमा शुरुदेखि नै गरेको भए मैथिली, भोजपुरीलगायतमा सजिलो पथ्र्याे भने । प्रारम्भिक कक्षा पढाइमा अझैपनि नेपाल शुरुकै चरणमा रहेको अझ १५ वर्ष यो आवश्यक रहेको उनको भनाइ छ ।

अमेरिकी सहयोग नियोग युएसआइडीको आर्थिक सहयोगमा नेपाल सरकारकै रेखदेखमा सन् २०१५–२०२० सम्म देशभर १६ जिल्लामा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अर्थात् ‘इजिआरपी’ परियोजनाको अवधि सकिएको छ । पहिलो र दोस्रो चरणगरी यही जुलाईभित्र सकिने यस परियोजनाका लागि ६३.८ मिलियन अमेरिकी डलर छुट्याइएको थियो । तर, परियोजना सम्पन्न हुने चरणमा आइपुग्दा प्रतिफल भने उत्साहजनक नभएको डा. कार्कीले बताए ।

इजिआरपी युएसआइडीका कार्यक्रम निर्देशक नारायणकृष्ण श्रेष्ठले परियोजनाले नै मोडल बनाउने हो भन्दै प्रोजेक्ट परीक्षणबाट इजिआरपी राष्ट्रिय आवश्यकताको कार्यक्रम भएको बताए । उनले सरकारले मात्र पूर्ण रुपमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम गर्न आर्थिक तथा प्राविधिक हिसाबले भार पर्ने भन्दै सघन कार्यक्रम गरेर नतिजा ल्याउन आफूहरु सक्रिय रहेको प्रष्ट्याए ।

श्रेष्ठका अनुसार कार्यक्रम लागू भएका र नभएका जिल्लाबीचको तुलना गर्दै २० जिल्लामा अध्ययन गरिएको थियो । परियोजना सञ्चालित स्थानमा एक शब्द मात्र पढ्न सक्ने मातृभाषा नेपाली भएका विद्यार्थीको प्रतिशत ५२ बाट बढेर ६६ प्रतिशत पुगेको थियो । यस्तै, एक शब्द मात्र पढ्न सक्ने नेपाली मातृभाषा नभएका विद्यार्थी ३० प्रतिशत थिए । त्यो बढेर ४३ प्रतिशतमा पुग्यो । इजिआरपीमा १ देखि ३ कक्षाका विद्यार्थीको पठनप्रवाह प्रतिमिनेट ४५ शब्द शुद्धसँग पढ्न र ८० प्रतिशत बुझ्न सक्ने बनाउने लक्ष्य लिइएको छ । नेपाली पहिलो भाषा हुने विद्यार्थीमा कक्षा १ मा ५.४, दुईमा ८.७ र तीनमा १२.८ पुगेको देखिन्छ । यस्तै, नेपाली पहिलो भाषा नहुने विद्यार्थीको भने प्रतिमिनेट शुद्ध पढ्नसक्ने पठनप्रवाह कक्षा १ मा १.२, दुईमा १.४ र तीनमा ४.५ मात्र रहेको नतिजा छ ।
इजिआरपीमाथि सन् २०१८ मा गरिएको मध्यवधि मूल्याङ्कनअनुसार नेपाली मातृभाषी विद्यार्थीको ११ प्रतिशतबाट बढेर २६ प्रतिशत पुगेको नतिजा छ । यस्तै, नेपाली मातृभाषा नभएका विद्यार्थी २ प्रतिशतले फर्रर नेपाली पढ्थे । परियोजना अवधिमा १ प्रतिशत मात्र बढेर ३ मा पुगेको देखिन्छ । पठन सामग्रीका हकमा भने ९१ प्रतिशत कक्षामा कार्यपुस्तक रहेको दाबी गरिएको छ । ९६ प्रतिशत शिक्षकले शिक्षक निर्देशिका प्रयोग गर्ने गरेका छन् । ९६ प्रतिशत नै शिक्षकले ‘वर्क बुक’ र ८४ प्रतिशतले ‘डिकोडेबल बुक्स’ र पिन ह्विल चार्ट प्रयोग गर्ने गरेको पाइएको छ ।

श्रेष्ठका अनुसार बालबालिकाको स्तरअनुसार एक सय ७७ थरीका सिकाइ सामग्री बनेका, ७७ लाख सन्दर्भ–सामग्री छापिएका र ५ हजारभन्दा बढी विद्यालयमा पुर्याइएका छन् भने ११ थरीका शिक्षक शिक्षण सामग्री बनाइएका छन् ।

प्रारम्भिक कक्षा पढाइ हेरिरहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव युवराज पौडेलले भने यतिको नतिजा आउनुलाई पनि सकारात्मक रुपमा लिनुपर्ने बताए । ‘पढाइमा शून्य अवस्थामा रहेका बालबालिकाले कार्यक्रमपश्चात् सुधार गर्न सकेका छन्,’ उनले भने । उनले अब न्यूनतम सिकाइ प्याकेजसहित अबको दुई वर्षका लागि ३८ जिल्लामा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बिस्तार गरिएको जानकारी दिए ।

परियोजनालाई संक्रमणकालीन रुपमा सम्पन्न गर्नका लागि दुई वर्ष थप्न सरकार र दातृ समुदाय निर्णयमा पुगिसकेका छन् । शिक्षण सामग्रीयुक्त शिक्षक, सिकाइ तथा घरमा पढ्ने वातावरण, शैक्षिक सामग्रीको उपलब्धता र अभिभावकले छोराछोरीका पढाइका लागि दिने समयलाई आधार मानी इजिआरपी सञ्चालन गर्न लागिएको हो । इजिआरपीसम्बन्धी दस्तावेज लेखनमै संलग्न डा. कार्कीको टिप्पणी छ, ‘यहाँसम्म त ठिकै छ । मैलेचाहिँ पाँच वर्ष थपौं र नौवटा कम्पोनेन्टमा तलका कक्षाको पढाइ सुधारौं भनेको हुँ ।’ उनले अब उप्रान्त जिल्ला थप्नेभन्दा स्थानीय तहकै लागि इजिआरपी बन्नुपर्नेमा जोड दिए । 

शिक्षा पत्रकार समूहका अध्यक्ष तुला अधिकारीले शिक्षामा जवाफदेहीबीच छलफल गराएर प्रारम्भिक कक्षा पढाइमा एक किसिमको ‘सोसल अडिट’ गर्न खोजिएको बताए । संवादमा बालमनोविज्ञ डा. मीनाक्षी दाहाल, इक्वेल एक्सेसका उपेन्द्र अर्याल, पूर्व शिक्षक किरण आचार्यलगायतले बोलेका थिए ।

समूहको यो अठारौं भर्र्चुअल संवाद श्रृंखला हो । संवादमा इजिआरपीमा क्रियासील अभियन्ता, शिक्षक, गैरसरकारी संस्थाका प्रतिनिधिहरु तथा पत्रकारसहित तीन दर्जन सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?