ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

पिडितलाई रकम दिएर मुद्दा मिलाउने चलखेल

२८ असार २०७७, आईतवार
२८ असार २०७७, आईतवार

ज्यान मार्ने उद्योगको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परि प्रहरी अनुसन्धानमा रहेका एक व्यक्तिकै परिवारले घाईते भएका पिडितलाई रकम दिई मुद्दा मिलाउन खोजेको भेटिएको छ । प्रहरी अनुसन्धान पुरा भई सरकारी वकिल कार्यालय पुगेको ज्यान मार्ने उद्योगको मुद्दाका पिडित पक्षलाई रकम दिई मुद्दा मिलाउने प्रयत्न गरिएको हो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहेका प्रकाश गैरे भन्ने रुद्र बाहादुर गैरेले छोरा धिरज गैरेलाई अभियोगबाट उन्मुक्ति दिलाउन घाईते परिवारलाई ८० हजार रुपैया दिएको खुल्न आएको छ । काँगेसबाट वडा अध्यक्ष जितेका गैरेको छोरा माथी आरोप रहेको मुद्दामा केहि जिल्लास्तरका नेताको अगुवाई गरि मिलाउन पहल भएको श्रोतको दावी छ । उपचार खर्चका नाममा रकम लिई अदालतमा प्रहरीमा दिएको भन्दा बिपरित बयान दिने शर्तमा पिडित परिवारलाई आरोपी धिरजकाका बाबु प्रकाशले सहमतीपत्र बनाई रकम बुझाएको श्रोत बताउछ ।

बुटवल टुडेले प्राप्त गरेको रकम बुझिएको सहमती पत्रमा कपिलवस्तु जिल्ला बुद्धभुमी नगरपालिका ६ लक्ष्मणपुर बस्ने ढाडु अहिरको छोरा राम प्रसाद अहिर र बुधई अहिरलाई धिरज गैरे सँग झगडा हुदाँ घाउचोट पुर्याएको आरोप लागेकाले औषधी उपचार खर्च बापत धिरजका बाबु प्रकाश गैरे हस्ते नगद ८० हजार बुझि निज धिरज उपर कुनै कानुनी कारवाही नगर्ने लिखित सहमती रहेको छ ।

सो २०७७ असार २३ गते गरिएको सहमतीमा स्थानिय अब्दुल कलाम मनिहार, अहमद हुसेन मुसलमान, चिन्नीलाल थारु, सक्टु यादव र बरकत अली मनिहार साक्षी छन । त्यसै गरि रकम बुझाउनेमा प्रकाश गैरे छन भने रकम बुझनेमा ज्यान मार्ने उद्योगको प्रहरीमा जाहेरी दिएका घाईतेका दाजु फागु अहिर र घटनामा घाईते भएकाहरु राम प्रसाद अहिर र बुधई अहिर छन ।

दुई निर्दोष नागरिकलाई गम्भिर घाईते हुने गरि कुटपिट गरेको बिषयको समाचार सम्प्रेषण गरेको भन्दै बुटवल टुडे संबाददाता खग प्रसाद चापागाई र जिल्लाका दुई अनलाईन बिरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी गरेका गैरेले आफैले घटना मिलाउन रकम बुझाएका हुन । काउन्सिलमा दिईएको उजुरीमा उजुरीकर्ता प्रकाश गैरेले समाचार र सामाजिक सञ्जालमा बिना कसुर आफ्नो मानहानी गरेको, घटनामा आफनो कुनै पनि संलग्नता नरहेको भए पनि वडा अध्यक्षको छोरा भनि नाम जोडेर मानहानी गरेकाले दोषी उपर कारवाही र आफुलाई न्याय तथा उचित क्षतिपुर्तिको माग दावी गरेका थिए । आफनो कुनै संलग्नता नरहेको भन्दै सञ्चारकर्मी बिरुद्ध उजुरी गरेका गैरेले मुद्दा अनुसन्धान पुरा भई अदालतमै नपुग्दै मुद्दा प्रभावित पार्न रकम बुझाएको सहमतीपत्रले प्रष्टिएको छ ।

यस अघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा घाईते राम प्रसाद र बुधईका दाजु फागु अहिरले दिएको ज्यान मार्ने उद्योगको मुद्दा २०७७ असार ७ गते दर्ता भएको छ । जाहेरीमा कपिलवस्तु नगरपालिका ३ का प्रकाश गैरेका छोरा धिरज गैरे र सोही स्थानका अनिल धोबीले २०७७ असार ४ गते कपिलवस्तु नगरपालिका ३ तौलिहवा सिकोटवा सडकखण्डमा दुबै घाईतेलाई ज्यान मार्ने उदेश्यले रड प्रहार गरि गम्भिर घाईते बनाएको उल्लेख छ । सो सगै जाहेरीमा ज्यान मार्ने उदेश्यले कुटपिट गरिए पछि नगद ३ लाख र १ थान मोबाईल समेत खोसेर लगेको उल्लेख छ । आरोपी दुबैलाई प्रहरीले कपिलवस्तु अदालतबाट म्याद थप गरि थुनामा राखेर अनुसन्धान गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका धिरजका बाबु प्रकाश गैरे सँग रकम लिई सहमती गर्न स्थानिय जनप्रतिनिधी सहितका केहि सामाजिक अगुवाले दबाव दिए पछि आफुले रकम बुझेको घाईते भएका पिडित परिवारले बुटवल टुडेकर्मी सँग स्विकार गरेका छन । प्रहरी अनुसन्धानमा रहेको सरकारबादी फौजदारी मुद्दामा आरोपीका परिवारले जाहेरवाला पक्षलाई बिचमा लेनदेन गरेर मुद्दा फितलो बनाउन नमिल्ने कानुन व्यवसायीहरु बताउछन । “प्रहरीले अनुसन्धान पुरा गरि अदालत पठाउन थालेको मुद्दालाई लेनदेन गरेर प्रभावित पार्ने कार्य गलत हो, यस्ता कार्य गर्नु गराउन हुदैन ।” ति कानुन व्यवसायीले भने । यता प्रहरीले भने घटनाको जाहेरीका आधारमा सत्यतथ्य अनुसन्धान गरि अगाडी बढेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । “कसैले बिचमा मिलेमतो गरेका कागजात प्रहरी अनुसन्धानमा समेटिने कुरै छैन । प्रहरीले सत्य तथ्य आधारमा अनुसन्धान सम्पन्न गरेको छ । सोही आधारमा मुद्दा अगाडी बढ्छ ।” उपरिक्षक अधिकारीले भने ।

रकम बुझाईएको सहमती पत्रबारे वडा अध्यक्ष प्रकाश गैरेले पिडितलाई पैसा नदिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?