ट्रेंडिंग:

>> शुद्धोधनमा लायन्स हार्टको आयोजनामा बृहत मेगा स्वास्थ्य शिविर >> हिउँदे वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह >> पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने >> जब भारतीय मन्त्रीले बस पल्टेको देखे….. >> आयोगले आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने >> भुटानी नरेश स्वदेश फिर्ता >> ब्राजिलियन मोडलले फेरि कुमारी बन्न १६ लाख खर्च गर्ने >> मेक्सिकोमा बिषाक्त झोलाका कारण १३ बालबालिकाको मृत्यु >> सर्वोच्च अदालतले ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य >> नेपाल संस्कृत विश्वविद्यालय उपकुलपतिका लागि १३ जनाको आवेदन >> पत्रकार महासंघमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता >> लुम्बिनी लायन्सले १७१ रनको लक्ष्य तय गर्दै पोखरा एभेन्जर्ससँग भिड्दै >> छत्रेश्वरीबारे थेसिस गर्ने विद्यार्थीलाई २५ हजार सहयोग >> नर्वेले अफगानिस्तानसँग सम्बन्ध घटायो, राजदूतलाई मान्यता नदिने निर्णय >> पाल्पामा दोस्रो सुन्तला महोत्सव, दुई पालिकाले स्थानीय बिदा घोषणा >> सुनको मूल्यमा सामान्य गिरावट >> पुष्पा २ ले गर्यो भारतीय बक्स अफिसमा ऐतिहासिक ओपनिङ  >> पत्रकार महासंघको महाधिवेशनमा उम्मेदवार मनोनयन प्रक्रिया शुरु >> कर्णाली याक्सले ६ विकेटले चितवनलाई पराजित >> भुटानका राजाले गरे स्वयम्भूमा पूजापाठ (तस्वीरहरू) >> धनुषामा महिलाको विभत्स हत्या, टाउको नहरमा भेटियो >> नेपाल प्रहरीमा १ हजार २०० भन्दा बढी पदका लागि भर्ना खुला >> सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गर्यो >> भुटानी राजा जिग्मे वाङचुकको नेपाल भ्रमण >> एउटा यस्तो देश, जहाँ पाइन्छ भाडामा ‘ब्वाय फ्रेन्ड’ >> चीनका बिधालय र विश्रविधालयमा अब ‘लभ र रोमान्स पढाइने, कारण जान्नुहोस् >> अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु >> बैंक अफ द ईयर २०२४ को अवार्ड सिटिजन्स बैंकलाई >> समय घर्केपछिको औचित्यहीन चिन्ता >> पशु किसानको दैलोमा डोर टु डोर कार्यक्रम >> वाईडबडी भ्रष्टाचारमा विशेष अदालतले अख्तियारलाई भन्योः प्रमुख योजनाकार दीपक शर्मामाथि थप अनुसन्धान गर्नू >> जीतगढीमा मगर साहित्य महोत्सव >> नदि नतर्ने पुल >> विपिन जोशी जीवितै रहेको र छिटै काठमाण्डौ फर्किने इजरायली राजदूतको भनाइ >> आज विवाह पञ्चमी: जनकपुरमा राम र सीताको विवाह उत्सव >> वाइडबडी भ्रष्टाचारमा पूर्वसचिव अधिकारी र सुगतरत्न कंसाकारसहित चारजना नेपाली दोषी ठहर >> शान्ति नमुनामा बृहद् पुनर्मिलन कार्यक्रमको तयारी तीव्र >> अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम आयोजना >> प्राधिकरण बिल देओस्, उद्योगी महसुल तिरुन् >> तिलोत्तमामा वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम >> भोलिदेखि बुटवलमा प्रथम मगर साहित्य महोत्सव >> बढे सम्बन्ध विच्छेदका मुद्दा >> साउदीअरबले काटयो पुष्पाः२ को १९ मिनेटको सिन >> सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, भोलीका पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै >> कोरियाली राष्ट्रपति बिरूद्दको महाअभियोगमा सत्तारूढ ५ सांसदले मतदान गर्ने संकेत >> नेप्सेमा आज दोहोरो अंकको गिरावट, ८ अर्ब ३६ करोड बढीको कारोबार >> चीनमा ऋणसम्बन्धी कुनै कुरा भएन : प्रधानमन्त्री >> आश्रम बनाउन भोलीदेखि सुर्खेतमा महायज्ञ >> त्रिविले मङ्सिर २७ गते नीति अधिवेशन बोलायो >> रोटरी डाउनटाउनको लैगिक हिसा विरुद्ध अभिमुखिकरण

मेयरको निर्वाचनमा बोलेअनुसार काम गरेको दाबी, जनताले के भन्छन कुन्नी ?

२५ असार २०७७, बिहीबार
२५ असार २०७७, बिहीबार

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धता अनुसार काम गरेको दावि गरेका छन् । तिन वर्ष पुरा गरेको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले विहिवार तुलसीपुरमा गौरव पुर्ण तिन वर्ष र आगामी गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचनको समयमा आफुहरुले गरेको प्रतिवद्धता अनुसार काम गदै आएको बताएका हुन् ।
मेयर पाण्डेले “खुसी जनता – समृद्ध तुलसीपुर” “हाम्रो तुलसीपुर – राम्रो तुलसीपुर” को अभियानमा रहेको बताएका छन् । उनले उपमहानगरपालिकालाई देशकै नमूना स्थानीय सरकारको रुपमा स्थापित गर्ने दुरदृष्टिका साथ आफुहरुले काम गरिरहेको बताएका छन् । आफुहरुले जिम्मेवारी सम्हाले देखी मुलुकले अनुसरण गर्ने खालका केहि नयाँ योजना र कार्यक्रमहरु अगाडी बढाएको उनले दावि गरे । कोभिड १९ को संक्रमणका क्रममा संक्रमितको संख्या वढ्न नदिन र कोहि भोक भोक बस्न नपरोस् भनेर विभिन्न योजनाहरु अगाडि बढाएको उनले बताएका छन् । एकाएक विश्वलाई नै समस्यामा पार्ने गरी आएको कोभिड १९ को महामारीलाई नियन्त्रण तथा व्यवस्थापनमा सिमित स्रोत र साधनका बाबजुद पनि आइसोलेसन, क्वारेन्टाइन निर्माण र अलपत्र अवस्थामा देश तथा विदेशमा रहेका नागरीकहरुलाई घरसम्म ल्याउनुका साथै रोजगारी गुमेर घरको चुलो नबल्नेहरुको चुलो बाल्नमा सफल भएको उनको दावी छ ।

निर्वाचनको समयमा नागरिकसंग प्रतिबद्धता गरे अनुसार नै तुलसीपुर तरकारी तथा फलफुल कृषि उपज बजार केन्द्र, तुलसीपुर आधुनिक बसपार्क, नमुना अटो भिलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय, मेट्रो कलेज, लगायतका वृहत योजनाहरु सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको, तुलसीपुरको पहिचानका रुपमा तुलसी टे«ड टावरको डिपिआर समेत भएर नगर विकास कोषबाट ऋण स्वीकृत हुने चरणमा रहेको, जनतासँग तुलसीपुर भन्ने अवधारणाका आधारमा हामीले तुलसीपुर विकास प्राधिकरण स्थापना गरेर तुलसीपुरको सडक विकास पूर्वाधारलाई यो आर्थिक वर्षबाट अगाडी बढाएको, चालु आर्थिक वर्षमै ६० किलोमिटरको लक्ष्य लिईएकोमा प्राधिकरणले करिब ८० किलोमिटर सडक कालोपत्रेको आधार बनाएको, मेसनरी समान खरिद गरेको उनले बताए । उपमहानगरपालिकालाई खरको छानोमुक्त नगर बनाउने अभियान अन्तर्गत सुरक्षित मेयर आवास तथा जनता आवास कार्यक्रम मार्फत हालसम्म करिब ८ सय घर खरको छानोमुक्त भइसकेको उनले जानकारी दिएका छन् । अन्य ७ सय ५० घरका लागि टेण्डर प्रक्रिया भइ जस्तापाता खरिद भइसकेको लगाएतका थुप्रै उपलब्धीमुलुक कामहरुको बारेमा जानकारी दिईएको छ ।

त्यस्तै मेयर पाण्डेले तुलसीपुरलाई आगामी बर्षदेखी पेपरलेस उपमहानगरवनाउनाकोलागी तयारी पुरा भएको जानकारी दिएका छन् ।

उपमहानगरका मेयरले यस्तो दाबी गरेपनि जनताले भने उपमहानगरको कामलाई कसरी हेरेका छन्, यो भने सुन्न बाँकी नै छ ।

उनका अनुसार नयाँ आर्थिक बर्षको सुरुवातदेखी नै उपमहानगरपालिकामा हुने वित्तिय कारोवार बैङ्क मार्फत गराउने तयारी भएको छ । त्यसका लागी उपमहानगरपालिकामै बैङ्कको काउन्टर स्थापना हुने उनेले बताए । २०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिधिहरुले असार २५ गते जिम्मेवारी सम्हालेका थिए । पाँच वर्षको लागी निर्वाचित जनप्रतिनिधिहरुको अझै दुई वर्ष बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?