ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

‘प्राविधिक शिक्षा जनतासँग जोडिनुपर्छ’

२० असार २०७७, शनिबार
२० असार २०७७, शनिबार

हाम्रै मौलिक परम्परागत सीपलाई आधुनिकीकरण गर्दै व्यवसायीकरण र बजारीकरण गरेमात्रै व्यवसायिक शिक्षामा पहुँच र सहभागिता बढाउन सकिने सरोकारवालाहरुले बताएका छन् । आयातितभन्दा पनि मुलुकको धरातल, परम्परा र आवश्यकताअनुरुपको सीपको संरक्षण, प्रबद्र्धन साथै आधुनिकीकरण गर्दै उत्पादन एवं बजारसँग जोड्नुपर्नेमा उनीहरुको जोड थियो ।

शनिबार आयोजित ‘व्यवसायिक शिक्षामा पहुँच र सहभागिता’ विषयक भर्चुअल छलफलमा बोल्दै सरोकारवालाहरुले प्राविधिक तथा व्यवसायिक शिक्षालाई मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाले संस्थागत ढङ्गमा मात्रै अगाडि बढ्दा प्राविधिक तथा व्यवसायिक शिक्षा महङ्गो हुने भएकाले परम्परागत सीपको आधुनिकीकरण गर्दै सर्बसुलभ बनाउनतिर लाग्नुपर्ने बताए । प्राविधिक शिक्षालय मात्रै खोल्दै जाँदा त्यो सीमित वर्गका लागि मात्रै हुने भएकाले सबैका लागि बनाउन जनतासँग जोडिनुपर्ने लोक सीपलाई आधुनिकीकरण गर्दै जानुपर्ने डा. कोइरालाको भनाइ थियो ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनले पनि परम्परागत सीपलाई आधुनिकिकरण गरेर बजारमा लग्ने नीतिगत व्यवस्था गर्न सुझाब दिएको डा. कोइरालाले स्मरण गराए । प्राविधिक शिक्षालाई मूलधारमा लैजानका लागि परम्परा र जातिगत सीप सिकेकाहरुलाई प्रमाणीकरण गरिदिएर जाने नीति लिनुपर्ने उनको भनाइ थियो ।

स्थानीय तहहरुमा प्राविधिक शिक्षाको बिस्तारसँगै त्यसलाई ‘जनताको कार्यशाला’सँग जोड्नुपर्ने सुझाब दिँदै डा. कोइरालाले भने– ‘अब हरेक ठाउँमा कार्यशाला बनाएर सम्भव हुँदैन त्यही भएको सुनको काम गर्ने, आरन, सिकर्मी र डकर्मी, डोको नाम्लो बनाउने स्थल, खेतबारीलाई नै कार्यशालाको रुपमा जोड्दै जानु पर्छ ।’ राष्ट्रले परम्परागत सीप र प्रविधिलाई प्याटेन्ट राइट्स (प्रतिलिपि अधिकार) लिन पहल गर्नुपर्ने उनको सुझाब छ । सरकारले निःशुल्क शिक्षा भन्न पनि नछाड्ने, गर्नपनि नसक्ने भन्दै डा. कोइरालाले अब सक्नेसँग शुल्क लिने नसक्नेलाई निःशुल्क गर्ने मोडलमा जान सुझाव दिए ।

अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले प्राविधिक शिक्षाका सम्बन्धमा आवश्यकताको पहिचान र प्राथमिकीकरण हुन नसकेको बताए । उनले वर्गीय अवस्था, भूगोललाई पनि आधार मानेर आवासीय छात्रवृत्तिसम्मको व्यवस्था गरेमात्रै यसको विकास र बिस्तार भई शिक्षाको मूलधार बन्न सक्छ भने ।

तामाङले भौगोलिक विविधता र जटिलताहरुलाई सम्बोधन गर्नेगरी प्राविधिक तथा व्यवसायिक शिक्षाको व्यवस्थापन तथा विद्यार्थीको पहुँच सुनिश्चित गरिनुपर्ने बताए । निजी विद्यालयमा जाने बाध्यतालाई कम गर्नका लागि सरकारको लगानीमा प्रत्येक निर्वाचन क्षेत्रमा बहुप्राविधिक वा प्रत्येक जिल्लामा प्राविधिक÷बहुप्राविधिक विद्यालय सञ्चालन गरेर सुलभ शुल्क लिने र राम्रो फ्याकल्टी, पाठ्यक्रम, मल्टिमिडिया टेक्नोलोजीको वातावरण बनाउनेबित्तिकै गुणस्तरमा पनि व्यवस्थापन गर्न सकिने उनको सुझाब थियो । उत्पादित जनशक्तिको बजारीकरणको लागि पनि राज्यले पहल लिनुपर्ने तामाङको भनाइ थियो ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पहिले आवश्यकता के हो त्यसको नक्साङ्कन गरी विद्यार्थीको रुचि, पहुँच, सक्षमताका आधारमा मात्रै प्राविधिक शिक्षाको बिस्तार र विकास गरिनुपर्ने धारणा राखे । प्राविधिक धार भनेर द्वैध नीति आउन भएन भन्दै भण्डारीले सिटिइभिटिको सुदृढिकरण गर्दै लगानी वृद्धि, जनशक्ति प्रक्षेपण, भावी आवश्यकताको निक्र्योल गरी प्राविधिक तथा व्यवसायिक शिक्षाको एकीकृत नीति तथा योजना आउनुपर्ने बताए ।
आय–आर्जन र उत्पादनको वृद्धि ज्ञानमूलक, सीपमूलक, चेतनामूलक र वैज्ञानिक ढङ्गले अगाडि बढाउनका लागि योजनाबद्ध कार्यक्रम बनाउनुपर्ने र त्यसको कार्यान्वयन सिटिइभिटिलाई दिएर जाने व्यवस्था हुनुपर्ने उनको भनाई थियो । समाजमा श्रमको सम्मान गर्ने भावना विकास गर्नुपर्ने भन्दै उनले सीपलाई ‘ग्ल्यामर्स’सँग जोडेर आकर्षण पैदा गर्नुपर्ने बताउनुभयो । ‘सूचीकार नभनेर ड्रेस डिजाइनर भन्दा आकर्षण हुँदो रहेछ,’ उनले भने ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि)का निर्देशक महेश भट्टराईका अनुसार प्रत्येक स्थानीय तहका प्राविधिक तथा व्यवसायिक शिक्षा पु¥याउने सरकारको नीतिअनुरुप हाल ६०७ स्थानीय तहमा यसको पहुँच पुगेको अवस्था छ । सिटिइभिटिले डिप्लोमा र प्राविधिक एसइइ गरी २ हजार ३ सय २२ कार्यक्रममार्फत् ९४ हजार बढी विद्यार्थीलाई भर्ना गरेर पढाउन सक्ने क्षमता बिस्तार गरेको छ । सिटिइभिटिले १५ करोड रुपैयाँबराबर करिव १५ सय विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गराउँदै आएको छ । १ अर्ब १५ करोड खर्च हुनेगरी ४८ हजार २ सय ४० जनालाई सीप विकाससम्बन्धी तालिम दिने गरेको छ । कर्मचारीको क्षमता विकास कार्यक्रमका लागि ६ करोड खर्च गरेको देखिन्छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका लागि सिटिइभिटिले प्रदेश, केन्द्र सबै गरेर करिव ६ अर्ब ८ करोड खर्च गरेको छ ।

सिटिइभिटिका निर्देशक भट्टराईले प्राविधिक शिक्षा मूलधारमा नआएकैले यसमा बजेट कम भएको र शिक्षकको व्यवस्थापनलगायतमा समस्या आएको प्रष्ट्याए । अहिले सिटिइभिटि र साविक शिक्षा विभागमार्फत् सञ्चालन भइरहेको प्राविधिक शिक्षाले व्यवस्थापकीय अन्योल सिर्जना गरिदिएकाले पहिले व्यवस्थापनको पाटो स्पष्ट हुन जरुरी रहेको उहाँको भनाइ छ । व्यवस्थापनमा भएको गडबढीले नै विभिन्न समस्या देखापरेको उनले बताए ।
निर्देशक भट्टराईले भने, प्राविधिक शिक्षाको बिस्तार भनेको प्रत्येक स्थानीय तहमा शिक्षालयहरु खुल्नु मात्रै नभई जे काम भइरहेको छ, त्यहाँको परम्परागत सीपको मूल प्रवाहीकरण, व्यवसायीकरण र आधुनिकीकरण गर्नु हो । त्यसो गर्दा कार्यस्थलको तालिम हुने, उत्पादन र सिधै रोजगारीसँग जोडिने उहाँको भनाइ थियो । आजको शिक्षा साप्ताहिकले सिटिइभिटिसँगको सहकार्यमा शनिबार आयोजना गरेको तेस्रो भर्चुअल संवाद श्रृंखलामा प्राविधिक शिक्षालयका सञ्चालक, शिक्षक, विद्यार्थी, अभिभावक, सम्बद्ध कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission