ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

थवाङमा ‘कट्वाल संस्कृति’

१२ असार २०७७, शुक्रबार
१२ असार २०७७, शुक्रबार

हरेक वर्ष भुम्या पुजाको भोलीपल्ट असार २ गते थवाङीहरु कट्वाल फेर्छन । यो निकै पुरानो परम्परा भएपनि कहिलेदेखि यसको सुरुआत भयो भन्ने लिखत छैन । पञ्चायत कालदेखि यो चलनलाई अझै व्यवस्थीत गरिएको मानिन्छ । समयक्रम, प्रविधि र आधुनिकताले नेपालका कैयौं मौलिक परम्परा लोप हुदै गएपनि थवाङले भने यस्ता धेरै मौलिक परम्परा जोगाई राखेको छ । त्यसैले थवाङीहरु आफ्नो गाउँलाई सांस्कृतिक गाउँ भनेर चिनाउने गर्छन ।

सूचनाको भरपर्दो माध्यम मानिन्थ्यो हाँक हाल्ने । वस्तीको अग्लो डाँडामा गएर हाँक हालेपछि सवैका कान ठाडा । सार्वजनिक महत्वको विषयवारे ध्यानाकर्षण गराउदा दमाहा वजाएर सन्देश प्रवाह गर्ने चलन । सूचना प्रविधिमा आएको क्रान्तिले विश्व औलामा कैंद भएको छ । हात हातमा मोवाईल अनि घर घरमा ईन्टरनेटको सुविधा पुगिसकेको छ । हुलाक, आकाशवाणी पुरानो प्रविधि भईसकेका छन । तर रोल्पाको थवाङमा भने अझै कट्वाल प्रथा जीवितै छ । कट्वालले हाँक नहालेर फैलिएका सुचनामाथि थवाङीहरु हत्पत विश्वास गर्दैनन् ।

कट्वाल फेर्ने थवाङीहरुको महत्वपूर्ण पर्व वनेको छ । वर्षभरि जनताको सुचक भएर काम गरेको कट्वाललाई विदाई गरेर नयाँ कट्वाललाई जिम्मेवारी दिने भएकाले हरेक वर्ष आषाढ २ गतेलाई उनीहरु कट्वाल फेर्ने पर्वको रुपमा मनाउछन । आषाढ १ गते वाट सुरु हुने भुम्या नाच ५ गतेसम्म नाचिन्छ । भूम्या सुरुभएको दोश्रो दिन कट्वाल फेर्ने दिन । कट्वाल फेर्ने दिनको रुपमा उनीहरु दोश्रो दिन विताउछन ।

दलित समुदायवाट कट्वाल छान्ने चलन छ । भाई ÷भाईको हाँगाको पालो हुने गर्दछ । सकेसम्म दोहो¥याउने चलन नभएपनि कहिलेकाही विशेष परिस्थिति सिर्जना भयो भने दोहोरिन पनि सक्छन् स्थानीय दलसुर रोकाले भने । हरेक वर्ष २ जनालाई जिम्मेवारी दिने चलन छ ।

कट्वालले चोरेर लिएको वोका भुम्या पुजामा चढाउने चलन थियो । यसरी वोका चोरी गर्दा दण्ड हुदैनथ्यो । बोका चोर्न सफल हुने कट्वालको वर्षभरिको कार्यसम्पादन राम्रो मानिन्थ्यो । बोका वनमा चर्न गएको वा घरमै बाँधिएको भएपनि कट्वालहरुले चोर्ने चलनले पनि भुम्या पुजासंग कट्वाल फेर्ने परम्पराको संवन्ध रहेको मानिन्छ मगर संस्कृति संरक्षणका अभियान्ता रोकाले भने । अचेल यो परम्परा हराउदै गएको छ । चोर्नुको साटो कट्वालहरु बोका किन्न जाने चलन छ । कट्वाललाई गाउँलेहरुले पनि अरुलाई भन्दा सस्तोमा वोका विक्री गर्ने चलन वस्दै आएको रोकाको भनाई छ ।

सेतो पगरी गुथाएर वाजा गाजा सहित नयाँ र पुरानो कट्वालको विदाई र स्वागत गरिन्छ । नयाँ कट्वालले पुराना कट्वाललाई काँधमा वोकेर घरसम्म लैजान्छन । पंचेवाजा सहित स्थानीयहरुहरु यो कार्यक्रममा सरिक हुने चलन छ । नयाँ कट्वालले भाले काटेर सवैलाई खुवाउने चलन छ । भालेको मासु खाएर फेरी उनीहरु भुम्या नाच्न फर्कने गर्छन ।

केही समय पुरानो कट्वालले नयाँ कट्वाललाई हाँक हाल्न सिकाउने गर्दछन । नयाँले पुरानावाटै कट्वालले गर्नुपर्ने सवै सीप सिकेपछि वल्ल उसलाई परिपक्व मानिन्छ । नयाँ परिपक्व नभएसम्म सहयोग गर्ने पुरानाको जिम्मेवारी हुन्छ ।

कट्वाललाई हिउदे र वर्षे गरि २ वाली दिने चलन अद्यावधिक छ । यो निकै पुरानो चलन हो । मुद्राको प्रचलन नभएको वेला गरिने वस्तु विनिमय अझै कायम छ थवाङमा । हिउदमा गहँु वा जौ र वर्षामा मकै प्रत्येक घरवाट १\१ पाथीका दरले कट्वाल आफै उठाउदै हिड्छन । त्यस्तो समयमा मनहुनेहरुले आलु, नगदका साथै अन्य थप वस्तु पनि दिने चलन वढ्दै गएको छ । शहरीकरणले थवाङलाई पनि विस्तारै छोप्दै लान थालेसंगै होटल तथा पसल गर्नेहरुले अन्नको सट्टा नगद दिन थालेका छन ।

यस वर्ष कोरोनाका कारण कट्वाल फेर्ने चलनलाई पनि असर गर्यो । असार १ गते स्वतःस्फुर्त रुपमा स्थानीयहरु भुम्या पुजा गर्दै भुम्या नाचे पनि आषाढ २ गते पर्ने कट्वाल फेर्न भने सकेनन । अघिल्लो वर्ष छानिएका गुमे विक र टुल्के विकले नै यस वर्ष लागि पनि निरन्तरता पाउने भएका छन स्थानीय दलसुर रोकाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?