ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

तिनाउको समृद्धि आधारः कृषि र पशुपालन

८ असार २०७७, सोमबार
८ असार २०७७, सोमबार

पाल्पाको तिनाउ गाउँपालिकाले कृषि र पशुपालनलाई समृद्धिको आधारको रुपमा अगाडी सारेको छ ।

आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले यस्तो बताएका हुन् ।
नीति कार्यक्रममा कृषि, पशुपालन तथा सिञ्चाईलाई तिनाउको आर्थिक सम्वृद्धिको पहिलो आधार मानिएको छ । ओखलढुङ्गा, कुडापानी, दोभान, झुम्सा, लग्दुवा, सत्यवती, कोलडाँडा र मस्याम लगायत क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गरिने उल्लेख छ ।

ओखलढुङ्गामा अमृसो, माहुरी पालन र बाख्रा पालन पकेट क्षेत्र बनाउने, कचल, झ्याङ्ला र लग्दुवालाई अदुवा पकेट क्षेत्र, वेरुवा, ज्यामिरे, सत्यवती, मरामकोट, कोलडाँडालाई दालचिनी पकेट क्षेत्र, सत्यवती, मस्यामलाई कफि उत्पादन क्षेत्र तथा सिस्ने खोला झ्याङ्लालाई माछा पालन क्षेत्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी भुतखोला, अर्घाछापलाई च्याउ उत्पादन पकेट क्षेत्र, झिगामारा, ठूलीउदाङ, हरियाली, बेसी ज्यामिरे, कोलडाँडा गिनचौर, हात्तिकोट ओढारखोला, पाताल क्षेत्रलाई बाख्रा पालन क्षेत्रको रुपमा विकास गरिने भएको छ । नीति तथा कार्यक्रममा दोभान डुम्रे क्षेत्रमा दुग्ध उत्पादन, झिगामारा, झ्याङ्ला, मरामकोट, लगाड, सुकेताल र जन्तीलुङ क्षेत्रमा कुखुरा पालन पकेट क्षेत्रको रुपमा विकास गरिने उल्लेख छ । मस्याम क्षेत्रलाई वृहत कागती खेती, विस्कुनडाँडा, घुँघराछापलाई बँगुर पालन क्षेत्रको रुपमा विकास गरिने भएको छ ।

नीति तथा कार्यक्रमले व्यवसायीक कृषि उत्पादनलाई जोड दिँदै उन्नत जातका बिउविजन उपलब्ध गराउने, ५० प्रतिशतमा अनुदानमा कृषि औजार उपलब्ध गराउने, आवश्यकता अनुसार कृषि उपज संकलन केनद्रको निर्माण, पशु तथा कृषि विमामा ५० प्रतिशत अनुदान लगायतका व्यवस्था गर्ने उल्लेख छ ।

नीति तथा कार्यक्रममा विभिन्न वडा तथा गाउँ जोड्ने मोटर बाटाहरुको स्तरोन्नती गर्ने भनिएको छ । भौगोलिक विकटताले आर्थिक रुपमा पछिपरेको तिनाउँको आर्थिक उन्नतिको प्रथम विकल्प कृषि र पर्यटनलाई जोड दिने अध्यक्ष घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?