© २०२३
बुटवल,१७ बैसाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनको नेतृत्वमा भइरहेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले उेक्यवद्धता जनाएको छ । पुनको आन्दोलन आज तेस्रो दिन पनि जारी छ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि ऐन पारित गर्नुपर्ने, कोष खडा गर्नुपर्ने, वार्षिक विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, स्टार्ट अपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने, अनुसन्धान लाई प्रवर्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने, नेपालमा बनेको मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिनुपर्ने,पुराना गाडीहरूलाई विद्युतीय गाडी बनाई चलाउन दिनुपर्ने जस्ता माग गरेका छन्।
उनको आन्दोलनमा ऐक्यवद्धता जनाउन राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ नेता दीपक बोहरा लगायत पार्टीका सांसद र नेता कार्यकर्ता धर्ना स्थलमा पुगेका छन् । सो अवसरमा अध्यक्ष लिङदेनले पुनका मागहरु जायज रहेकाले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए । पुनको आन्दोलनमा डा. गोबिन्द केसीले पनि ऐक्यवद्धता जनाएका छन् । डा. केसी धर्नास्थलमै पुगेका छन् । यसअघि नेकपा एमालेका सांसद बासुदेव घिमिरेले प्रतिनिधि सभा वैठकको आकस्मिक समयमा बोल्दै पुनका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
विभिन्न राजनीतिक दलले ऐक्यवद्धता जनाए पनि सरकारले हालसम्म कुनै चासो देखाएको छैन।
निरन्तर आन्दोलनमा भए पनि सरकारले मुख खोलेको छैन।
तस्वीर सौजन्य : स्वाती थापा, राप्रपा केन्द्रीय सदस्य