© २०२३
बुटवल,१७ बैसाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले रास्वपालाई सरकारमा आउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले रास्वपाले अघि सार्ने सर्तहरू पूरा गर्ने संकेत गर्दै सरकारमा आउन आग्रह गरेका तर लामिछानेले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘
भ्रष्टाचारको फाइल खोल्ने एजेन्डा हटाइएकोप्रति असन्तुष्टि जनाउंदै सरकारमा सहभागी हुन स्वीकार नगरेको स्रोतको दावी छ । बरु लामिछानेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनसक्ने र पार्टी प्रतिपक्षमै बस्ने प्रचण्डलाई संकेत गरेको स्रोतले बताएको छ ।
रविलाई मनाउन प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार रहेको बताएका थिए ।
रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ ।