ट्रेंडिंग:

>> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत >> नेपालगञ्ज महानगरको दुई वडामा आवासीय घर बीमा शुरु >> संविधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र

मुद्दा खेप्ने भालेको छ बर्षको उमेरमा मृत्यु

५ असार २०७७, शुक्रबार
५ असार २०७७, शुक्रबार

फ्रान्समा बिहानको समयमा बासेको भन्दै मोरिस नाम गरेको कुखुराको भाले पालेका एक व्यक्तिलाई अदालत पुर्याइएपछि चर्चामा आएको उक्त भालेको वर्षको उमेरमा मृत्यु भएको छ।

ध्वनि प्रदूषण सम्बन्धी मुद्दाको केन्द्रमा परेको मोरीसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो।

त्यो भाले फ्रान्सेली गाउँहरूका मौलिक आवाजको संरक्षण गर्नुपर्ने भन्दै गरिएका अभियानहरूको प्रतीक नै बन्न पुगेको थियो। सन् २०१९ मा एउटा अदालतले मोरिसको पक्षमा फैसला सुनाएको थियो। त्यसपछि उक्त भाले ओलेरोँ नामक टापु स्थित एक घरमा बस्दै आएको थियो। उक्त पक्षीको मृत्यु गत मे महिनामा भएको बताइएको छ। तर उसलाई पालेका व्यक्तिले भने ढिलो गरी यो समाचार सार्वजनिक गरेका छन्।

“लकडाउनकाबीच मानिसहरूसँग चिन्ता गर्नुपर्ने धेरै विषय छन् भन्ने मलाई लाग्यो,” कोरिन फेसेअउले एउटा फ्रान्सेली रेडियोमा भनिन्। “हामीले नयाँ भाले किनेका छौँ। उसको नाम मोरिस नै राखेका छौँ। उसको पनि आवाज मिठो छ। तर उ हाम्रो पुरानो मोरिस कहिल्यै बन्न सक्दैन।”

समस्या

ओलेरोँमा छुट्टीको समय बिताउनका लागि निर्माण गरिएको घरमा बस्दै आएका एक वृद्ध दम्पतीले आफूहरूलाई भाले बासेको आवाजले दु:ख दिएको बताएपछि मोरिस समस्यामा परेको थियो।

त्यसपछि ग्यालिक मूलको कुखुराकोभाले लाई राष्ट्रिय प्रतीक मानिएको फ्रान्समा मोरिसलको ख्याति निकै फैलियो। र उसलाई बचाउनको लागि एउटा निवेदनमा दशौँ हजारले हस्ताक्षर गरे। अदालतले पक्षमा फैसला नगरेको भए ३५ वर्ष देखि ओलेरोँमा बस्दै आएका फेसेअउले कसै गरी मोरिसलाई चुप लगाउनुपर्थ्यो या अन्तै बसाइ सर्नु पर्थ्यो।

तर गत सेप्टेम्बरमा न्यायाधिशले मोरिसका मालिकको पक्षमा फैसला सुनाए र उजुरी दिने व्यक्तिलाई क्षतिपूर्ति बापत १,१०० अमेरिकी डलर (करिब १३४,००० रुपैयाँ) जरिवाना गराए। “यो मेरो जस्तै अवस्था भएका सबैको जित हो। मेरो आशा छ कि यसले उनीहरूका लागि नजिर स्थापित गर्ने छ,” समाचार संस्था एएफपीले फेसेअउलाई उद्धृत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 100% 0% 0%

admission