ट्रेंडिंग:

>> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

प्रदेश विश्वविद्यालय बाँकेलाई मल्हम !

५ असार २०७७, शुक्रबार
५ असार २०७७, शुक्रबार

प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा बाँकेलाई उच्च प्राथमिकतामा राखेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दा बाँकेका धेरै योजनाहरु समेटिए । त्यसमध्ये सबैभन्दा चर्चामा रह्यो, प्रदेश बिश्वबिद्यालय । नहोस् पनि किन ? बिश्वबिद्यालय बनाउने बाँकेको वर्षौदेखिको सपना पुरा हुँदै थियो ।

‘लामो संघषै पछि बिश्वबिद्यालय बाँकेमा बन्ने भयो । म असाध्यै खुःसी छुु ।’ बिश्वबिद्यालय स्थापनार्थ हुने संघर्षका अभियानता पशुपति दयाल मिश्र भन्छन्–‘खासमा हामीले उहिल्यै नेपालगन्ज बिश्वबिद्यालय माग गरेका थियौं । संघीय संसदमा बिधेयक पेश पनि भयो तर कहाँ हरायो हरायो ? अहिले प्रदेशकै भए पनि बिश्वबिद्यालय आउनु राम्रै कुरा हो ।’ तत्कालिन विकास क्षेत्रमा बिश्वबिद्यालय स्थापना हुँदा यहाँ पनि नेपालगन्ज बिश्वबिद्यालयको माग भएको थियो । बिश्वबिद्यालयकै लागि संघर्ष समिति बनाएर चरणबद्धन आन्दोलन नभएको पनि होइन । तर अन्य ठाउँमा बिश्वबिद्यालय बन्दा नेपालगन्ज बिश्वबिद्यालय बनाउने कुरा भने त्यसै फासफुस भयो । नेपालगन्ज बिश्वबिद्यालय अब नबन्ने निष्कर्ष सहित आन्दोलन तुहियो ।

ठिक त्यही बेला प्रदेश सरकारले प्रदेश बिश्वबिद्यालयको अवधारणा ल्यायो । त्यही मौकामा बाँके फेरी बिश्वबिद्यालयको आवाज उठ्न थाल्यो ।

‘यसलाई अवसरका रुपमा लिएर हामीले बिश्वबिद्यालय प्राप्तीको अभियान चलायौं ।’ प्रदेश सांसद समेत रहेका नेकपा बाँकेका अध्यक्ष आईपी खरेल भन्छन्–‘ दाङ्ग र रुपन्देहीमा बिश्वबिद्यालय रहेको र प्रदेशको बनावटप्रति असन्तुष्ट रहेका बाँके, बर्दियाका नागरिकलाई पायक पर्ने गरी प्रदेश बिश्वबिद्यालय बनाउनुपर्छ भन्ने तर्क गरेर हामीले मुख्यमन्त्रीसंग कुरा राख्यौं ।’

बाँकेका सर्वदलिय टोलीसंगको भेटघाटमा मुख्यमन्त्री पोखरेलले बाँकेमा प्रदेश बिश्वबिद्यालय बनाउन आफु सकारात्मक भएको तर पूर्वाधार तयार गर्न कम्तिमा सय बिगाह जग्गा चाहिने बताए । त्यस लगत्तै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले उक्त जग्गाको जोहो गरेपछि बिश्वबिद्यालयको काम अगाडी बढेको हो ।

बजेटमै प्रदेशलाई आवश्यक वन, कृषि, सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा जोड दिइने उल्लेख गर्दै प्रदेश विश्वविद्यालय ऐन प्रदेश सभाबाट पारित हुनासाथ बाँकेको खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गरिने उल्लेख छ । यसका लागि रू. ७ करोड विनियोजन गरिएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपति किस्मत कक्षपति भन्छन्–‘प्रदेशले बाँकेवासीका लागि ठुलो मल्हम लगाएको छ । अब हामी बिश्वबिद्यालय बनाउनतर्फ पुरै ध्यान केन्द्रीत गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission