ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

घोराही–तुलसीपुर सडक ठेक्का नयां ढंगले अघि बढ्छ : सञ्चारमन्त्री

१४ बैशाख २०८०, बिहीबार
१४ बैशाख २०८०, बिहीबार

दाङ,१४ वैशाख । नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले घोराही तुलसीपुर चारलेन सडक आयोजनाको काम नयाँ ढंगबाट थालनी गर्ने प्रकृया अघि बढेको बताइन् । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले भारतीय एक्जिम बैंकको लगानीमा भारतीय निर्माण कम्पनीबाट सडक निर्माणको काम गर्दा समस्या भएको जनाउँदै उक्त आयोजनाको कामलाई चाँडै नै नयाँ ढंगबाट प्रकृया अघि बढाउने विषयमा सरकारले गृहकार्य शुरु गरेको जानकारी दिइन । भारतीय निर्माण कम्पनीले कामको जिम्मेवारी लिएर अहिलेसम्म ९ वटा ठेकेदारलाई काम गर्न लगाउँदा पनि भौतिक प्रगति नदेखिएको हुँदा ठेक्का प्रकृया रद्ध गरि एक्जिम बैंकको लगानीलाई नेपाली निर्माण कम्पनीबाट गराउने गरि नीतिगत रुपमा सहमति जुटाउने काम भईसकेकाले असार अगावै चारलेन सडक निर्माणको कामलाई नयाँ ढंगबाट अघि बढाउन सकिने विश्वास दिलाइन् । काम नहुँदा अस्तव्यस्त र जीर्ण बनेको सडक निर्माण कम्पनीले काम नगर्दासम्म सरकारले बजेट विनियोजन गरेर सडक मर्मत गर्ने उनको भनाई थियो ।
यसैगरी, उनले देशमा आर्थिक संकट गहिरिँदै गएको हुँदा सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्ने खोजेको बताइन् । अधिकांश स्थानमा अनावश्यक कर्मचारी भर्ती हुँदा खर्च बढेको, अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको, नागरिकलाई लाभ हुने आयोजना भन्दा विकासे आयोजनामा बजेट परेको जस्ता समस्या र गुनासो आएको हुँदा अत्यावश्यक बाहेकका ठाउँमा कर्मचारी कटौतीदेखि कम लागतमा बढी प्रतिफल दिने क्षेत्रमा सरकारले बजेट विनियोजन गर्न गरि प्रकृया अघि बढाएको जानकारी गराइन् ।

मन्त्री शर्माले सञ्चार सम्बन्धी समस्यालाई छिटो हल गर्ने बताइन् । सरकार कानुन निर्माणका बिषयमा गम्भीर रहेको बताइन् । नीति तथा वजेट बनाउने तयारी अबस्थामा रहेका छौ,कम लगानीमा बढी प्रतिफल दिने योजनाको बारेमा छलफल भैरहेका बताइन् । मन्त्री शर्माले सरकारले दाङमा संचारको नेटवर्कको समस्या भएको ठाउँको पहिचान गर्ने र संचारसंग सम्बद्ध समस्याको समाधान गर्ने तयारी रहेको बताउनुभयो । सार्बजनिक, सामाजिक स्थान र सरकारी विद्यालयहरुमा संचारको पहूँच पुराउन पहल भएको बताइन् ।
यसैगरी, लामो समयदेखि टुंगोमा पुर्याउन नसकिएको संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन, सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित बनाउने सवालमा पनि सर्वदलीय सहमति जुटाउने गरि काम भईरहेको जानकारी गराएकी थिइन् । प्रेस सेन्टर दाङका अध्यक्ष पान्डब शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष जीवन नेपालीको स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्रेस सेन्टर दाङका सचिव जनक नेपालीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?