ट्रेंडिंग:

>> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी

बसाई सराईले पहाडका सरकारी स्कुलमा विद्यार्थीको संकट

१४ बैशाख २०८०, बिहीबार
१४ बैशाख २०८०, बिहीबार

शान्तिपुर (गुल्मी),१४ बैसाख । पहाडबाट तराईमा बसाइँसराइ तीब्र हुँदैजादा गुल्मीका गाउँका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संकट परिरहेको सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकामा आयोजित शैक्षिक अन्तक्रिया कार्यक्रममा सहभागीहरुले गाउँका सामुदायिक विद्यालयका विविध समस्या प्रस्तुत गरेका थिए ।

हर्राचौर क्षेत्रमा सामुदायिक विद्यालयका शिक्षकहरुले बसाइँसराइको कारण वस्तिहरु खाली हुँदै गएकोले विद्यालयमा विद्यार्थी संख्या निरन्तर घटिरहेकोले विद्यालयको शैक्षिक र भौतिक विकासमा समस्या भएको गुनासो गरे । स्कुल आउने विद्यार्थीहरुको संख्या नै घटिरहेकोले सामुदायिक स्कूलमा विद्यार्थी कम देखिएको भएपनि पालिकाले शिक्षकको कारण विद्यार्थी घटेकोले स्कुल मर्ज गर्ने कुरा उठाएर शिक्षक र समुदायलाई तर्साउने गरेको बताए ।

“स्कूलमा विद्यार्थी आकर्षण गर्न भौतिक सुधार आवस्यक छ, यसको लागि पालिकाले सहयोग गर्नुपर्छ । तर पालिकाले भने विद्यार्थी संख्या कम भएकोले लगानी नगर्ने भन्छन् ” हर्राचौर माविका प्रधानाध्यापक चिरञ्जीवी तिवारिले गुनासो गरे । कार्यक्रममा सहभागी अभिभावकहरुले भने सामुदायिक स्कूलले गुणस्तरीय शिक्षा नदिएका कारण शिक्षा प्राप्तिका लागि नै मानिसहरु बसाइँसराइ गरेको भन्दै शिक्षक र पालिकाका जनप्रतिनिधिको आलोचना गरे । ” पालिकाले शिक्षक र विद्यालयको निगरानी नगर्ने, शिक्षकहरुले आफ्ना सन्तानलाई निजि स्कूलमा पढाउने भएपछि अभिभावकले सामुदायिक स्कूललाई कसरी विस्वास गरेर स्कुल पठाउने रु” स्थानीय अगुवा राम बहादुर खत्रीले प्रश्न गरे ।

शिक्षकले आफैलाई विस्वास नगरेर निजि स्कूलमा आफ्ना सन्तान पढाउदा अरुले पनि सामुदायिक विद्यालयलाई विस्वास गर्न नसकेको अधिकांश अभिभावकहरूले बताए । कालिका मानवज्ञान माबिका प्रधानाध्यापक दिनेश थापाले न्यून जन्मदर तथा बसाइँसराइको कारण ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेकोले विद्यार्थी कम भए भनेर चिन्ता गर्नुभन्दा विद्यालयको सेवा क्षेत्रमा भएका बालबालिकालाई विद्यालयमा आकर्षित गर्नको लागि विद्यालयमा पुगेका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा शिक्षक, विद्यालय प्रशासन र स्थानीय सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

हर्राचौर माबिले आयोजना गरेको उक्त अन्तर्कृयामा बोल्दै युवराज कंडेलले शिक्षक( विद्यार्थी – अभिभावक विचको निरन्तर सम्बाद र सहकार्यले मात्र विद्यालयप्रती समुदायको आत्मियता विकास गर्न सम्भव हुने र शिक्षा सुधारमा शिक्षकको भुमिका मुख्य हुने कुरामा जोड दिए ।

बुधबार हर्राचौर्मा आयोजित शैक्षिक अन्तर्कृया कार्यक्रममा चन्द्रकोट गाउँपालिका वार्ड नम्बर ३ का सामुदायिक विद्यालयका शिक्षक, जनप्रतिनिधि र अभिभावकहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?