ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

उपमहानगरभित्रै २१ हजार निरक्षर !

२६ मंसिर २०७६, बिहीबार
२६ मंसिर २०७६, बिहीबार

जिल्लाका चारवटा पालिका साक्षर घोषणा भइसक्दा सदरमुकाम नेपालगञ्ज उपमहानगरपालिकामा भने अझैपनि करिब २१ हजार व्यक्ति निरक्षर छन् । जनप्रतिनिधी र कर्मचारीको बेवास्थाका कारण जिल्लाको सदरमुकाममा रहेको उपमहानगरमा अक्षर नचिन्नेको संख्या घट्न नसकेको हो । यसले एकातिर उपमहानगरको गरिमालाई घटाएको छ भने अर्कोतिर उपमहानगरले नै लिखित सूचनाका आधारमा दिने गरेको जानकारीहरु निरक्षर व्यक्ति सामु पुग्न सकेको छैन् ।

बाँकेको कोहलपुर नगरपालिका, जानकी, खजुरा र राप्तीसोनारी गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । नेपालगञ्ज उपमहानगरपालिका सहित बैजनाथ, डुडुवा, नरैनापुर गाउँपालिका साक्षर घोषणा हुन सकेका छैनन् । प्रदेश ५ का चार उपमहानगर बुटवल, घोराही, तुल्सीपर साक्षर भएको अवस्थामा साक्षर घोषणा नहुने उपमहानगरमा नेपालगञ्ज एक्लो हो । उपमहानगरभित्र २१ हजारले अक्षर चिन्न नसक्ने अवस्थाले नेपालगञ्ज उपमहानगरलाई गिज्याइरहेको छ । जनतालाई अक्षर चिनाउने काममा जिल्लाकै गाउँपालिकाले समेत उछिनेको अवस्थामा नेपालगञ्ज उपमहानरले भने बल्ल त्यसको तयारी शुरु गरेको छ । आगामी पुस १५ गतेदेखि नगरमा साक्षरता अभियान शुरु गर्न लागिएका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा बताउँछन् ।

शिक्षा प्रमुख थापाका अनुसार साक्षरता अभियान शुरु गर्नु अघि गत साउन महिनामा घरधुरी सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षण अनुसार, उपमहानगरमा २० हजार ९ सय ४० जना निरक्षर छन् । उनीहरुलाई आगामी पुस महिनाबाट साक्षर बनाउने अभियान शुरु हुँदै छ । कुन बिधिबाट साक्षरता अभियान सन्चालन गर्ने भन्ने बिषयमा वडा कार्यालयहरु आन्तरिक छलफलमा रहेको थापाले बताए । उनले घरधुरी सर्वेक्षण ढिलो भए पनि अभियान शुरु गर्न ढिलाई नभएको बताए ।

उनीहरुले साक्षरता कक्षा सन्चालन गर्ने बिधि चयन गरेपछि उपमहानगरपालिकाले पुस १५ गतेबाट संयुक्तरुपमा अभियान शुरु गर्ने छन् । यसका लागि रु १५ लाख बजेट बिनियोजन गरिएको छ । शिक्षा शाखा प्रमुख थापाका अनुसार उपमहानगरका २३ वटा वडा मध्ये अधिकाँश वडामा निश्चित मापदण्ड भन्दा बढि निरक्षरहरु रहेका छन् ।

साविक नेपालगञ्ज नगरपालिकाका वडामा भन्दा पछि थप भएका वडामा निरक्षरहरुको संख्या अधिक रहेको छ । कुनै पनि क्षेलार्य साक्षर घोषणाका लागि ९५ प्रतिशत साक्षर भएको हुनुपर्ने यूनेस्कोको मापदण्ड छ । शिक्षा शाखा प्रमुख थापाले नगर क्षेत्रभित्र निरक्षरहरुको संख्या बढि भएपछि अभियान संचालन गरि साक्षर बनाउन सकिने बताए । साक्षर बनाउनका लागि छिट्टै साक्षरता कक्षा पनि संचालन हुने भएको छ । चैतभित्र निरक्षरलाई साक्षर बनाई बैशाखमा साक्षर नेपालगञ्ज घोषणा गर्ने तयारी गरिएको छ ।

साक्षरता कार्यक्रम संचालनका लागि वडा कार्यालयलाई जिम्मेवार बनाइने तयारी उपमहानगरपालिकाको रहेको छ । उपमहानगरपालिकाले घरधुरी सर्भेक्षण गरि निरक्षरहरुको संख्या पहिचान गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले साक्षरता कार्यक्रमको सफलताका लागि वडा कार्यालय अझ जिम्मेवार भएर लागेको बताए । समुदाय बिशेषमा नपढ्ने प्रबृत्ती नेपालगञ्जलाई साक्षर बनाउने प्रमुख चुनौती रहेको थापा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission