© २०२३
बुटवल,११ बैसाख । चितवन–२ मा भएको उपनिर्वाचनको मतगणनाको पहिलो अपडेटमा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् ।
इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार न्यौपानेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गरेका छन् ।
प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।
हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ । इच्छाकामना वडा नम्बर १ को हात्तीवाङ र भाराङ बुथको ९७१ गणना गर्दाको यो रुझान् हो । यसअघिको संसदीय निर्वाचनमा इच्छाकामना गाउँपालिकामा एमालेले सबैभन्दा बढी भोट ल्याएको थियो ।