© २०२३
बुटवल,१० बैसाख । चितवनमा आफ्ना समर्थकले निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी हुटिङ गरेपछि हुलहुज्जत भएका कारण मतदानस्थलमा जाने अवस्था नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले बताएका छन् ।
फेसबुक लाइभमा आउँदै उनले मतदाताले सामान्य स्वागत गर्दा आचारसंहिता उल्लंघन भएको भनेर हुलहुज्जत हुंदा आफू मतदान स्थलमा जान नपाएको बताएका हुन् ।
निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै मतदान केन्द्रमा मतदातासँग कुराकानी गरिरहेको अवस्थामा उनीमाथि हुलहुज्जत भएको थियो ।
एउटा माघले जाडो नजाने भन्दै उनले पार्टीलाई चितवनका जनताले हेरिरहेको जिकिरसहित संयम बन्न आग्रह गरेका छन् । उनले आफूभित्र ज्वाला दन्केको तर संयमित भएको बताएका छन् ।