ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

यस्ता छन् – लुम्बिनी सरकारका सय दिनका उपलब्धी

९ बैशाख २०८०, शनिबार
९ बैशाख २०८०, शनिबार

बुटवल,९ बैसाख । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । गत पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता लिला गिरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारका उपलब्धि सार्वजनिक गर्दै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको आकांक्षा पूरा गर्न प्रदेश सरकारले रणनैतिक उपलब्धि हासिल गर्न सफल भएको दाबी गरे।
समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीका दीर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न प्रदेश सरकारले जग बसाउन सफल भएको जानकारी गराइएको छ। यस बीचमा प्रदेश राजधानीको निर्णय कार्यान्वयनका लागि महत्वपूर्ण कार्य भएको छ। राप्ती उपत्यका देउखुरीमा राजधानीका संरचना निर्माण प्रारम्भ भएको छ।

आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी १० वटा प्रशासनिक भवन निर्माणले तीब्रता पाएको छ। यसका साथै नदी सभ्यतामा आधारित मुलुककै नमुना राजधानी सहर निर्माणका लागि २५ अर्बको बजेट सुनिश्चितताका लागि प्रक्रिया अगाडि बढाएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश राजधानी स्थलबाट कार्य प्रारम्भ गरेको सरकारले प्रदेशको विकास र समृद्धिको बाटोबाट ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि अघि बढेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रदेशबासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने र समग्र विकासलाई समावेशी एवं सामाजिक न्यायमा आधारित बनाउने संकल्पका साथ अघि बढेको जानकारी गराइएको छ। खस्कदो आर्थिक अवस्था र बढ्दो बेरुजु घटाउनका लागि सुशासन कायम गर्न सरकार सफल भएको दाबी गरिएको छ।

विगतको १७ सदस्यीय ठूलो आकारको मन्त्रिपरिषद्लाई घटाएर १० सदस्यीयमा सीमित गरी राज्यको अनावश्यक खर्च कटौती गर्न वर्तमान सरकार सफल भएको मन्त्री आचार्यको दावी छ।‘विद्यमान सरकारभन्दा अगाडि प्रदेश सरकारका १३ वटा मन्त्रालय र १७ सदस्यीय मन्त्रिपरिषद् रहेकोमा मन्त्रालयको संख्या घटाएर १० वटामा सीमित गरिएको छ। जुन निर्णय प्रशासनीक खर्च कटौतीको सन्दर्भमा महत्वपूर्ण सावित भयो’ मन्त्री आचार्यले भने,‘मन्त्रालयको संख्या घट्दा कर्मचारी दरबन्दी पनि कटौती गरियो। चार हजार चार सय ३६ जनाको दरबन्दी रहेकोमा ४४ वटा दरबन्दी कटौती गर्दा कर्मचारी दरबन्दी हाल चार हजार तीन सय ९२ रहेको छ। मन्त्रालयको संख्या घट्दा खर्च कटौती पनि भएको छ। पूर्ववर्ती सरकारको पालामा प्रशासनीक खर्च प्रतिमहिना ६३ करोड ६८ लाख २४ हजार हुने गरेकोमा हाल ६३ करोड २० लाख ३० हजार खर्च रहेको छ। मन्त्रालयको संख्या कटौती गर्दा प्रतिमहिना ४७ लाख ९४ हजार बचत हुने गरेको छ।’

प्रदेश सरकारका उपलब्धीलाई संस्थागत विकास, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास लगायतको शिर्षकमा सार्वजनिक गरिएको छ। संस्थागत विकासमा प्रदेश राजधानीको निर्णय कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ। प्रदेश राजधानीमा एउटै हाताभित्र ६ वटा मन्त्रालय र राप्ती गाउँपालिकाको सहयोगमा ४ वटा मन्त्रालयका प्रशासनिक कार्यालयका साथै लमहीमा विभिन्न संघसंस्थाको सहयोगमा मन्त्री निवास स्थापना गरिएको छ। ३ वर्षमा सम्पन्न गर्नेगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा मन्त्रालयका प्रशासनिक भवन शिलान्यास गरी निर्माण कार्यलाई तीब्रता दिइएको छ। संस्थागत विकासका लागि सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा मन्त्रालयका प्रशासनिक भवन शिलान्यास गरी निर्माण कार्यलाई तीब्रता दिइएको छ। ०८०र८१ को बजेट तर्जुमा सम्बन्धमा स्रोत अनुमान समिति, एमटिइएफ समिति गठन भई बजेट तर्जुमा प्रक्रिया थालिएको छ।

राजधानी विकास जग्गा एकीकरण आयोजनाअन्तर्गत १४ वटै वडाका लागि १४ प्याकेजमा परामर्शदाता छनोट गरी सो क्षेत्रमा जग्गा एकीकरण तथा नाप नक्सांकन अगाडि बढेको छ। पूर्वाधार विकास तर्फ सय दिनमा २८ किमि सडक कालोपत्रे तथा ढलान गरिएको छ। पाँच वटा सडक पुल निर्माण भएको छ। ७३ वटा कल्भर्ट निर्माण भएके छ। एक वटा झोलुंगे पुल, १२ वटा सडक ट्याक खोलिएको छ। २३ किलोमिटर पक्की नाला निर्माण गरिएको छ। ६ वटा सिंचाई बाँध तथा मुहान निर्माण गरिएको छ। ५८ वटा पक्की नहर बनाइएको छ। ५३ वटा लिफ्ट सिंचाई आयोजना निर्माण गरिएको छ। ७३ किलोमिटर सिंचाई पाइप विस्तार गरिएको छ। १४ किलोमिटर नदी नियन्त्रण तथा तटबन्ध निर्माण गरिएको छ।

सामाजिक विकास तर्फ मुटुको भल्भ प्रतिस्थापन, मृगौला प्रत्यारोपण र क्यान्सर उपचारमा सहुलियतका लागि ८ सय ६० जना बिरामीलाई आर्थिक सहायताका लागि सिफारिस गरिएको छ। कपिलबस्तुको शिवराज नगरपालिका वडानम्वर ५ चन्द्रौटामा लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापनाका लागि भवन निर्माण सुरु गरिएको छ। लामो समयदेखि रोकिएको कोरोना भाईरस बाट मृत्यु भएका परिवारका लागि प्रदान गर्ने रकम प्रदान गर्नका लागि बजेटको व्यवस्थापन गरिएको छ।

कोभिड नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको फागुन ३० मा बसेको बैठकको निर्णयअनुसार कोडिबाट मृत्यु भएका प्रदेशभरका ६३६ जनाका परिवारलाई १ लाखका दरले उपलब्ध गराउने गरी ६ करोड ३६ लाख राहत रकमको निकासा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट हुने गरी बजेट उपलब्ध गराइएको छ। कानुन निर्माण तर्फ लुम्बिन प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेक प्रदेश सभाले स्वीकृत प्रदान गरेको छ।

प्रदेश निजामती सेवा ऐन, २०७९ र स्थानीय सेवा ऐन, २०७९ को मस्यौदा तयार गरी राय परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाइएको छ। आर्थिक विकासतर्फ यो एक स दिनमा प्रदेशको चालु वर्षको वित्तीय प्रगति ३५।२४ प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ। ४९।८२ प्रतिशत राजश्व संकलन भएको छ। सुस्ताएको वित्तीय प्रगतिमा सुधार ल्याइएको छ।

वित्तीय प्रगति १८।४५ प्रतिशत रहेकोमा १०० दिनको अवधीमा ३५।२४ प्रतिशतसम्म पुगेको छ। कृषि र पर्यटनलाई प्रदेशको आर्थिक विकासको मुख्य स्रोत रहेकाले यी क्षेत्रको विकास नहुँदासम्म प्रदेशको अर्थतन्त्र बलियो हुँदैन भन्ने मान्यतासाथ सरकार अगाडि बढ्यो।

सरकारले जिल्लास्थित कार्यालयबाट ७६ करोड ९४ लाख बजेटका लागि सूचना प्रकाशन गरी २ हजार ५१ अनुदानग्राहीसँग ४९ करोड ४३ लाखको सम्झौता भई हालसम्म १ करोड २६ लाख भुक्तानी भएको र अधिकांश कार्यक्रम सम्पन्न हुने चरणमा रहेका छन्। यस कार्यबाट वार्षिक २ हजार ७ सय ८९ जनाका लागि पूर्ण र ५ हजार ३ सय २४ जनाका लागि आंशिक रोजगारी सिर्जना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?