© २०२३
जिल्लाको सुनवल नगरपालिकाले सञ्चालनमा ल्याएको प्रसुतिगृहले ९७ जना गर्भंवति महिलालाई सेवा प्रदान गरेको जनाएको छ । प्रसुतिगृहका अनुसार सञ्चालमा आएको ६ महिनामै सेवा लिने संख्या यति पुगेको हो । नगरपालिकाको आफ्नै लगानीमा प्रसुतीगृह सञ्चालनमा ल्याएको हो ।
नगरभरिमा एक मात्र प्रसुतीगृह स्थापना गरे पछि सोको औपचारिक उदघाटन चालु आर्थिक बर्षको असोज २४ गते भएको थियो । नगरपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वम्सेविका परिचालनले घरमा प्रसुती गराउनु भन्दा प्रसुतीगृहमा गएर प्रसुती गराउने चेतनाले संख्यामा वृद्धि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार प्रसुती गराउन आउने महिला मध्ये अधिकाशको जटिल समस्या भएका कारण सामान्य प्रसुती बाहेक अन्य जटिल प्रकारका समस्या भएका महिलालाई रिफर गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चुरामणी नेपालले जनाए । उनका अनुसार प्रसुतीगृहमा आउने सबै गर्भवती महिलालाई प्रसुती सेवा दिन नसके पछि प्रसुती गृहमा प्रसुती गराउन आउने महिलाहरुको उत्साहले उत्साही बनाएको छ । ४१ जना गर्भवती महिलाको मात्र समान्य (नर्मल) डेलिभरी भएको छ शाखा प्रमुख नेपालले भने, बाकी ५६ जना गर्भवती महिलालाई बुटवल र परासी रिफर गरियो ।
रिफर हुनेमा अधिकाँश महिलाहरुलाई अप्रेसनद्धारा (सि.एस.) गरि प्रसुती भएको उनले जानकारी गराए । प्रसुतीगृहमा स्टाफ नर्स र अनमी मात्र भएकोले समान्य प्रसुती मात्र गराउने कार्य भईरहेको छ । तर सेवा लिन आउने महिलालाई परामर्श दिईने कार्य भएको हुदा बेलामै प्रसुती गराउन आउने र जटिल देखिएमा रिफर गरिदिने हुदा उनीहरुलाई जोखिममा पर्ने वा अकालमा मृत्यु हुने खत्तराबाट बाचेका छन् । भ्याकुम र अप्रेसन गरि(सि.एस.) गरि सेवा नभए पनि ठाँउमा पुर्याउन प्रसुतीगृहको ठूलो भुमिका रहेको नगरपालिकामा मेयर भिम बहादुर थापा( भरत)ले जनाए । नगरपालिकामा अस्पताल छैन्,उनले भने, गर्भवती महिलालाई बर्थिगँ सेवा दिनका लागि नगरपालिकाले सुविधा सम्पन्न एउटा बर्थिगं सेन्टरको निर्माण गरेको छ ।
प्रसुतीगृहमा प्रसुती गराउन आउने महिलालाई निशुल्क एम्बुलेन्स सेवा नगरपालिकाले प्रदान गर्दै आएको छ । प्रसुती पछि ३५ दिन भित्र जन्मदर्ता गराए पछि २ हजारका दरले प्रसुती पोषण भत्ता समेत नगरपालिकाले प्रदान गर्दै आएको छ । यसले गर्भवती महिलाहरुको आकर्षण बढेको नगरपालिकाले जनाएको छ । अहिले ४ सय भन्दा बढि महिलाहरु नियमित गर्भ परिक्षण गराउन प्रसुतीगृहमै आउने गरेका छन् । यसका लागि गाउ र टोलमा जागरण अभियान समेत चलाईएको नगरपालिकाले जनाएको छ । यो अभियानलाई गर्भवती महिलाको लागि सुनौलो हजार दिन कार्यक्रमले पनि प्रभावकारी बनाएको मेयर थापाले जनाए । अगामी दिनमा अझ थप सेवा प्रवाह गर्ने गरि स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरिने उनको भनाई थियो ।