© २०२३
बुटवल,७ बैसाख । जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका ९ जना मध्ये २ जनाको मृत्यु भएको छ। घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ । रुकुम पश्चिम प्रहरीका अनुसार घाइते मृतक र घाइते सबै जना नै मजदुरहरू हुन् ।
उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार घाइतेको उपचारका लागि नेपालगन्ज लगिएको छ ।
उनका अनुसार मृतक र घाइतेहरूको पहिचान खुल्न सकिरहेको छैन । घाइते बोल्न सक्ने अवस्थामा नरहेको र भारतीय कामदारहरू समेत रहेको उनको भनाइ छ ।