ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

अनुत्पादक क्षेत्रको लगानी कटौती गरौंः मन्त्री गिरी

१० फाल्गुन २०७५, शुक्रबार
१० फाल्गुन २०७५, शुक्रबार

प्रदेश नम्वर ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्रि लिला गिरीले बैक तथा बित्तिय सस्थाहरुलाई अनुत्पादक क्षेत्रको लगानी कटौती गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैकको तिलोत्तमा ३ शंकरनगर स्थित शाखा कार्यालयको बिहीवार उदघाटन गर्दै मन्त्रि गिरीले उत्पादनमुलक र रोजगारीमा गरेको लगानीले आर्थिक समृद्धिमा समेत सहयोग पुग्ने बताए ।
उनले बैक तथा बित्तिय सस्थाले जनता मार्फत संकलन गरेको रकलाई कृषिलाई प्रमुख आधार बनाई उद्योग र पर्यटनमा लगानी गरी प्रदेशको समृद्धिमा सहयात्री बन्न आग्रह गरे ।
उनले व्यक्तिको आर्थिक आयआर्जनलाई मुलुकको समृद्धिसंग जोडन सक्ने माध्यम बैक तथा बित्तिय सस्थाहरु भएकाले मुलुकको समृद्धिले बैकहरुको कार्य क्षेत्र पनि स्वत बिस्तार हुने बताए ।
मन्त्रि गिरीले प्रदेशका प्रत्येक घरमा बैकको सेवा प्रवाह गर्ने योजनालाई प्रदेश सरकारले समेत सहयोग गर्ने आश्वासन दिए ।
तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेलले व्यवसायीलाई सहज र सरल सुबिधा दिनसके मात्र बित्तिय सथको प्रभावकारीता बढने बताए ।
त्यस्तै रेडियो लुम्विनीका अध्यक्ष ईञ्जिनियर दुजेन्द्र बस्नेतले निक्षेप संकलन र कर्जा प्रवाह गर्दा सेवाग्राहीको मनजित्ने मात्र नभई सामाजिक सेवाका क्षेत्रमा बृद्धबृद्धा सम्मान, आमा समुहको सम्मान र अन्य सामाजिक बिकासका कार्यमा गर्ने लगानीले शाइन नाम जस्तै चम्किरहेको बताए ।
म्हिला उद्यमी संगिता गौतम अर्यालले आफु शाइन रेसुङ्गा डेभलपमेण्ट बैककै कारण उद्यमी भएको स्मरण गर्दै घरको चुलो चौको संगै बचत भएको समय उद्यमशील काममा लगाउन महिलाहरुलाई आग्रह गरीन ।
सोही अवसरमा बैकले शंकरनगरका ५ जना ८० वर्ष पुगेका जेष्ठ नागरीक र क्रियासिल आमा समुहका अध्यक्षहरुलाई सम्मान गरेको थियो । मन्त्रि गिरी सहित बैकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, सस्थापक अध्यक्ष थानेश्वर पौडेल, सञ्चालक मोहन चापागाई, भुवन भण्डारी र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले उहाहरुलाई सम्मान गरेका थिए । यसरी सम्मानित हुनेहरुमा १ सय बर्षिय गायत्री ज्ञवाली, ९३ बर्षिय लाल बहादुर खडका, ८९ बर्षिय कविराज गुरुगं, ८७ बर्षिय पुर्णभद्र तिवारी र ८६ बर्षिय सुमित्रा पोखरेल तथा शान्तिटोल आमा समुहका अध्यक्ष सिता अर्याल, कालिका परोपकारी आमा समुहका अध्यक्ष गंगा खरेल, जनजागरण आमा समुहका अध्यक्ष गोमा खड्का, स्वास्थ्य आमा समुहका अध्यक्ष सरस्वती बराल, नमुना आमा समुहका अध्यक्ष बिष्णुमाया पोखरेल र सदस्य बिना मल्ल रहेका छन ।
कार्यक्रमकै अवसरमा महिला उद्यमी संगिता गौतम अर्याललाई पनि सम्मान गरीएको थियो ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले बिहीवार देखि तिलोत्रमा नगरपालिकाको कोटीहवा शाखाको पनि शुभारम्भ गरेको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सो शाखाको औपचारिक उद्घाटन गरेका हुन ।
त्यसअवसरमा घिमिरेले नगरपालिकाले लिएको सबै नगरबासीको बैक खाता अभियानलाई सहयोग गर्न र बैकको लगानीलाई नगरको समृद्धिसंग जोडन आग्रह गरे ।
उनले बैक तथा बित्तिय सस्थाको प्रक्रियागत झण्झटका कारण धेरै नागरीकले व्यक्तिगत गैरकानुनी महंगो कर्जामा काम गरीरहेकाले सहज रुपमा सेवा प्रवाह गरी उनीहरुको रकम र लगानीलाई पनि समृद्धिको यात्रामा लगाउन बैकहरुले सक्रियता बढाउनु पर्ने बताए ।
नगरप्रमुख घिमिरेले तिलोत्तमामा लगानी क्षेत्र र सम्भावना धेरै रहेको उल्लेख गर्दै थप सम्भावनाको पहिचानका लागि नगरपालिकाले लगानी सम्मेलन गर्ने सोच बनाएको समेत जानकारी गराए ।
कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद बस्याल, तिलोत्तमा व्यापार संघका उपाध्यक्ष बाबुलाल भुसाल,अष्टिज नेपाल प्रा.लि.का अध्यक्ष सीपी शर्माले शाइन रेसुङ्गा डेभलपमेण्ट बैकको कुशल व्यवस्थापन र सहज सरल सेवा प्रवाहका कारण नै छोटो समयमा जनतामा राम्रो बित्तिय प्रभाव कायम गर्न सकेको बताएका थिए ।
सोही अवसरमा ८० वर्ष पुरा भएका स्थानीय जेष्ठ नागरीकलाई जेष्ठ नागरीक बचत खाताको चेक बुक, कदरपत्र र दोसल्ला ओढ्याई र सक्रिय आमा समुहका अध्यक्षहरुलाई प्रशंसापत्र र दोसल्ला ओढ्याई सम्मान गरीएको थियो ।
नगरप्रमुख घिमिरे सहित बैकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, सस्थापक अध्यक्ष थानेश्वर पौडेल, सञ्चालकहरु मोहन चापागाई, तारा प्रसाद उपाध्याय, भुवन भण्डारी र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले उहाहरुलाई सम्मान गरेका थिए । यसरी सम्मानित हुनेहरुमा ९० वर्षिय लक्ष्मि कोइराला, ८४ वर्षिय जंग बहादुर गुरुगं, ८३ वर्षिय एकदेव पाण्डे, ८२ वर्षिय हरीकला पाण्डे र ८१ वर्षिय सैना गुरुगं तथा प्रगतिशिल आमा समुहका अध्यक्ष लक्ष्मि घिमिरे, दुर्गा आमा समुहका अध्यक्ष राधा कोइराला, पशुपति आमा समुहका अध्यक्ष योगमाया पाण्डे र कालिका आमा समुहका अध्यक्ष मिना पाण्डे रहेका छन ।
दुबै कार्यक्रमको अध्यक्षता गरेका बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा डेभलपमेण्ट बैक यस क्षेत्रका जनताको प्रतिनिधीमूलक बित्तीय सस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखि सेवा प्रवाह गरी रहेकाले नै सबैको मन जित्न सकेको बताउदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको जानकारी गराउदै स्थापनाका १० वर्ष पुरा गर्न लाग्दा १ अर्व ६२ करोड चुक्ता पुजी, १६ अर्व ७० करोड निक्षेप, १५ अर्व ७० करोड कर्जा र २ लाख ग्राहक भएको प्रदेश नं. ५ को सबैभन्दा ठुलो बिकास बैकका रुपमा स्थापित भएको बताए । उनले प्रदेश सरकार र स्थानीय सरकारसंगको सहकार्य र समन्वयमा सहुलियत पुर्ण कर्जा प्रवाह गर्ने र प्रत्येक घरमा खाता खाल्ने गरी बैकले योजना बनाएको बताए ।

२०६५ फाल्गुण ११ गते बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन डेभलपमेण्ट बैक लिमिटेड, गुल्मी जिल्लाको तमघासमा केन्द्रीय कार्यालय रहेको रेसुङ्गा विकास बैक लिमिटेड र प्युठान जिल्लाको विजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी बिकास बैक लिमिटेड मर्ज भै बनेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले फागुन ११ गते शनिवार स्थापना दिवश तथा बार्षिकोत्सव मनाउने बैकका प्रमुख जोखिम अधिकृत सिए यशोधन पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission