© २०२३
लगानीपछि राम्रो प्रतिफल आउने भएपछि बुटवलका व्यवसायीहरु हाईड्रो (जलविद्युत) मा लगानी तर्फ आर्कषित भएका छन् ।
केही समय पहिला बुटवलमा स्थापान भएको नागरिक उर्जा बुटवल कम्पनीले पुर्ण स्वामित्वमा रहने गरी म्याग्दी जिल्लाको घार र सिख गाविसमा रहेको ‘घार खोला जलविद्युत आयोजना’ निर्माण गर्दै छ ।
बुटवलमा नै प्रधान कार्यालय रहेको भिजन लुम्बिनी प्रा.(लि) को भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड अन्तर्गत सेती नदी हाइड्रो पावर लिमिटेडले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ भराभुरीमा सेती नदीमा जलविद्युत उत्पादन गर्दैछ ।
विभिन्न जलविद्युत कम्पनीमा शेयर लगानी गर्नुको अलवा बुटवलमा कार्यालय नै स्थापना गरेर यस क्षेत्रका व्यवसायीहरु जलविद्युतमा लगानीको लागि हौसीएका हुन । केही बर्ष पहिला बुटवल पावर कम्पनी लिमेटेडले प्यूठान जिल्लामा १६ मेघावट जलविद्युत उत्पादन गरी राम्रो आम्दानी गरेको छ । सोही अनुरुपम आफुहरुलाई जल विद्युतमा नमुना बनाउनको लगि पछिल्लो समयमा दुई वटा कम्पनीहरु यसमा लागिपरेका छन् ।
नागरिक उर्जा कम्पनी प्रालि बुटवल र भिजन लुम्बिनी कम्पनी प्रालिले जलविद्युतको कार्य अगाडी बढाएका हुन । पुर्णरुपमा नगारिक उर्जा प्रालिकै लगानीमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको वडा नं. ५ र ५ मा पर्नेगरी घार खोला जलविद्युत आयोजना १४ मेघावाट जलविद्युत उत्पादन योजना अगाडी बढेको छ । नागरिक उर्जा बुटवल प्रालिका अध्यक्ष होमबहादुर गलामी का अनुसार पहिला व्यक्तिगत रुपमा उर्जामा लगानी गरेका व्यवसायीहरुले अहिले संस्थागत रुपमा उर्जा (जलविद्युत) मा लगानी गर्ने पहिलो कम्पनी हो ।
म्याग्दी हाईड्रोपावर कम्पनीको स्वामित्वमा रहेको १४ मेघावाट जलविद्युत उत्पादन हुने उक्त आयोजनाको पुर्ण लगानी नागरिक उर्जा बुटवल प्रालि रहेको छ ।
नागरिक उर्जा कम्पनी बुटवलका अध्यक्ष होम गलामी भन्छन्–‘गत बैशाख महिना देखि जलविद्यूत निर्माणको काम सुरु भैसकेको छ । ’ अहिले धमाधम निर्माणको कार्य अगाडी बढेको जानकारी दिदै उनले वि .स. २०७७ साल मंसिर महिना सम्म मा निर्माण सक्ने गरी कार्य अगाडी बढिरहेको जानकारी दिए ।
जसको लागि बुटवल नागरिक उर्जा कम्पनी प्रालिले ८.३ मेघावाट जलविद्युत क्षमताको लागि स्वीकृत लिएको र अन्य ५.७ मेघावट उत्पादनको लागि सरकारबाट स्वीकृत लिएर थप गरेको छ । जसको लागि बुटवलका करिव ३३ सय सदस्यहरुले लगानी गरेका छन् ।
स्थानिय स्तरमा बुटवलका व्यवासायी, सर्वसाधारण देखि लिए विभिन्न व्यक्तिहरुले न्युनतम ५० हजार देखि ५० लाख सम्म लागानी गरेका छन् । कुल लागत २ अर्व ४१ करोड ५८ लाख रुपैयाँ रहेको यो आयोजनामा आयोजनामा बैंकबाट ऋण अनुदान ७० प्रतिश तर शेयर मार्फत ३० प्रतिशत लगानी रहेको छ । बार्षिक ४२ करोड २० लाख रुपैयाँ आम्दानी गर्न सकिने यो आयोजनाबाट एक जना सेयर सदस्यले बार्षिक २१.७७ प्रतिशत लगानीको प्रतिफल पाउने आयोजनाले जनाएको छ । १२ सय मिटर लामो १.४० मिटरको पाईपबाट पानी पावर हाउसमा ल्याएर निर्माण गरिने छ । पानीको वाहव अहिले ३३१ प्रति क्युसेक रहेको छ ।
यस्तै बुटवलबाट
भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड अन्तर्गत सेती नदी हाइड्रो पावर लिमिटेडले तीन बर्षभित्र विद्युत उत्पादन सुरू गर्ने गरी कार्य अगाडी बढाएको छ । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानी रहेको उक्त कम्पनीले सेती खोला जलविद्युत आयोजनाबाट २५ मेगावाट विद्युत उत्पादन गर्नेछ ।
करिब पाँच अर्ब रुपैयाँको लागतमा विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनामा बढीभन्दा बढी लगानीकर्ताको सहभागिता गराउने लक्ष्य लिइएको छ ।
कम्पनीले विद्युत खरिदको लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता समेत गरिरहेको भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेल बताउँछन् ।
भिजन लुम्बिनीले मेघा प्रोजेक्टको सेतीखोला जलविद्युत आयोजना अगाडी बढाएको अध्यक्ष पोखरेलको भनाई रहेको छ । वर्षायाममा भन्दा हिउँदयाममा पानीको स्रोत कम हुने र विद्युत उत्पादन समेत घट्ने भएकोले विद्युतको दर केही बढी तय गरिएको बताए ।
आयोजनाले उत्पादन गरेको विद्युत वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरिद गर्ने सहमती भएको अध्यक्ष पोखरेलको भनाई रहेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ भराभुरीमा निर्माण हुने उक्त आयोजना निर्माणका लागि स्थानीयसँग गत साउनमै १४ बुँदे सम्झौता भइसकेको थिया े।
भिजन लुम्बिनीका अध्यक्ष पोखरेलले संस्थाले बुटवललाई केन्द्र बनाएर जलविद्युत तथा उर्जा, स्वास्थ्य, शिक्षा, अर्थ तथा वित्त, पर्यटन, व्यापार, सञ्चार, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा विभिन्न योजना सञ्चालन गरिएको बताउछन् ।
यस अघि बुटवलका केही व्यवसायीहरुले संस्थागत रुपमा नभई शेयर लगानीको रुपमा गुल्मी जिल्लाको रुपाकोमा रुरु हाईड्रो पावरले कम्पनी प्रालिमा लगानी गरेका थिए । जसबाट जलविद्यूत उत्पादन भैरहेको छ । आयोजनाले १२ किलोमिटर ट्रान्समिसन लाइन बनाएको थियो । आयोजनाबाट हिउँदमा २ .५ मेगावाट र वर्षायाममा ५ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । कुल लागत ८१ करोड ५० लाख रुपैयाँ रहेको भएपनि लक्ष्य भन्दा चार महिना अघि नै काम सकिएकोले ७७ करोड मात्रै लगानी भएको आयोजनाले जनाएको छ ।
कुल लगानीमध्ये शाहस हाइड्रो पावर कम्पनी लिमिटेडको २३ करोड ११ लाख सन्तानब्बे हजार तीन सय रुपैयाँ (८५ प्रतिशत) र भरत नेपालको चार करोड ३८ लाख २ हजार ७ सय (१५ प्रतिशत) लगानी रहेको छ । यसैगरी क्लिन इनर्जी डेभलपमेन्ट बैंको नेतृत्वमा पाँचवटा वाणिज्य बैंकले आयोजनामा लगानी गरेका छन् । शाहस हाईड्रोपावर अहिलेसम्म ८ सय ६२ जना शेयरधनीहरुको लगानी रहेको छ । ५० करोड अधिकृत पुँजी रहेको छ भने चुक्ता पूँजी २५ करोड १९ लाख रुपैयाँ छ ।
केही समय पहिला शाहस हाइड्रो पावर कम्पनी ले निर्माण गरेको ५ मेघावटको गुल्मी जिल्लामा रहेको ‘माथिल्लो हुग्दी खोला’ जलविद्युत आयोजनामा बुटवलका व्यवसायीहरुले २० प्रशित लगानी गरेका थिए । सरकारी–निजी– सहकारी अवधारणामा निर्माण गरिएको यो आयोजनाको लागत ७७ करोड रुपैयाँ रहेको थियो । जसको परिक्षण उत्पादन समेत सम्पन्न भएर राष्ट्रिय प्रशारणमा समेत जोडीसकिएको छ । जसमा बुटवलका लगानी कर्ता व्यवासायी व्याक्ति, सहकारी तथा व्याक्तिगत रुपमा करिव १५ करोड ४० लाख रुपैयाँ लगानी भएको थियो ।