ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

अनुशासित बनाउन राष्ट्रिय सेवा दल तालिम

२६ मंसिर २०७५, बुधबार
२६ मंसिर २०७५, बुधबार

विद्यालय तहमा अध्ययन गर्ने युवालाई देश र जनताप्रति जिम्मेबार, कामप्रति ईमान्दार र अनुशासित बनाउने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय सेवा दल अर्थात एन.सि.सि तालिम प्रदान गर्दै आइरहेको छ । मुलुकमा भैपरी आउने बिपद ब्यबस्थापन लगायतका बिषयमा सघाउ पुराउने मुल उद्देश्य लिएको राष्ट्रिय सेवा दलले नेपालका ७७ वटै जिल्लामा संचालन गर्दै आएको यो तालिम रूपन्देहीका विभिन्न ६ वटा विद्यालयहरूमा संचालन भैरहेको छ ।
बुटवलका कान्ति माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, सिद्देश्वर लालकुमारी माध्यमिक विद्यालय र जनजागृती माध्यमिक विद्यालय र भैरहवाका नमुना माध्यमिक विद्यालय र सुसंस्कृत माध्यमिक विद्यालयमा एन.सि.सि तालिम संचालन भैरहेको छ । कक्षा ८ र ९ मा अध्ययनरत बिद्यार्थीहरू सहभागि रहने सो तालिम संचालन भैरहेका ति बिद्यालयहरूमा प्रथम चरणको छनौट प्रक्रिया गत असार ५ देखि शुरु भएको र तालिम साउन १ बाट संचालन भएको थियो । प्रत्येक बिद्यालयमा ३६ जना छात्रछात्राहरूले तालिम प्राप्त नेपाली सैनिकहरूबाट उक्त तालिम हासिल गरेको कान्ति माबिका प्राचार्य गोविन्द ज्ञवालीले बताए ।
प्राचार्य ज्ञवालीका अनुसार युवा शक्तिलाई अनुशासित, कर्तव्यनिष्ठ र निष्ठावान बनाई नेतृत्व क्षमताको विकास गर्दै एक दक्ष नागरिक बनाउने उद्देश्यले वि.स. २०२२ सालमा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । सेवा दलले स्थापना कालदेखि नै युवाहरूमा राष्ट्रियता, अनुशासन, एकताको भावना, आत्मभरोसा, नेतृत्व र क्षमता बिकास लगायत व्यक्तित्व विकासमा सहयोग गर्नुका साथै राष्ट्रका लागि दक्ष एंव विवेकशिल नागरिकको उत्पादनमा टेवा पुराउदै आएको छ । राष्ट्रिय सेवा दल अन्तर्गत हालसम्म जुनियर डिभिजनका ४४ वटा र सिनियर डिभिजनका १३ वटा व्याचलाई दिक्षित गरिसकेको नेपाली सेनाले जनाएको छ ।
नेपालमा २०२२ सालदेखि राष्ट्रिय सेवा दलको नामबाट युवा विकास कार्यक्रमको थालनी भएको हो । राष्ट्रिय सेवा दलको कार्यक्रम शुरुदेखिनै नेपाली सेनाको प्रत्यक्ष निगरानी र प्राबिधिक सहयोगमा संचालन हुँदै आएको छ । यस कार्यक्रमबाट बढी भन्दा बढी युवाहरू लाभान्वित हुन सकुन भन्ने पवित्र उद्देश्यले देशव्यापी रूपमा यसलाई विस्तार गरिएको हो । यसबाट लक्षित युवावर्ग अनुशाशित, इमान्दार, परिश्रमी, लगनशिल एवं नैतिकवान हँुदै भविष्यमा सबैका लागि उदाहरणिय बन्न सकुन भने दृढ विश्वास लिएको नेपाली सेनाका मेजर लक्ष्मण थापाको भनाई छ ।
थापाका अनुसार २०३१ साल देखि माध्यमिक विद्यालय तहका कक्षा आठ र नौ कक्षाका विद्यार्थीहरू यस कार्यक्रममा सहभागि गराउन शुरु गरिएको थियो । राष्ट्रिय सेवा दलको जुनियर डिभिजनको प्रशिक्षार्थी संख्या अधिराज्य भरिबाट प्रत्येक वर्ष ५ सय जना छात्र छात्राहरूलाई समावेश गराई तालिम संचालन गर्ने र सो मध्ये ५० प्रतिशत छात्रा ५० प्रतिशत छात्रहरू भर्ना गर्ने व्यवस्था मिलाइएको छ । प्रत्येक वर्ष भर्ना लिइने ५ सय जना छात्रछात्राहरूको कोटा ५ वटै विकास क्षेत्रहरूमा विभाजन गरिएको मेजर थापाको भनाइ छ ।
जस अनुसार पूर्वान्ञचल विकास क्षेत्रमा ७५ मध्यमाञ्चल विकास क्षेत्रमा २ सय ५०, सो मध्ये काठमाण्डौंमा १ सय, भक्तपुर ५०, ललितपुर ५० र उपत्यका र वाहिरका शाखाहरूमा ५० जना रहेका छन । पश्ञ्चिमाञ्चचल विकास क्षेत्रमा ७५, मध्य पश्चिमाञ्ल विकास क्षेत्रमा ५० र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा ५० छात्राछात्रहरू भर्ना गर्ने व्यवस्था मिलाइएको थियो । राष्ट्रिय सेवा दल तालिमका लागि छुटाइएको उक्त कोटा आलोपालो गरि विभिन्न अञ्चल र जिल्लाहरूलाई उपलब्ध गराइन्थ्यो । जस्ले गर्दा सबै ठाँउको प्रतिनिधित्व हुने अपेक्षा गरिएको थियो ।
राष्ट्रिय सेवादल जुनियर डिभिजनको तालिमको अवधी १ आर्थिक वर्षभरिमा जम्मा १ सय दिनको हुने र तालिमको अन्त्यमा ७ दिनको सामाजिक र १४ दिनको सैनिक क्याम्प समेत आयोजना गर्ने व्यबस्था मिलाइएको थियो । नेपाली सेनाका अनुसार परेड र क्याम्प गरि ७५ दिन अनिवार्य रुजु हाजिर हुनुपर्ने व्यवस्था छ । तालिममा छात्रछात्राको चरित्र निर्माण गर्नु र उनीहरूमा भातृत्व तथा एकताको भावना जागृत गरी आफ्नो काममा जिम्मेवारी लिने बानी बसाल्ने तथा दैवि प्रकोप तथा देशमा संकट आइपरेमा सहयोग गर्ने बिधिहरू सिकाइएको हुन्छ । विद्यार्थीहरूलाई ड्रिल, मास पि.टी. पौडी, बक्सिङ्ग, घोडचढी, खुकुरी डिल, तेक्वाण्डो, पि.टी., जिम्न्याष्टिक, जुडो, वार्षिक क्याम्प आदी तालिमहरू सिकाइएको नेपाली सेनाका जम्दार शंकर श्रेष्ठले बताए । राष्ट्रिय सेवा दलमा भर्ना हुनका लागि सिनियरका लागि कम्तीमा १६ वर्षको र जुनियरमा १४ वर्ष हुनु पर्दछ । छात्रको उचाई ५ फिट र छात्राको कम्तीम ४ फिट १० इन्च र तौल उमेर अनुसार हुनु पर्दछ । यो तालिमका लागि विद्यालय, अभिभावकको स्विकृती र छात्रछात्राको इच्छाले हुने प्रशिक्षक हवलदार होमबहादुर श्रेष्ठको भनाई छ ।
यसैबिच राष्ट्रिय सेवा दलले संचालन गर्दै आएको तालिममा सहभागि विद्यार्थीहरूलाई कान्ती माध्यमिक विद्यालयले एक समारोहको आयोजना गरि विदाई गरेको छ । कक्षा ८ र ९ मा अध्ययन गर्ने ३६ जना छात्रछात्रालाई विदाई गरिएको विद्यालयका सह चुरामणी पौडेलले बताए । तालिम पश्चात बिद्यार्थीहरूमा निकै परिवतर्न आएको पौडेलकोे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?