ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

उद्योग दर्तामा महिला पछाडि

२६ मंसिर २०७५, बुधबार
२६ मंसिर २०७५, बुधबार

जिल्लामा चालु आर्थिक वर्षको ४ महिनाको अवधीमा ४ सय ३५ नयाँ उद्यमी थपिएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयमा ४ महिनाको अवधीमा दर्ता भएका ३ सय ६९ उद्योगमा गरी ४ सय ३५ जना नयाँ उद्यमी थपिएका हुन् । थपिएका नयाँ उद्यमी मध्ये ३ सय ७३ जना पुरुष र ६२ जना मात्र महिला रहेको घरेलु तथा साना उद्योग कार्यालय घोराहीले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी वामदेव खनालका अनुसार यसरी थपिएका मध्ये उत्पादन मुलक उद्योगमा ६७ जना पुरुष र ८ जना महिला थपिएका छन् । त्यसैगरेर सेवा मुलक उद्योगमा ६१ जना पुरुष र १८ जना महिला रहेका छन् । कृषि तथा वन्य उद्योगमा १ सय ८४ जना पुरुष र २७ जना महिला छन् भने पर्यटन उद्योग तर्फ ६१ पुरुष र ९ जना महिला रहेका छन् । चार महिनाको अवधीमा जिल्लामा थपिएका नयाँ उद्योगहरू १ हजार १ सय २१ जनाले रोजगारी प्राप्त गरेका छन् । जसमा पुरुष १ हजार ७१ जना र महिला ५० जना रहेका छन् ।

उत्पादन मुलक उद्योगमा २ सय ३० जना पुरुष र ९ जना महिलाले रोजगारी प्राप्त गरेका छन्् भने सेवा मुलक उद्योगमा १ सय ६९ जना पुरुष र २१ जना महिलाले रोजगार प्राप्त गरेका छन् । कृषि तथा वन जन्य उद्योगमा ४ सय ६३ जना पुरुषले र १५ जना महिलाले रोजगारी प्राप्त गरेका छन् । त्यसै गरेर पर्यटन उद्योग अन्तर्गत २ सय ९ जना पुरुष र ५ जना महिलाले रोजगार प्राप्त गरेका छन् ।
जिल्लामा ४० उद्योगको क्षेत्रमा ४० करोड ९४ लाख ८२ हजार ४ सय ४७ रूपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । जसमा स्थिर पँुजी २३ करोड ६२ लाख ४३ हजार ८ सय ६४ रूपैयाँ लगानी भएको छ भने चालु तर्फ १७ करोड ३२ लाख ३८ हजार ५ सय ८३ रूपैयाँ पुँजी लगानी भएको छ । चार महिनाको अवधीमा उत्पादन मुलक ६४ वटा उद्योग थपिएको सुचना अधिकारी खनालले जानकारी दिए । जसमा ग्रिल १९ वटा, फनिचर स्टिल समेत गरी ११ वटा, तयारी पोशाक उत्पादन ४ वटा, सुनचाँदी गहना ६ वटा, चाउमिन सस ३ वटा, तारजाली उद्योग १ वटा, सावुन सर्फ ३ वटा, भाँडा उद्योग १, अचार जुस १, घरायसी सामान उत्पादन १, अण्डा राख्ने ट्रे, वाकस, मिल, वोरा उत्पादन, न्यापिन उद्योग, पाउरोटी, विद्युतीय सामग्री उत्पादन उद्योग १/१ वटा रहेका छन् ।

डेरी उद्योग ३ र सिमेन्ट सामाग्री उत्पादन गर्ने उद्योग ३ वटा रहेका छन् । त्यसैगरेर सेवा मुलक उद्योग अन्र्तगत ६८ वटा उद्योग दर्ता भएका छन् । जसमा सिलाइ कटाइ कढाइ ७ वटा, छपाइ सञ्चार ४ वटा, मर्मत उद्योग ८ वटा, वुटिक उद्योग ५ वटा, होस्टेल १, फ्रेस हाउस २ वटा, निर्माण ९ वटा, ढुवानी सेवा ७ वटा, पशिक्षण केन्द्र १, इन्जिनियरिङ कन्सल्टेन्सी ४ वटा, कपाल काटने १, फोटो स्टुडियो १, फिटनेस उद्योग १, व्यटिपार्लर ४ वटा, स्नुकर हाउस १ वटा, टेन्ट हाउस ३, यातायात सेवा १ र मिल ८ वटा दर्ता भएका छन् ।
कृषि तथा वन जन्य उद्योग अन्र्तगत १ सय ८१ वटा उद्योग दर्ता भएका छन् । जसमा पोल्टी फर्म ८१ वटा, गाइ, भैसी फर्म १७ वटा, बाख्रा पालन १४ वटा मौरी पालन ६ वटा, बंगुर फर्म ११ वटा, माछा पालन १० वटा र वहुउदेश्य कृषि ४२ वटा थपिएका छन् । पर्यटन उद्योग होटल, तथा रेष्टुरेन्ट गरी ५६ वटा उद्योग नयाँ थपिएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?