© २०२३
नेपालको अर्थनीतिको विषयमा विष्लेषण गरी लेखिएको ‘नेपालको अर्थराजनीति’ सम्भावना र चुनौती पुस्तकको शनिवार वुटवलमा समीक्षा गरिएको छ । नेकपाका नेता वामदेव क्षेत्री घिमिरेद्धारा लेखिएको उक्त पुस्तकमाथी समिक्षा गर्दै अर्थशास्त्रीहरूले नेपालको आर्थिक विकासमा उपरि संरचनाहरू बाधक रहेको औल्याएका छन । दुई देश विच भएका सन्धीहरू तथा आन्तरिक संरचना, अस्थिर राजनितिकका कारण मुलुकको आर्थिक विकासले गति लिन नसकेको उनीहरूको ठम्माई छ ।
कार्यक्रममा लेखक क्षेत्री घिमिरे मुलुकको अर्थतन्त्र बलियो बनाउन यसको आयामहरूको अध्ययन गरिनु पर्ने बताए । औद्योगिक विकास विना आर्थिक विकास असम्भव भएकाले औद्योगिक विकाससँगै कृषीको विकास हुने बताए । लेखक क्षेत्रीले विगतमा पत्रपत्रिकामा लेखिएको लेखको पारिश्रमिकले अनाथ वालवालिकालाई अध्ययनमा खर्च गरेको जानकारी दिदै पुस्तक विक्रिबाट आएको आम्दानी तिनै वालवालिकाको अध्ययनमा सहयोग गर्ने बताए । कार्यक्रममा समिक्षक, प्राध्यापक डा सुरेन्द्र गिरीले चिनिया मोडलको अर्थ व्यवस्थाले नेपालको आर्थिक संमृद्धि हुन सक्ने बताउँदै त्यो पुरा पुस्तकमा उल्लेख हुनु राम्रो पक्ष भएको बताए । उनले कृषी र उद्योग नै आर्थिक विकासको आधार भएको बताए ।
कार्यक्रममा अर्थशास्त्रका प्राध्यापक एवं लेखक बैकुण्ठ पाण्डेले पुस्तकले स्वाधिन अर्थतन्त्रको सन्देश दिएको बताउदै आर्थिक संमृद्धिको मोडलको पनि चर्चा गरेको बताए । उनले पुस्तकमा वोधगम्य र सरलतापन पाईएको बताए ।
अहिले संक्रमणकालिन अर्थतन्त्र रहेको र पुजीवादी अर्थतन्त्रको फ्युजनबाट प्रजातान्त्रिक समाजवाद हुने कुरा पुस्तकमा उल्लेख भएकाले बामपन्थी पोलिटिक्समा चर्चा हुने ठाउँ रहेको बताए ।
कार्यक्रममा प्राध्यापक डा वावुराम ज्ञावली, सह प्राध्यापक लिलावल्लभ ढकाल नेकपाका नेता अनुप वराल, पत्रकार गुनाराम घिमिरे लगायतले पुस्तक उपयोगी भएको बताए । सांग्रिला बुक्सले हालै प्रकाशन गरेको उक्त पुस्तक १ सय ४० पृष्ठको रहेको छ । विमोचन गरेको केही दिन भित्रै बजारबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै लेखक तथा प्रकाशक उत्साहित भएका छन् ।