© २०२३
बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित बुटवल वहुउदेश्यीय सहकारी संस्था लिले आफ्नै नवनिर्मित भवनबाट सेवा संचालन गरेको छ । नवनिर्मित साढे ४ तले व्यवसायीक भवनको सनिवार एक कार्यक्रमविच बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गरे ।
सो अवसरमा मेयर सुवेदीले आर्थिक संवृद्धिको आधार सहकारी भएको बताए । सरकारले अघि सारेको तिनखम्वे अर्थनितिले पनि सहकारीलाई एउटा प्रमुख खम्वाको रूपमा हेरेको बताउदै बुटवल नगरीको आर्थिक संमृद्धिमा यहाँका सहकारीको योगदान रहने बताए । उनले बुटवल नगरीलाई पुर्व शिपयुद्ध र वेरोजगार रहित नगरको रूपमा विकास गर्न चाहेको बताउँदै युवालाई सिपयुक्त वनाउने अभियानका बुटवल वहुउद्देश्यीय सहकारीसँग सहकार्य गर्न चाहेको उल्लेख गरे ।
पुर्व सांसद तथा नेकपाका नेता नेत्र पन्थीले छरिएर रहेको पुँजीलाई एकिकृत गर्दे मुलुकको आर्थिक संमृद्धिमा सहकारीले खेलेको भूमिका अतुलनिय रहेको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष लोकनाथ प्रसाद भूसाल सचिव बुद्धिमान थापा उपाध्यक्ष बलराम उपाध्याय निवर्तमान अध्यक्ष उदयराज भण्डारी, महिला शेयर सदस्य कमला पन्थ, अर्का शेयर सदस्य लक्ष्मण प्रसाद देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साढे ४ तले उक्त सहकारी भवन करिव साढे २ करोड लगानीमा तयार भएको हो । गत मंसिर महिनादेखी निर्माण शुरु गरिएको उक्त भवन एक वर्षमा पुरा भई संचालनमा ल्याईएको निर्माण संयोजक तथा संचालक समिति सदस्य यदुनाथ पाण्डेले जानकारी दिए ।
विसं २०५३ सालमा एक सय जना सदस्यहरूबाट शुरु गरिएको सहकारीमा अहिले १ हजार ३ सय ७१ जना शेयर सदस्य रहेको सहकारीका अध्यक्ष लोकनाथ प्रसाद भूसालले बताए । सहकारीमा पुरुषको संख्या७ सय ७३ जना र महिलाको संख्या ५ सय ९८ रहेको छ ।
२०७५ असार मसान्त सम्म संस्थाको शेयर पुँजी ७ करोड, वचत निक्षेप ५३ करोड २६ लाख जगेडा कोष २ करोड, ३४ लाख रहेको अध्यक्ष भूसालले जानकारी दिए । संस्थाले ५२ करोड रूपैया कर्जा लगानी गरेको छ । त्यसबाट १ करोड ५१ लाख मुनाफा गरी ६३ लाख ७० हजार रूपैया सरकारलाई राजश्व दाखिला गरेको जनाईएको छ । उक्त सहकारीले १७ विगाहा क्षेत्रमा कृषीमा आधारित परियोजना संचालन गर्ने योजना बनाएको छ । जसको लागि कपिलवस्तु वुद्धभूमि नगरपालिका पुर्व पश्चिम मार्ग छेउछाउमा निरिक्षण गरिसकेको छ । सनिवार सम्पन्न भवन उद्घाटन सहितको २१ औ वार्षिक साधारणसभाको अवसरमा ७० वर्ष भन्दा वढि उमेरका जेष्ठ शेयर सदस्य, उत्कृष्ट कर्मचारी असल ऋणि, लाई सम्मान गरिएको थियो । एइइमा उत्कृष्ट जिपिए ल्याउने सुदिक्षा सापकोटा, प्लस टुमा ३.५९ ल्याउने अंकित पौडेल, विएससि नर्सिङान ७३.९२ प्रतिशत अंक ल्याउने प्रियंका ज्ञवाली, एम विएमा ३.१८ अंक ल्याउने नम्रता भण्डारी, एमविविएस उर्तिण सुभास सापकोटा, एमडि तह उर्तिण विकास भण्डारी, एमएस सर्जन सुदिप सापकोटा, एमडि उर्तिण सिमित सापकोटालाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य गोकर्ण वहादुर कुवर,मथुरा भण्डारी, भक्तराम ज्ञवाली, मिरादेवी थापा नेत्रप्रसाद खनाललाई पनि सम्मान गरिएको थियो । साथै उत्कृष्ट कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो । साधारण सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखासमितिको प्रतिवेदन पारित गरेको संस्थाका मुख्य व्यवस्थापक प्रकाश खनालले जानकारी दिए ।