© २०२३
पछिल्लो समय सरकारले मदिरा व्यवसायीलाई उपेक्षा गरेको आरोप लगाएका छन् ।गोरुसिंगेमा आयोजित कपिलवस्तु मदिरा व्यवसायिको चौथो साधारण सभा तथा दोस्रो अधिवेसनमा बोल्दै व्यवसायिहरूलाई पुराना ऐन कानुनलाई परिमार्जन गरेर व्यवसायिहरूलाई धरापमा पार्न खोजेको बताएका छन् ।
मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कृष्ण नेपालले सरकार सचेत नबने त्यसको नतिजा नराम्रो आउने चेतावनी दिएका छन् । लाखौ करोडौको लगानीमा संचालन भएका व्यवसायलाई धरापमा पार्ने ऐन कानुन कुनै पनि हालतमा स्वकार्य नहुने दावी गरे । उनले अवैध मदिरा बिक्री वितरणबाट लाखौंको राजश्व छलिभइरहेको त्यसलाई नियन्त्रण गर्नुपर्ने वताए ।
सयिहरूलाई मदिरा आपूर्तिमा समस्या भइरहेको जनाउँदै यसलाई संगठनमा बाटै समाधान गर्ने बताएका छन् । कानुन विपरित व्यवसाय नगर्न अध्यक्ष नेपालले व्यवसायीहरूलाई निर्देशन दिएका छन् । सरकारले गरेको उपेक्षाको विरोध गर्दै स्थानीय सरकारका जनप्रतिनिधिहरूले मदिरा व्यवसायीलाई सकारात्मक दृष्टीले हेर्नुपर्ने आग्रह गरेका छन् । केन्द्रिय उपाध्यक्ष खिम वहादुर खत्रीले सरकाले बनाउने भनेको ऐन नीतिमा आफ्ना मागहरूलाई समेटनु पर्ने बताए ।
कार्यक्रममा आन्तरीक राजस्व कार्यलय कृष्णनगरका प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले मदिरा स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले सरकारले यसमा कडा नियम लगाउने गरेको बताए । न्यौपानेले अवैध मदिरा नियन्त्रण समिति गठन गरेर अवैध रूपमा मदिरा वेचविखन गर्नेलाई कारवाही गर्नुपर्ने बताए । त्यस्तै रूपन्देही मदिरा संघका निवर्तमान अध्यक्ष सुलोचन ढकालले देशको मुख्य अर्थतन्त्र मदिरा व्यवसायले धानेको जनाए । कपिलवस्तुको गोरुसिंगेमा भएको उक्त सभामा कपिलवस्तुका सवै मदिरा व्यवसायीहरूलाई एकजुट भएर संगठनमा लाग्न आह्वान गरिएको छ । कार्यक्रममा बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
सोही अधिवेशनले गिरीराज पौडेलको अध्यक्षता १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा कुलचन्द्र सिग्देल, द्वितीय उपाध्यक्ष परशुराम बारी, महासचिवमा सन्देश कक्षपती, सचिव गोविन्द पौडेल, कोषाध्यक्षमा मधु सिग्देल, महिला सदस्य श्याम कुमारी पौडेल, बरिष्ठ सल्लाहकारमा शान्ता सापकोटा र अन्य सदस्यमा रहेका छन् । à