© २०२३
राष्ट्रिय स्तरका बाणिज्य बैंकहरूले ब्याज बढाउन लागेपछि उद्योगी व्यवसायीहरू त्रसिद भएका छन ।
केहीदिन अघिसम्म व्यक्तिगत मुद्दती निक्षेपमा धेरै ब्याज दिन तँछाडमछाड गरिरहेका बैंकहरूले अहिले कर्जाको ब्याज पनि बढाउन थालेका छन् ।
बैकमा कर्जायोग्य रकमको अभाव भएपछि बैंकहरूले मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने योजना अघि सारेका थिए । बैंकहरूले मुद्दती निक्षेपमा धेरै ब्याज दिन थालेको भन्दै बचतकर्ता मख्ख पर्न नपाउँदै उद्योगी व्यापारीहरू निरास हुन बाध्य भएका छन् । बैकहरूले कर्जा लिएका व्यवसायीहरूलाई ब्याज बढेको पत्र पठाउन सुरु गरेपछि व्यवसायीहरू निरास भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुररकाले फेशबुकमा स्टाटस लेखेर नै बैकहरूले कर्जाको व्याज बढाउन थालेको बताएका छन । उनले बैकहरूको भद्र सहमति भगं, मुद्दती खातामा ब्याज बढाएर पैसा तान्नै होडबाजी शुरू, नयाँ दरमा डिपोजिट आउन शुरू नहँुदै ऋणको ब्याज दर बढाउने पत्र आउन थाले भनी लेखेका छन ।
यस क्षेत्रमा पनि बैकहरूलाई कर्जाको ब्याज बढाउन केन्द्रिय कार्यालयहरूले पत्राचार गरीसकेका छन । केन्द्रबाट निर्देशन आएसंगै यस क्षेत्रका बैकहरूले पनि कर्जाको ब्याज बढेको एकतर्फी जानकारी दिन लागेका छन । कर्जा लिएका व्यवसायीहरूले आफू आबद्ध व्यवसायीक संस्थामा गुनासो राखेपनि कुन बैकले कर्जामा कति ब्याज बढाए भन्न चाहदैनन । किस्ता र ब्याज तिर्दा बैकले थप दुःख दिन सक्ने भयले आफ्नो ऋणको ब्याज बढाउने बैंकको नाम सार्बजनिक गर्दैनन ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल र रूपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले व्यवसायीहरूबाट ऋणको ब्याज बढेको गुनासो व्यवसायीले गर्न लागेको बताए । बैकहरूले कर्जाको ब्याज एक्कासी बढाउँदा व्यवसायीक वातावरण बन्छ कि भन्ने आशा पलाउन लागेको बेला निरासा थपिने बताए ।
एनआईसी एशिया बैकका बुटवल शाखा प्रमुख दीपक आचार्यले तरलता अभावले मुद्दती निक्षेपमा ब्याज बढेपछी कर्जामा पनि सोही अनुपातमा बढ्नु सामान्य भएको बताए । उनले आफ्नो बैंकले अझै पत्र नपठाएको भएपनि अव जानकारी दिने बताएका छन ।
यसैबिच डेभलपमेण्ट बैकरर्स एशोसिएसनले देशभरका डेभलपमेण्ट बैकहरूले ब्याजदर नबढाएको स्पष्ट पारेको छ । उसले अहिले ब्याज बढाउनुको औचित्य नभएको पनि जनाएको छ । एशोसिएसनका केन्द्रिय उपाध्यक्ष तथा साइन रेसुगां डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले मुद्दती निक्षेप र कर्जामा ब्याज बढाएर तरलता कम गर्न नसकिने बताए । उनले मुद्दती निक्षेपमा ब्याज बढाउदा एउटा बैक बित्तिय संस्थामा रहेको पैसा मात्रै अर्को बैंक बित्तिय संस्थामा जाने भएकाले दीर्घकालिन समाधान नभएको बताए । à