© २०२३
जनशक्ति र बजेटको तालमेल हुन नसके आयोजनाका दस्तावेजहरू कोरा कागजका रूपमा मात्रै सिमित हुने प्रदेश नम्बर ५ का भौतिक योजना पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताएका छन ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको १८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै चौधरीले एक घर एक धारा सरकारको निती भएकोले सँविधानमा ब्यवस्था भए अनुरूप हरेक नागरिकले स्वच्छ खानेपानी पाउनु मौलिक अधिकार रहेको बताए ।
मन्त्री चौधरीले अहिले प्रदेशले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्विकार गर्दै कर्मचारी ब्यवस्थापन मुख्य चुनौती रहेको बताए । कर्मचारी र बजेट विच तालमेल मिलाउन सकेमात्र विकासले गति लिने उनले बताए ।
प्रदेश सरकाले पहिलो चौमासिकमा बजेट विनियोजन कार्ययोजना निर्माण अख्तियारी प्रदान गर्ने काम सम्वपन्न भैसकेकोले अव विकास निर्माणका कामले गति लिने मन्त्री चौधरीले बताए ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्माले बर्दघाट नगरपालिका मा आगामी ५ बर्ष भित्रमा नगरका सम्पुर्ण नगरबासीले सुद्ध पानी पिउन पाउने गरी नगरपालिकाले कार्य अगाडि बढाएको बताए ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रवक्ता रविन्द्र विक्रम हमाल, संस्थाका पूर्व अध्यक्ष कमान सिँह थापा, खानेपानी डिभिजन कार्यालय प्रदेश ५ का डिभिजन इन्जिनियर राजकुमार चौधरी, नेकपा का शिवलाल कँडेल, नेपाली काँग्रेसका शम्भुलाल श्रेष्ठ, पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सँस्थाका अध्यक्ष इन्द्र कुमार रानाले प्रगति प्रतिवदेन प्रस्तुत गर्दै आगामी दिनका भावी कार्यक्रम समेत प्रस्तुत गरेका थिए । २०५५ सालबाट खानेपानी वितरण सुरु गरेको बर्दघाट खानेपानीले बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा साना शहरी खानेपानी आयोजना समेत सम्पन्न गरी अहिले ३ हजार ३ सय भन्दा धेरै घरधुरीलाई २४ सै घण्टा नेपाल गुणस्तरको पिउने पानी उपलब्ध गराउँदै आएको छ ।à