© २०२३
नेपाल कम्युष्टि पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय महासचिव मोहन बैद्य ‘किरण’ ले आफ्नो पार्टीले नयाँ क्रान्तिको संखघोष गर्ने बताएका छन् । बुटवलमा सम्पन्न नेपाल कम्युष्टि पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय कमिटि बैठकले गरेको निर्णयबारे जानकारी दिन बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासचिव किरणले नयाँक्रान्तिको सूरुवात गर्ने बताएका हुन् ।
उनले अहिलेको सरकार दलाल पँुजीवादी र नोकरशाही प्रणालीलाई आत्मसाथ गरेको भन्दै नयाँ जनवादी क्रान्तिको धारमा अबको यात्रा अगाडि बढ्ने बताए । १० बर्षको जनयुद्ध संसदीय व्यवस्थाको विरुद्धमा भएको जानकारी दिँदै उनले अहिले त्यहि संसदीय व्यवस्थाको पक्षमा सरकारमा लम्पसार हुनु आफैमा लज्जाको विषय भएको बताए । अहिलेको सत्ता पुरानै प्रणाली, सत्तामा केन्द्रीत भएको भन्दै उनले त्यसको विरुद्धमा पनि अबको संघर्ष केन्द्रीत हुने बताए । क्रान्तिकारी कम्नुष्टिहरूको बीचमा पार्टी एकता खुल्ला भएको भन्दै उनले अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संगको एकता भने अहिलेको लागि टुङ्गीएको बताए ।
अहिले सरकारले बनाएको प्रदेशिक संरचनामा पहिचान मेटिएको भन्दै उनले लिम्बुवान, खुम्बुवान, मगरात, थारुहट लगायतका प्रदेश गरी १४ प्रदेशको परिकल्पना गरिएकोमा अहिले अर्को ढंगले गर्नु आफैमा निन्दनीय भएको बताए । नयाँ जनवादि क्रान्ति नआए सम्मको लागि अहिलेको क्रान्ति नरोकीने उनको भनाई रहेको थियो ।
अहिले पनि जनयुद्धका घाईते, बेपत्ता तथा पुर्व लडाकुहरूको समस्या समाधान नभएको भन्दै उनले यी समस्या थाति राखेर शान्ती प्रक्रियाले पुर्णता नपाउने बताए । अहिलेको सरकारको ८ महिनालाई उनले केही पनि गर्न नसकेको संज्ञा दिए । विकास खर्च शुन्य हुनुको साथै सिमा क्षेत्र मिचाई, नेपालको नक्साबाट भू–भाग गायब हुने जस्ता कार्यहरू प्रति सरकारले ठोस चासो नदेखाएको भन्दै उनले यसमा गम्भिर हुन आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को बुटवलमा सम्पन्न केन्द्रीय किमिटि बैठकले ६ बुँदे घोषणा पत्र जारी गरेको छ । केन्द्रीय सदस्य परि थापाका अनुसार दुई तिहाईको दम्भ प्रदर्शीत गरेको बाम तथा कम्युनिष्ट पार्टी नव प्रतिक्रियावादी दलाल सरकार भएको दाबी गरे । समृद्ध नेपाल र सुखी नेपाली नाराको धज्जी उडेको उनको तर्क थियो ।
à