ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

२० करोडको कारोबार

१९ मंसिर २०७५, बुधबार
१९ मंसिर २०७५, बुधबार

राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार बिबिधीकरण भन्ने मुल नाराका साथ सञ्चालित तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७५ को समापन भएको छ । उद्योग व्यापार संगठन रूपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजना तथा उद्योग व्यापार संगठन रूपन्देहीको आयोजनामा यही मंसिर ६ गतेदेखि संचालित महोत्सव १८ गते समापन भएको हो ।
विभिन्न क्षेत्रसँग सम्बन्धित ४ सय स्टल रहेको महोत्सवमा २० करोडको आर्थिक कारोबार भएको र २ लाख ५० हजार दर्शकले अवलोकन गरेको महोत्सव मुल आयोजक समिति संयोजक तथा उद्योग व्यापार संगठन रूपन्देहीको तिलोत्तमा शाखा अध्यक्ष सत्यब्रत ज्ञवालीले बताए । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उत्पादक र उपभोक्ता बीचको प्रत्यक्ष मिलन बनाउन महोत्सवको महŒवपूर्ण भूमिका खेलेकोमा प्रशंसा गरे ।
आर्थिक गतिबिधिको थलोको रूपमा हेरिने विभिन्न महोत्सवहरूमध्ये स्थानीय उत्पादनलाई प्राथमिकता दिने काममा अन्य महोत्सव भन्दा तिलोत्तमा महोत्सव अगाडी देखिएको उनले बताए । नेपाल कृषिमा आधारित अर्थतन्त्रमा निर्भर रहेका कारण अब तिन बटै सरकारले कृषिलाई प्राथमिकता दिने भएकोले नीजी क्षेत्रलेपनि त्यसमा सहयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा आयोजकको तर्फबाट मन्तव्य राख्दै उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले नीजी क्षेत्रले आयोजना गर्ने महोत्सवहरूमा सरकारी क्षेत्रको सक्रिय भूमिका हुनुपर्ने माग राखेका थिए । उनले सरकारलाई राजश्व तिर्नेदेखि हरेक काममा नीजी क्षेत्रले सहयोग गर्ने गरेको बताउँदै सरकारी तवरबाट पनि उद्योग मैत्री कानुन निर्माण गर्ने, उत्पादन मैत्री, उद्योग मैत्री वातावरण तयार गर्ने लगायतमा ध्यान दिनको लागि आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाले अगाडि सारेका कृयाकलापमा महोत्सवले गरेको सहयोगको खुलेर प्रशंसा गरेका थिए । उनले अब टुटेर हैन जुटेर मात्र कुनैपनि क्षेत्रको विकास सम्भव हुने भन्दै तिलोत्तमा नगरपालिका भित्र रहेका तीनवटा नीजी संस्थालाई मर्ज गरी आगामी महोत्सवहरूमा अझ बढी उद्योग, व्यापार, कृषि, पर्यटन लगायतको प्रबद्र्धनमा सहयोग गर्नको लागि आग्रह गरे । साथै उनले आगामी महोत्सवको सिजनसम्म तिलोत्तमामा सरकारी जग्गाको व्यवस्थापन गरी स्थायी जग्गा उपलब्ध गराउने कुरामा नीजी क्षेत्रसंग हातेमालो गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।
महोत्सवमा रिडिको ऋषिकेश मन्दिर, रुरु क्षेत्र, कालिगण्डकी बाट गुल्मी, पाल्पा र स्याङ्जा जोडने झोलुंगे पुल, पाल्पाको रानीमहल, रानीमहल भित्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण पश्चात देखिने दृश्यलाई डिजिटल प्रबिधिबाट अवलोकनको व्यवस्था, लुम्बिनी सम्बन्धि फोटो प्रदर्शनी, तिलोत्तमा नगरपालिका भित्र रहेका नेपाल सरकारको सूचीकृतमा परेका पर्यटकीय क्षेत्रहरू (वनवाटिका, वाउन्नकोटी सामुदायिक वन) को अवलोकन लगायतको व्यवस्था मिलाइएको थियो । साथै महोत्सवमा विश्वको सबैभन्दा ठुलो चरा अष्ट्रिचको अवलोकन, थारु संस्कृतिको होमस्टे, अन्तराष्ट्रिय स्तरको कराँते प्रतियोगिता, ५ ए साइड फुटबल प्रतियोगिता, कुस्ती प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, तिलोत्तमा डान्स आइडल लगायतका कार्यक्रमहरू सम्पन्न भएको आयोजकले जनाएको छ ।
मेला सचिवालय संयोजक अनिल कुमार ज्ञवालीको संचालन तथा सह आयोजक संस्था तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलको स्वागत मन्तव्यमा सम्पन्न समापन समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमादेवी काफ्ले, नेकपाका प्रदेश स्तरीय नेता विश्वराज बराल अनुप, राजपाका केन्द्रीय प्रबक्ता प्रशान्त गुप्ता, नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, रूपन्देही व्यापार संघका उपाध्यक्ष दिल्ली नारायण भण्डारी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधब भण्डारी, लुम्बिनी प्रेश क्लबका महासचिव नरेस केसी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा महोत्सवको उद्घाटन सत्रमा निकालिएका ¥यालीमध्ये उत्कृष्ट चारबटा ¥यालीलाई सम्मान, महोत्सवको मुख्य प्रायोजक, प्रायोजक लगायतलाई सम्मान, विभिन्न विधामा उत्कृष्ट स्टललाई सम्मान, विभिन्न सरकारी कार्यालयलाई सम्मान तथा महोत्सवका विभिन्न उपसमिति संयोजकहरूलाई सम्मान समेत गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?