© २०२३
एशियन लाईफ ईस्यारेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा भैरहवा क्षेत्रमा रहेका कम्पनीका अभिकर्ताहरूलाई पुर्नजागृती तालिम प्रदान गरिएको छ ।
कम्पनीका क्षेत्रीय मुख्य प्रबन्धक कृष्ण कुमार पुरीले मुख्य अभिमुखिकरण प्रदान गरेका थिए । उक्त तालिममा भैरहवा क्षेत्रका ६५ जना अभिकर्ताहरू रहेका छन् । उनीहरूलाई एशियनको नयाँ प्रोडक्टको बारेमा जानकारी प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा लुम्बिनी अञ्चलकै सबैभन्दा बढि प्रथम विमा शुल्क संकलन गर्न सफल भएकी गोमा भट्टराईलाई सम्मान गरिएको भैरहवा शाखा प्रमुख सुवास सिंहले जानकारी दिए । कम्पनीले पछिल्लो समयमा कार्यालय विस्तारको अभियान समेत अगाडि बढाएको छ ।