ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

औषधिको मूल्यमा मनोमानी

१७ मंसिर २०७५, सोमबार
१७ मंसिर २०७५, सोमबार

औषधि पसलेले औषधि बिक्री वितरणमा मनोमानी गरेको आरोप छ । जिल्लामा औषधि पसलेको अनुगमन नहुँदा मनोमानी बढेको हो । बिरामीबाट असुल्ने औषधिको चर्को मूल्य प्रति रामग्राम नगरपालिकाले चासो ब्यतm गरेको छ ।
मानवीय स्वास्थ्यसँग जोडिएको औषधिको मूल्यमा मनोमानी भएको हुनसक्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पन्तले बताए । औषधिको मूल्यबारे स्वतन्त्र रूपमा आवाज नउठेको उनको भनाई छ । बिरामी अवस्थामा रहेका बिरामी होस वा बिरामीका पीडित परिवारलाई औषधि पसलेले जे जस्तो मूल्य बताएपनि तिर्न बाध्य छन्, तर त्यसबारे कहीँ कतै चर्चा पनि सुनिँदैन उनले भने । भ्रष्टाचार र अनियमितताबारे खोज गर्नेबारे सबैको आँखा पुग्नुपर्ने उनले बताए । औषधिको मूल्य के को आधारमा कसरी निर्धारण हुन्छ ? त्यसबारे पनि कसैलाई थाहा हुँदैन । औषधी खरिद गर्दा औषधी पसलेले उल्लेखित औषधिको २० देखि ४० प्रतिसतसम्म छुटमा खरिद गर्ने तर बिरामीलाई दिँदा उल्टै औषधिमा उल्लेख गरिएको (इनक्लुड इक्स्ट्रा लोकल चार्ज) लाई आधार बनाई मुल्य भन्दा बढि रकम असुल्ने गरेको गुनासो नगरपालिकामा आउने गरेको सुनाए ।
नगरपालिकालाई नियमन गर्ने अनुगमन अधिकार भएपनि प्राविधिक अभावले त्यसको अनुगमन गर्नमा समस्या रहेको जनाए । तर करोडौंको औषधि नगरक्षेत्रमा रहेका औषधी पसलेले बिक्री वितरण गर्ने गरे पनि त्यसप्रति नगरपालिकाबाट के कसरी ठगि भइरहेको छ, त्यसको नियमन गर्न समस्या देखिएको उनले बताए । त्यसका लागि मास मिडियाबाट जनतालाई सचेत गराउनुका साथै सरकारी स्तरबाट अनुगमनका लागि अनुगमन नियमन कार्य गरिनु पर्ने उनले आंैल्याए । औषधी ब्यवस्था विभागले अनुमती दिन्छ, तर अनुगमन गर्न कहिल्यै आउँदैन । नगरपालिकालाई बजार अनुगमन गर्ने अधिकार छ, तर प्रशासनिक कर्मचारीले प्राविधिक अनुगमन गर्न सक्दैन ।
त्यसको फाईदा औषधि पसलेले उठाउने गरेको प्रमुख प्रशासकिय अधिकृत पन्तको भनाई थियो । ‘अन्य सामग्री खरिदमा ग्राहकले बार्गेनि· गर्छ,’ उनले भने–‘तर त्यही ग्राहक जब बिरामी भएर वा बिरामी लिएर औषधि पसलमा पुग्छ, तर त्यसको बार्गेनि· गर्न सक्ने क्षमता राख्दैन । चिकित्सक वा औषधि पसलेले मुल्य लिएर कृपा गरे जस्तो नै तिनै विरामी उनीहरू प्रति कृतज्ञता प्रस्तुत गर्ने गरेको उनले उदाहरण बताए । औषधिको गुणस्तरियताबारे सोंच्न त परै जाओस, चिकित्सकले नचाहिँदो औषधी लेखेर पठाइदिँदा बिरामी र बिरामीका अभिभावक सहर्ष स्वीकार गरि खुरुखुरु पैसो तिर्नुपर्ने अवस्था विद्यमान रहेको दाबी प्रमुख प्रशासकिय अधिकृत पन्तको थियो ।
अन्य सरकारी कार्यालयमा अनियमितता र भ्रष्टाचार नभएको होईन्, तर त्यसबारे खोजी गरिदिईने पत्रकार, नागरिक समाज छ, तर औषधी पसल र क्लिनिक प्रति पत्रकार पनि नलेखिदिने र अन्य क्षेत्रबाट आवाज पनि नउठाईदिइने अवस्थाले स्वास्थ्य क्षेत्रमा अझै भ्रष्टाचार र अनियमितता भएको उनको आरोप रहेको छ । जो सिधै जनताको जनस्वास्थ्यसंग सम्बन्धित छ । अन्य क्षेत्रमा हुने ठगि त अपराध मात्रै हो,तर स्वास्थ्य क्षेत्रमा हुने ठगि महापाप हो । यस प्रति औषधी पसले र चिकित्सकलाई नै नैतिकता र इमानदारिताको आवश्यकता रहेको उनले सुनाए । रामग्राम नगरक्षेत्रमा करिब चार दर्जन यस्ता औषधी पसलहरू छन् । तर नगरपालिकाकै स्वास्थ्य शाखामा उनीहरूको लगत विवरण छैन् । अब चाडै नै यि विवरणहरू संकलन गरेर नियमन गर्नका लागि प्राािवधिक सहयोगमा नियमन गर्ने योजना रहेको उनले दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?